आजभन्दा तीन वर्षअघिको कुरा हो, एक दिन साथीभाइसँग घुम्न युएईको बरदुबइ गएका थियौ। त्यहाँको रमाइलो हेर्नेक्रममा हामीलाई बाटो काट्नुपर्ने थियो।
सडकको दायाँ बायाँ दुबैतिर हेर्यौ। सडक खाली थियो। कुनै गाडी आएको देखेनौँ। अनि बाटो क्रस गरेर पारी मात्र के पुगेका थियौ, त्यहाँको स्थानीय दुबइ पुलिसले पक्राउ गरिहाल्यो।
पुलिसले हाम्रो परिचय पत्र माग्यौ, हामीले देखायौं, मलाई कुनै गल्ती गरेजस्तो लागिरहेको थिएन। किनकी हामीले त्यहाँ कुनै अपराध गरेका थिएनौँ, अनि प्रहरीलाई सोध्यौ, किन केही गल्ती भयो कि?, त्यसपछि उक्त प्रहरीले हामीलाई भन्यो, तिमीहरुले बाटो काट्न नहुने ठाउँबाट बाटो काट्यौ, अब तिमीहरूलाई कारबाही हुन्छ भन्दै कारबाही स्वरूप २ सय दिराम माग्यो।
हामी त एसो घुम्न मात्र हिँडेका हौ। हामीले पैसा बोकेका छैनौं, हामीबाट अन्जानमा गल्ती भयो एक पटकलाई माफ गर्दिनुहोला। यती मात्र के थियौ उक्त प्रहरी हाम्रो परिचय पत्र बोकेर तिमीहरूसँग धेरै कुरा गर्ने फुर्सद छैन आफ्नो परिचय पत्र लिन प्रहरी कार्यालय आउनु भन्दै हिड्यो।
हाम्रो त्यहाँ केही सिप लागेन। अन्ततः हामी भोलिपल्ट प्रहरी कार्यालय गएर उसले भनेजतिकै २ सय दिराम बुझायौ र आफ्नो परिचय पत्र लियौ। प्रहरी कार्यालयमा उनीहरूले हामीलाई सम्झाउँदै भने- अब तिमीहरुले चिनेका साथीभाईलाई पनि भन्नु- बाटो काट्ने भए जेब्रा क्रसिङबाट मात्र काट्नु नत्र जरिवाना लाग्नेछ।
मैले आफ्नो तीनवर्षे दुबई बसाईका क्रममा थुप्रै नेपालीलगायत विदेशी साथीहरूले जथाभावी बाटो काटेकै आरोपमा जरिवाना तिरिसकेका देखेँ।
त्यहाँको ट्राफिक नियम नै फरक छ। यदि आफूलाई बाटो काट्नु परेमा सिधै जेब्रा क्रसिङबाट बाटो काट्न पनि पाइन्न। उक्त टाउँमा गएर गुडिरहेको गाडी रोक्नु पर्छ। गाडी रोक्नका लागि त्यहाँ राखिएको ट्राफिक लाइटको बटन थिच्नुपर्छ। उक्त बटम थिचिसकेपछि त्यो बत्तीले हरियो सिग्नल देखाउँछ र गाडीहरू रोकिन्छन्। अनि मात्र हामीले बाटो काट्नु पर्छ।
गएको सातामात्र राजधानीमै जेब्रा क्रसिङबाट हिँडिरहेकी कक्षा नौमा पढ्ने छात्रालाई गाडीले कोटेश्वरमा ठक्कर दियो। उक्त घटनाले सामाजिक संजालदेखि लिएर पत्रिका पनि राम्रै ठाउँ पायो। फेसबुक र ट्विटरका भित्ताहरूमा गाडी चलाउने चालकदेखि लिएर योसँग सम्बन्धीत धेरै जनाको आलोचना नै भयो।
यहाँ चालकको मात्र गल्ती हुन्न। नियम बनाएपछि पालना पनि गर्नुपर्छ। यसमा एक जनाले मात्र गरेर हुन्न। सडकमा गाडी चलाउने चालक मात्र सचेत भएर हुन्न। सडक सबैको साझा हो। सडक प्रयोग गर्ने जो कोहीले पनि आफैले बनाएको सडक नियमलाई पालना गर्नुपर्छ।
जेब्रा क्रसिङमा ठक्कर दिनु चालकको मात्र गल्ती होइन, सडक प्रयोग गर्ने पैदल यात्रीको पनि दोष हुन्छ। सबैभन्दा पहिले हामी आफै सचेत हुनुपर्छ। जब हामीले बनाएको नियमलाई हामीले नै पालना गरिरहेका हुँदैनौ भने कसरी हामी सुरक्षित हुन सक्छौ?
