तीमी भागेर कुन ठाँउ पुग्छौ ?
जहाँ-जहाँ पुग्छौ तिमी
केबल लाशको थुप्रोमाथि टेक्छौ
तिमी जुन नदी तर्न खोज्छौ
अझै अलो रगतको कीनारा देख्छौ
तिमी दौडीएर कहाँ लुक्छौ?
जमीन मुनी
अथवा,
अकाश माथि ?
तिमी लुक्ने कतै ठाँउ छैन
मान्छे नमरेको कुनै गाँउ छैनl
बेनी आक्रमणमा घाइते भएर गाँउका आँगनभरी सुताईएका रक्ताम्मे नेपाल आमाका छोराहरु मध्ये एउटा घाइतेले सकी-नसकी मुख खोले-'अब म मर्छु होला, साथीहरुलाई मेरो पछि नलाग्न भन्नुस् l हेलीकप्टरले माथिबाट हान्छ, अहिले मलाई यहिँ यस्तै छोडेर चाडो भाग्न भन्नुसl'
अहो ! यस्तो उच्च समर्पण भावको त्यो महान पाइतला! आजकल माना कमरेडहरुलाई मजाक भएको छl त्यी रगतको खोला बग्न छोडेपछि ठूलो कचौरामा गाइको दुध पिउन आएका अवसर-वादी हुनl
घाइतेको लाइन आँखाको दृस्टीमा कैद गर्न सकिदैन थियोl मानौं यो कुनै सैनिक फिल्मको छायांकन भइरहेको छl पहाडहरु बर्लिनको पर्खाल जस्ता देखिन्थेl ढुंगा माटोहरु पनि दौद गरे जस्ता लाग्थेl सबैभन्दा ठूलो कुरा त-त्यी महान घाइतेहरु मुखमा मुस्कान बोकेर जीवन को अन्तिम घडी सम्म सपना सुनाउन भुल्दैनथे-'नयाँ नेपालको नयाँ बिहानीl'
झोलामा आफ्नै सम्भावित लाश छोप्न रातो झण्डा बोकेर उकालो लागेका त्यी युवा-युवतीको अनुहारमा अहिले नेपाल झल्किनु पर्थ्योl
घरको भित्ताभरि आयो छापामार लेखियोl छापामारदेखि साबधान पनि लेखियोl दिउँसो कालो कांग्रेसका मान्छेले मेटाईदिन्थेl राती फेरि आयो छापामार लेखियो। छापामार देखि साबधान नै लेखिन्थेl छापामार आयो पनिl रुकुमका महान मान्छे बड़दाउ भन्दै आएl झोला भरी पाइप र प्रेशर कुकर बोकेर आए l नयाँ नेपाल बनाउन पुरानो भत्काउने भन्दै आएl रातभरी जनवादी नाच देखाएl केबल साबधान मान्छे मात्र भएनन् जीव-जनावर पनि सावधान भएl तर, अन्तत खुद छापामारलाई सावधान बनाइयोl शिबिरमा कैद गरेर आकुल ब्याकुल बनाइयो अनि लखेटियो अरबको अर्को शिबिर तिरl जो बालुवा माथि छl
यस्तै पहाडका सम्झनाहरु संगालेर कोरा कागजमा लेखु अनि रत्नपार्कको भित्ता भरी टासु जस्तो लाग्छ र जोडसँग चिच्चाउ कि पेसिस डाँडा चम्केर अब आइन्दा रगत बगाउने कुरा नगरोस l खैर, अस्तिको मेरो खुल्ला पत्र जो कमरेड मोहन बैद्य किरणलाई थियो,-गुलाबको फूल लिएर प्रचण्डसँग हात मिलाउन किन जानु भयो?
सेतोपाटीले प्रकाश मा ल्याएपछि सोशल मिडीया्का भित्ता हरु राम्रै सँग रंगिए l केन्द्रीय कार्यलयमा कुरा पुगेको खबर आयो l मलाई यस्तो लाग्यो-एउटा इमान्दार सदस्य हुनुको नाताले यो पार्टीप्रतिको खबरदारी नै शहिदले देखाएको बाटो हो l आफ्ना नेता आइ खबरदारी गर्न मनाही छ भने जनबादी सपना देखाउन पनि मनाही छ l
सेतोपाटीमा मेरो खुल्ला पत्र पढेपछि अनौपचारिक रुपमा नजिकका नेतासँग कुरा भयो। तिनले मलाई सोध खोज गरे।
मुलत; यस्तो भाब देखियो-
अहिले तपाई हामी सबै जना अफ्ठ्यारो भीरमा छौ l सबैले हामीतिर हेरेर राम राम मात्रै भनेका छन् तर काँध थाप्न सकिरहेका छैननl काँध थाप्न सक्ने भनेका कमरेड नेत्र बिक्रम चन्द विप्लब थिए l तिनलाई पनि दूताबासले हरियो घाँस देखाउदै छ रे। कृपया कमरेडहरु आजको मिती देखिनै आ-आफ्नो ठाउँबाट खबरदारी गरौ म गम खाए-जेहोस जो चेतना भया!
