एकजना महिला सम्पादकको फेसबुकवालमा पोष्ट भएको प्रियंका कार्कीको वार्डरोप मालफंगसन सम्बन्धी समाचार पढन पाइयो, प्रकाशक र सम्पादक पनि उनै महिला थिइन्। यो चर्चित फोटोमा असावधानीवश उनको भित्री वस्त्र देखिन गएछ र फोटोग्राफरको क्यामेरामा कैद भएछ।
उक्त तस्विर मिडियामा आयो जसले ती महिला कलाकारलाई लज्जाबोध हुनगयो। जसरी आपत्तिजनक तस्विर सार्वजनिक भयो त्यसरीनै उनीबाट आपत्तिजनक अभिव्यक्ति आउनु स्वभाविक थियो। उनलाई पर्ने असर र त्यसबाट उत्पन्न हुने प्रतिक्रिया कस्तो हुन्छ भन्ने नसोचीकन सार्वजनिक गर्दा यत्रो विवाद उब्जियो। हेर्नुहोस् समाचारमा - प्रियंकालाई दशैदशा
यहाँनेर सोच्नुपर्ने विषय यस्तो भल्गर फोटोलाई मिडियामा लानु हुन्छ की हुँदैन, यसले पाठकको मनोभावमा कस्तो असर पर्दछ र यस्ता तस्विरहरुले के अर्थ राख्दछन् भन्ने हो। यदि प्रियंकाको ठाउँमा फोटोग्राफरको बहिनी वा कुनै आफन्त भएपनि उनले त्यस्ता तस्विर सार्वजनिक गर्थे? मुद्दाको हदसम्म पुग्थे? अर्कोतर्फ कुनै महिला पत्रकारको यस्तो फोटो कुनै सर्वसाधरणले फेसबुकमा हालेको भए ती पत्रकार चुप लागेर बस्थिन? हेर्नुहोस् समाचारमा -यसरी साम्य भयो अभिनेत्री प्रियंका कार्कीको विवाद
उनी सेलिब्रिटी र न्यूजमा रहेको हुनाले पब्लिस गरेको भन्ने तर्कलाई मान्नेहो भनेपनि अहिले सेलिब्रेटी मात्र नभएर हरेक व्यक्ति सार्वजनिक भएको छ। फेसबुक वा ट्वीटरमा हरेक मान्छेका २०० सय वा सो भन्दा बढी फ्लोवर छन् त्यस हिसाबले हरेक मान्छेको व्यवहार र अभिव्यक्ति अहिले सार्वजनिक सरोकारको विषय भएको छ । कसैले कसैको बारेमा आपत्तिजजनक तस्विर वा अन्य आन्तरिक कुराहरु सामाजिक सञ्जालमा शेयर वा अन्य मिडियामा पब्लिस गर्दा आत्महत्यासम्म गरेका उदाहरण छन्।
एउटा फोटो खिच्न, पब्लिस गर्न र शेयर गर्न जति सजिलो छ, त्यसले उक्त व्यक्तिमाथि पार्ने विभिन्न प्रभावको बारेमा मानविय दृष्टिबाट बुझ्न त्योभन्दा गाह्रो छ। दुर्भाग्य यस्ता समाचार महिला सम्पादकलेसमेत आफ्नो जिम्मेवारीलाई महसुस गर्नुभन्दा पनि खुब चासो र प्राथमिकताका साथ छाप्ने, उक्त कृत्यलाई स्थापित गरी पीडित कलाकारमाथि दबाब सिर्जना गर्न खोजेको स्पष्ट देखिन्छ।
अर्को गायक पशुपति शर्माको प्रसंग, उनले खासगरी अन्तरजातीय विवाह र सम्बन्धलाई गीतको माध्यमले प्रस्तुत गरेका छन् जसलाई कानुनले यस अघिनै स्वीकार र लागू गरीसकेको छ र यो विषयमा उनले नयाँ केही पनि बोलेका होइनन्। तर, यसमा यति ठूलो विवाद सिर्जना भयो र अन्ततः एउटा सिर्जना मर्न पुग्यो। हेर्नुहोस् समाचारमा-पशुपति शर्माले गीत रोके