हामीले फेसबुक र सामाजिक सञ्जालका भित्ताहरू रंग्याएर मात्र हुन्न। यसकोसहही सदुपयोग पनि गर्न सक्नुपर्छ। बनाएको नियम मात्र मान्ने हो भने पनि हामी धेरै सुरक्षित हुन्छौ।
यसै सिलसिलामा मैले पनि राजधानीका धेरै जसो सडक घुमेको छु। जहाँ जहाँ जेब्रा क्रसिङ राखेको हुन्छ त्यो नमूना अर्थात फोटो जस्तो बाहेक केही हुन्न। धेरैजसो मान्छेहरू जेब्रा क्रसबाट बाटो काटेको भेटिन्नन्।
आफूलाई हतार भयो भन्दैमा जहाँपायो त्यहीबाट सडक पार गरिरहेका हुन्छन्। किनकी यहाँ त्यस्तो कुनै कडा कानूननै छैन। भइहाले पनि भनसुननमै छुट्ने परम्पराले जरो गाडेर बसेको छ।
केही समय सार्कका लागि सजाइएका राजधानीका सडकमा जथाभावी बाटो काट्नेलाई प्रहरीले पक्राउ पनि गर्यो। सम्झायो पनि। तर आज फेरि उस्तै छ।
सरसर्ती हेर्दा पैदलयात्रुहरुले नजानेर भन्दा पनि 'केहि हुदैँन', 'कसले के गर्छ र?', 'जहिल्यै यसरी नै बाटो काट्ने गरेको छ' आदि बहानामा जभाभावी सडक पार गरेका हुन्। फेरि वर्षौँदेखि जभाभावी, व्यस्त सडकको बीचबाट, डोरी नाघ्दै बाटो काट्ने मानिसहरुलाई आजको भोलि नै जेव्राक्रसबाट बाटो काट भन्नु अमिल्दो हो, अझ भनौँ अन्याय नै हो। काठमाडौका सडकमा सबै ठाउँमा जेव्राक्रस छैन। झन १/२ वर्ष अघिसम्म त एकदमै कम स्थानहरुमा जेव्राक्रस थिए। भएका पनि रंग फुंग उडेका, नदेखिने अवस्थामा थिए।
सडक अनुशासन पालना नगर्नेलाई कडा जरिवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई दिने तथा सवारी चालक अनुमतिपत्र दिने व्यवस्थामा आमूल परिवर्तन गर्न जरुरी रहेको छ। यसै सन्दर्भमा मैले राजधानीका सडकहरू चहार्दा भेटेका केही तस्विरले मलाई सोच्न बाध्य बनायो-
जेब्रा क्रसिङमा पार्क गरिएको कार।
जेब्रा क्रसिङमा पार्क गरिएको ट्याक्सी।
जेब्रा क्रसिङमा फालिएको फोहोर।
रिङ्गरोडमा असुरक्षित तरिकाले बाटो काट्दै एक महिला।
नयाँ बानेश्वर मेन रोडमा बाटो काट्दै दुई महिला।
बाटो काट्दै।
केशरमहल।
न्युरोड।
कुपोण्डोल।
बानेश्वर।
बानेश्वर मुल चोक।
शंकमुलको बाटोमा भेटीएको एकैसाथ दुईवटा जेब्रा क्रसिङ।
बिजुलीबजारमा जेब्रा क्रसिङबाट बाटो काट्दै सर्वसाधारण।
सरकारी गल्ती।