पुजा बोहोरा बहिनीको दर्दनाक र हिर्दयविदारक पत्र पढेर आज म मात्र हैन हामी सारा नेपालीहरु मर्माहित भएका छौ। भर्खर चौध वर्षको कलिलो उमेरमा सामुूहिक बलात्कारको शिकार बन्न पुगेकी पुजा बहिनीको यो साहसलाई हामी सबैले कदर गर्नु पर्छ। तिमीमा जुन किसिमको अदम्य साहस छ त्यहि साहसले गर्दा हामी सारा नेपालीहरु तिम्रो पक्षमा आज वकालत गरिरहेका छौ।
सत्यको जित अवस्य हुन्छ। त्यसकारण धैर्य गर पुजा बहिनी समयले तिमीलाई अवस्य साथ दिनेछ।समाजमा रहेका यस्ता नालाएक कुकर्मिहरुलाई कडा भन्दा कडा कारबाही गराएर छाडनै पर्छ।छिटो भन्दा छिटो घटनाको छानबिन गर्दै दोषिलाई सजाय तुरुन्त तोकिनु जरुरी छ।कानुन मन्त्री ज्यू जबसम्म बलात्कारीले सजाय पाउँदैनन् तबसम्म अपराधिक गतिबिधि बढिरहन्छ। यस्ता घटनाहरु पुनः नदोहोरिएला भन्न सकिन्न। त्सकारण हामीहरुको बिनम्र अनुरोध यो छ की जतिसक्दो छिटो सत्य तथ्य बुझी बलात्करीहरुलाई कारबाही प्रक्रिया अघि बढाउनुहोस्।
जबसम्म समाजमा यस्ता तुच्य ब्बासोहरु रहन्छन् तबसम्म हामी चेलीहरु कदापी शीर ठाडो पारी हिडडुल गर्न सक्दैनौ। यसकारण कानुन मन्त्री ज्यू अन्याय र पीडितलाई सदा साथ दिनुहोस अनि मात्र जनताले हजुरलाई सदा साथ दिनेछन्।आज हाम्रो देशमा हजारौ पुजाहरु दैनिक बलात्कृत भएका छन् तैपनि सरकार मुक दर्सक भएर बसेको छ। आज देशमा मजबुत खालको कानून हुँदो हो त यस्ता खालका घटनामा कसैले सोच्न समेत सक्दैन थिए। पैसाको लागि जे गर्न पनि तयार हुनेहरुलाई कडा कारबाही हुनुपर्छ। ठूलाबडाको घरमा यस्ता घटनाहरु घट्ने हो भने बल्ल थाहा हुन्थ्यो होइन र? कानुनलाई आफनो पेवा नठानी बलात्कारीलाई कडा कारबाही गर्दै पुजा बहिनीले उचित न्याय पाउनु पर्छ।
बलात्कारीलाई जन्मकैदको सजाय दिने कानून बन्यो भने मात्र हाम्रो देशमा दिनदिनै घटिरहेका यस्ता घटनाहरुमा अवस्य सुधार हुन्थियों की? हाम्रो देशमा मजबुत खालको कानुन नभएर बारबार यस्ता घटनाहरु फस्टाउँदै गएका छन्। देसमा कानून रुपियाँमा बिकिरहेको छ। यसकारण यस्ता बलात्कारीहरू पटक-पटक उम्कन सफल भैरहेका छन्। यदी देशमा बलियो खालको कानून हुँदो हो त कसैले पनि बलात्कार गर्ने चेस्टासमेत गर्न सक्दैन थिए।
देशमा आज जे भैरहेको त्यो सब कमजोर कानूनको परिणाम होइन र ?यसकारण पनि हामीहरु सबले सर्दियौदेखि मान्य हुदै आएको कालो कानूनलाई मुर्दाबाद गरी सबले मान्य हुने खालको कानुनको जोडदार तरिकाले माग गरौ।यदी कानुन मन्त्रीले अमान्य हुने खालको फैसला गरे भने पुजा बहिनीको फैसला सारा नेपाली जनताहरुले आफै गर्ने छन्।पुजा बोहोरा जस्ता हजारौचेलीहरु एकताबद्ध हुनेछन।
अब नेपालमा यस्तो खालको कानून बनाईयोस की भबिस्यमा कसैले पनि कसैलाई बलात्कार गर्ने हिम्मत गर्न नसकोस। ठूला साना सबैका लागि एकै खालको कानून होस् ,बलत्कारीलाई जन्मकैदको ब्यवस्था होस् ताकी यस्ता घटना बारबार दोहोरिदैन थिए की? हामी चेलीबेटीहरु निर्धक्कसँग हिडडुल गर्न सक्थेयौ की? नारिकों जीवनमा कसैले खेलबाड गर्ने चेस्टा समेत गर्दैन थिए की?
