यस पाली घर आउने बेलामा त्रिभुवन विमानस्थल मा अलि बेर फ्लाईट कुर्नु पर्ने भयो। केही प्राविधिक समस्याका कारण उडान एक घण्टा जति ढिलो हुने भयो। समय कटाउनलाई टर्मिनल भित्रै यसो यताउता घुम्न थाले। एउटा कफी सप पुगे। चिया पिउन मनलाग्यो र एक कप चिया किने। हातमा चियाको कप आईपुगेपछि मलाई पुरानो कुराको झल्को आयो।
म हरेक पल्ट यसरी बिमानस्थलमा चिया किने भने, त्यहि घटना सम्झने गर्छू।१० बर्ष जति अगाडीको कुरा हो। त्यो बेला म पहिलो पटक काठमाडौँ बाट विराटनगर एक्लै जाँदै थिए( प्लेन मा। मलाई मेरो मामा एअरपोर्ट सम्म पुर्याउन आउनुभयो अनि मेरो बोर्डिङको सबै काम सकाएर मलाई टर्मिनलमा राखि दिएर जानुभयो। अब मेरो काम प्लेन कुर्ने र बेला भएपछि त्यहाँका स्टाफले भने अनुसार गर्नुपर्ने थियो। समय हेर्दा फ्लाईट को लागि अझ निकै समय बाकी थियो। मलाइ के गर्ने होला भनेर छट्पट्टी भयो। व्हिलचियरमा यसै वरिपरि घुम्न थाले। एकछिनमा सोचे अब चिया खान्छु। नजिकै रहेको चिया बेच्ने पसलमा गए। बुझ्दा चिया को २५ रुपैयाँ रहेछ। कस्तो महँगो। त्यो बेला एअरपोर्ट बाहिर चिया को जम्मा पाँच रुपैयाँ जति पर्थ्यो होला( त्यो नि म बाहिर चिया किनेर कहिले खाँदिन थिए।
त्यो बेला, मामाघरबाट फर्केको, गोजीमा अलिकति पैसा पनि थियो। दाम सोधेर चिया नकिन्न कस्तो लाज लाग्यो। अब मंहगै भए पनि खान्छु भन्ने सोचेर एक कप चिया किने। चिया पसले ले एउटा प्लास्टिकका डिस्पोजेवल ग्लासमा मलाई चिया दिए। ग्लासमा एउटा धागो नि झुन्ड्या थियो। चिया हेर्छु त सेतै छ। मलाई कस्तो चित्त दुखेर आयो( २५ रुपैयाँ हालेर किनेको चियामा रंग सम्म हालेन छन् भन्ने लाग्यो। मैले सोचे( कस्तो ठग मान्छेहरू। अब त्यहि नि किनेपछि( पिउनै पर्यो भनेर बिस्तारै पिउन थाले।
म बसेको छेउमा एकजना अलि अधबैँसे मान्छे हुनुहुन्थ्यो। मलाई सारो छट्पट्टी भएर वहाँलाई पनि चिया देखाउँदै भने, 'हेर्नु न पच्चीस रुपैयाँ रे चिया को, यस्तो सेतै छ। रंग पनि नहाली दिएछ
ती मान्छेले पहिला मेरो चिया हेर्नुभयो, अनि मेरो अनुहार। अनि बडो शान्त भएर भन्नुभयो 'बाबु चियारंग यी यो धागोमा हुन्छ। यसलाई यसरी हल्लाएपछि चियामा रंग आउँछ।' वहाँले त्यसो भन्दै मेरो चियाको कपमा भएको धागो हल्लाउनुभयो। नभन्दै मेरो चियामा रातो हुदै गयो। मलाई कस्तो अचम्म लाग्यो। मैले त्यस्तो कहिले देखेको थिईन। मलाई एकदमै लाज पनि लाग्यो( नजानी बोलेछु भनेर। त्यसपछि मैले केही नभनि चिया पिए, ती मान्छेले नि केही भन्नुभएन।
त्यसको केही वर्षपछि मैले थाह पाए, त्यस्तो धागो मा हुने चिया रंगलाइ टिब्याग भन्दा रहेछन्। आज बिभिन्न कार्यक्रममा जाँदा, होटलमा खाँदा चियामा सधै जसो टिब्याग हुन्छ( अनि म सधै टिब्याग सँगको मेरो त्यो पहिलो भेट सम्झेर मुस्कुराउँछु।
मैले त्यो घटनाबाट बुझे हरदिन हामी केही नयाँ कुरा सिक्छौ र हरदिन हामीले अघिल्लो दिन गलत बुझेका रहेछौँ भन्ने पनि थाह पाउँछौँ। यही नै जिन्दगी हो।
(प्रसाईको फेसबुकबाट)