जातीय छुवाछुत र भेदभाव हाम्रो समाजको एउटा कुरुप दृष्य हो यसमा कसैको दुईमत छैन तर यसको उत्पत्तिको कुरालाई हेर्दा परापूर्वकालमा मानिसलाई विभिन्न पेशामा संलग्न बनाएर समाजको चौतर्फी विकास र जीवनपद्धतीलाई सहज बनाउनेको लागि यसको प्रादुर्भाव भएको हो र यो त्यतिबेलाको एक विशुद्ध श्रम विभाजन पनि थियो। त्यस समयमा पेशालाई वर्गीकरण गरी जातिको नाम दिइयो। कालान्तरमा यसले विस्तारै विकृतीको रुप लिन पुग्यो जस्तै बढी श्रम गर्ने र फोहोरमा काम गर्ने मानिसलाई अछुतको रुपमा भेदभाव गर्न थालियो। हेर्नुहोस्- पशुपति शर्माले जवाफ दिनुपर्छ
अहिलेको पेशागत वर्गीकरणलाई पहिलेकोसँग तुलना गरेर हेर्न सकिन्छ जस्तै अहिलेका इन्जिनियर पहिलेका फलाम र निर्माणको काम गर्ने विश्वकर्मा, अहिलेका गायक पहिलेका गाइने, अहिलेका जुत्ता व्यवसायी पहिलेका सार्की, अहिलेका फेसन डिजाइनर पहिलेका दमाई, हालका शिक्षक पहिलेका बाहुन, अहिलेका सैनिक पहिलेका क्षत्रीय, अहिलेका नेता पहिलेका राजाहरु यस्तै अन्य।
हालका दिनहरुमा पनि श्रमिक र शिक्षतवर्गको रुपमा पेशागत विभेद अझ विकृतरुपमा विकास भइरहेको छ जसलाई हामीले नजरअन्दाज गरीरहेका छौं । एउटा इन्जिनियरले एउटा श्रमिकसँग, डाक्टरले रोगीसँग, सीपाहीले सर्वसाधरणसँग हेपाहा व्यवहार गरीरहेका छन् जसलाई हामी सबैजातजातिले सहजरुपमा स्वीकार गरेका छौं। यस्ता विकृतिहरुलाई केलाउँदा अरुपनि विभिन्न पाटा र तर्कहरु उब्जिन्छन् जसले विषयलाई लामो र अनर्थक बहसमा लानसक्छ। तर, यहाँ भन्न खोजिएको कुरा के हो भने यसका सुन्दर र सकारात्मक पक्षहरु के हुन्।
पुरानो जातीगत प्रथामा एउटा सकारात्मक पक्ष के छ भने प्रत्येक जातिलाई कमसेकम एउटा सीपको जिम्मा लगाइएको छ। हालको समयमा सीप र सिर्जनशिलताको कदर तथा मूल्यांकन विश्वभरी नै हुन्छ। तसर्थ हाम्रो पुस्तैनी जातीय पेशामा हामीले केही नयाँ गर्न सक्छौं की? हाम्रा जातिगत पेशालाई आधुनिकतातर्फ डोर्याउन विश्वकर्माले नयाँ डिजाईनको हलो तथा औजारहरु आविष्कार गर्ने, मास्टर (दमाई) ले नयाँ डिजाईनका कपडाहरु तयार गर्ने र सार्कीहरुले नयाँ डिजाईनका जुत्ताहरु तयार पार्ने, ब्राम्हमणहरुले व्यवहारिक र आधुनिक ग्रन्थहरु तयार पार्ने नेताजातीले आधुनिक विकास मोडलहरु बनाउनेतर्फ लाग्ने हो की।
गाइने जातीले त हामी सबैलाई पछाडि छोडीसके उनीहरुले नेपालभरी नै प्रसिद्धी कमाईरेका छन् र उनीहरुको गायकीको सम्मान सारा नेपाली गर्छन। अब हामी अरु जातजाती पनि यस्ता निरर्थक र क्षुद्र बहसमा समय खेर नफालेर अन्तरजातीय पेशागत सम्बन्ध कायम गरी आफ्नो जातिलाई आर्थिक र सामाजिकरुपमा स्थापित गरौं।
अन्त्यमा एउटा रोचक प्रसंगलाई प्रस्तुत गर्न मन लाग्यो, आज भन्दा ३ महिनाजति पहिले दुबईको एउटा हस्पिटलमा चेकअपको लागि प्रतिक्षासूचीमा थिए। यत्तिकैमा नर्सले एउटी महिलाको नाम लिएर अन्तिममा नेपाली भनी बोलाइन। म झस्कीएँ किन यो नर्सले देशको नाम लिएर बोलाएकी होली। तर ती महिला नेपाली थरकी रहिछन्। यसपछि मनमा लाग्यो कुनै जातीलाई त देशकै नामको थर दिएर सम्मान गरिएको रहेछ।