पुजा बहिनीले न्याय पाउनै पर्छ। यसमा हामीहरु सबैको माग छ। यस्ता पिसाचहरुको मुद्दा उल्टाएर बलात्कारीलाई सफाई दिने न्यायधीशद्वय नरबहादुर शाही र रेमेशप्रसाद राज भण्डारीलाई समेत कारबाही हुनुपर्छ।जबसम्म हाम्रो देशमा रूपैयामा बिक्ने दलालीहरू हुन्छन तबसम्म सीधासाधालाई ऐन ठूलाथालुलाई चैन भईरन्छ।
जबसम्म पीडितका पिडाहरुलाई आफनो परिबारको पीडा झैँ सम्झनु हुन्न तबसम्म तपाईहरुले केही गर्न सक्नुहुन्न र गर्दा पनि गर्नु हुन्न। पुजा बा अन्य चेलिबेटीको ठाउमा न्यायधीशको छोरी ,बुहारी बा अन्य आफन्तहरु परेको भए के हुन्थ्यो होला? यसलाई पनि न्यायधीशले झिनामसिना केस भनेर छोडीदिन्थ्ये र? आज गरिबको छोरी सामुहिक बलात्कारको शिकार बन्दा दोषिलाई निर्दोस भनि छोडिएको छ। कस्तो न्याय हो यो ?अरुको त छोरी चेली नै होइन की के हो ?कस्तो छ हाम्रो देसको न्याय प्रणाली यसबाट नै प्रस्ट हुन् आऊछ।
यसकारण यस्ता न्यायधीशलाई पनि तत्काल बर्खास्त गरी कारबाही गर्नुपर्छ।न्यायको लागि हामीहरु एकजुट भइ सडकदेखि सदनसम्म यो घटनाको बारेमा सिघ्र बुझेर बलात्कारीलाई सजाय दिएर पुजा बोहोरालाई न्याय दिलाएर छोड्नुपर्छ।आज दिनहुँ धेरै चेलीबेटीहरु बेचिएका छन्, बलात्कारको चपेटोमा पिल्सिएका छन् अनि पुजा बोहोरा जस्ता हजारौ चेलीहरुले बलात्कारीले कडा सजाय पाउनुपर्छ भनेर आश गरिरहेका छन्।यसमा सरकारले चासो दिएन भने दिनानुदिन यस्ता कुकृत्यहरु बढ्दै जानेछन्। यसकारण पनि अब नेपालमा बलात्कारीलाई सर्बस्यहरणसहित जन्मकैदको सजाय हुनु अति आवश्यक भएको छ। नत्र नेपालमा महामारी रोग झैँ बलात्कारका घटनाहरु फस्टाउदै जाने छन्। यसकारण यस कुरामा सरकारको गम्भीर ध्यानाकर्शण हुनु अति आवस्यक छ। कुर्सीमा बसेपछि म ठूलोथालु हुँ कदापी कहिले पनि कसैले नसोचे पनि हुन्छ किनकी अब नेपाली जनताले धेरै कुरामा धेरै हण्डर ठक्कर खाएर चनाखो भैई सकेका छन्।
कानून मन्त्रीज्यू, हजुरको भनाई अवाजमा मात्र होइन ब्यवहारमा पनि देखाएर जनताको बिश्वास जित्नुहोस अनि मात्र जनताले हजुरलाई विस्वास गर्नेछन्। यी नर पिसाचलाई कारबाही गर्न हजुरहरुको ध्यान छिटै जाहोस्। दुई दोषी र दुई न्यायधिशलाई जसरी पनि कारबाही गराएर पूजालाई न्याय दिलाएर छोड्नुहोस्। पुजा बोहोरा जस्ता हजारौ नेपाली चेलीहरुलाई आफ्नै छोरी ,बुहारीको स्थानमा राखेर साचो फैसला गरिदिनुहोस। यही बिन्ती टक्रायाऊन चाहन्छौं आज हामीहरु।
यी हाम्रा आवाजलाई पूरा गर्नुभयो भने हामी नेपालीहरुको मनमुटु दुख्दैन थियो की? यदी सरकारी पक्षबाट कारबाही हुँदैन भने हामी जनताहरु नै एकजुट भएर बलात्कारीलाई कारबाही गर्छौ अनि मात्र पुजा जस्ता हजारौ चेलीहरुको अस्मितामाथि पुनः दाग लाग्ने नै थिएन की? बलात्कार जस्तो जघन्य अपराधलाई झिनामसिना केस भनि पुनराबेदन अदालतबाट उल्टायाईनुमा प्रस्ट रुपमा रुपियाँ र राजनीतिक चलखेल देखिन्छ होइन र? उल्टाईएका मुद्धालाई फेरि सुल्टाएर पीडितलाई न्याय दिलाउनुपर्छ। यस्तालाई न्यायधीस पनि के भने र खै ?
यी त न्यायधीसको मुकुण्डो ओडेका समाज र देशका अपराधी होइनन र? पैसाको बिटोमा बिक्ने न्यायका मूर्तिहरु जबसम्म हाम्रो नेपालमा रहिरहने छन् तब सम्म आपराधिहरुले खुलमखुला अपराध गर्ने छन् र पीडितले न्याय कहिले पनि पाउने छैनन्। दोषिलाई नाचिने झैँ गर्छ पीडितलाई चिनेर पनि न्याय दिन सक्दैन हेर्नुहोस कति लज्जास्पद छ हाम्रो देसको न्याय प्रणाली?