मैले कमरेड विप्लबलाई काखी च्यापेर लेखेको होइनl उहाँको कदर गरेको होl अहिले सबै तिर विप्लब भन्ने नै छl उमेरको हिसाबले पनि अब किरण जी बैचारिक नेता मात्र होl भौतिक उपस्थिति सम्भब देखिदैनl त्यसैले पनि होला बैठकमा दुइ दस्ताबेज पढिएको छl किरण जी शहर छोडेर जान नचाहने l अनि विप्लब जी जंगल पस्न हतार गर्ने l यी दुवै चिजले दुबइमा रहेका हजारौ कार्यकर्ताको टाउको दुःखेको छl
पार्टी जंगलदेखि शहरसम्म मात्र आएन l बल्की आटो ढिडोदेखि बासमती चामलसम्म आयो l प्रचण्डले देखाएको बाटोमा अघि बढौ भन्नुको अर्थ यो भोग्नु रहेछl छबिलाल-पथ अंगालेका मान्छेको हात-हातमा आइफोन देखिन थाल्यो जो अरब गएका थिएनन l चोरको हात मा राइफल र ए. माओबादिको हात मा आइफोन कसरी पुग्यो?
मलाई स्कुलमा स्कुलिन दिने मेरो आफ्नै गाँउ (ताराखोला बाग्लुङ) का युवा बिश्व गौचन जिल्लामा पहिलो पटक हाम्रो सदस्यको रुप मा पाला गाविसमा मारिएl उनको लासलाई सदरमुकाममा प्रदशन गर्न ल्याइयोl तत्काइन प्रशासनले उनको लाशलाई गरिमाको बिषय बनायोl र शहरभरि परिक्रमा बनाइयोl हाम्रो महान योद्धाको लाश कुल्चेर लाशमाथि पिसाब फेर्न खोज्नेहरुलाई अहिले छबिलाल दाहालले टिका लगाई दिएका छनl आफ्ना वरीपरी सहयोगी बनाएका छनl मेरो पहिलो राजनीतिक बिचार सम्वाहकको हत्यापछि गाँउमा शृंखला नै चल्योl जो छबिलालको पथ थियो प्रचण्ड-पथ थियोl
शहर झर्दा सबै खाली खुट्टा नै झरेको हो जस्तो लाग्छl केबल नेताको झोलामा झण्डा हुँदो होl बिस्तारै कार्यकर्तालाई कंगाल बनाउने र लखेट्ने अभियान सुरु भयो छबिलालकोl लाखौ खाली पातलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेl इमान्दार कार्यकर्तालाई निरास बनाइयोl पाथीजस्ता बिचारले ओतपोत इमान्दार कार्यकर्तालाई बाहिरl अनि माना जस्ता छच्ल्किएका मानिसलाई भित्र भयोl माइला लामाका गीतहरु शहरमा सुनेनन् l केबल जंगल छँदा गोहीको आँशु खसाले छबिलाल हरु l रेखा थापाहरु माला लगाउँदै भित्र पसेl राम बहादुर थापाहरु आरोप लगाउँदै बाहिर आएl
ढाडमा टेकेर टाउकोमा हान्ने छबिलालको उक्ति अन्ततः गरिबको टाउकोमा टेकेर सिंह दरबार जाने बाहेक अरु देखिएनl तिनले हिसाब किताब गरुन त्रिपन्न सालमा टुहुरो भएका हाम्रा नानीहरु लक्का जवान भैसकेका छन्। र तिनले एक दिन आफ्नो बाबाको चिहान भए पनि खोज्ने छन्l र खोज्ने छन् टुहुरो बन्नुका कारण हरुl
अहिले म आफ्नै कारणले विदेश आएको छु l जंगलदेखि शहरसम्मका घटना मेरो आँखाले खिचेका छन्l एक दिन सम्झना हराएछन् भने पनि गाउँका चिहानघारीहरु उप्किएका छैनन् l विधुवा दिदी बहिनीहरु सती गएका छैननl हजारौ टुहुरा टुहुरीहरु अझै हाँसेका छैनन्l रगतको आहालमा पौडी खेलेर लुम्बिनी विकाश कोषमा बुद्धको मूर्ति छुनेको जाल झेल र षड्यन्त्र अझै मेटिएको छैनl
मसँग छातीमा गोलीका टुक्रा बोकेर अरबमा गैची खन्ने छमसेनका आशुका ढिकाहरु छन्l हातका औला काटिए पनि खुट्टाले मेशिन चलाउने वीरबहादुर दाइका पसिनाका अन्जुलीहरु छन। यस्तो लाग्छ-मिल्ने भए यी आँशु र पसिनाका ढिकालाई पोका पारेर पेरिस डाँडाँ पठाई दिउँ l तिघ्राको गोली निकाल्न नसकेर खुटाका दुखाइहरुसँग साइनो गासेका प्रज्वलदाइहरुको कथा- ब्यथा गुरु कुल मा देखाइनु पर्छl
संभबत नेपाली इतिहासको एउटा कालखण्ड बाह्र वर्षले पूरा गरेको छl गरिबका सपनाहरुलाई अधुरो छोडेको छ भोलि त कसले देखेको छ र?
फेरी भेटौला
आबुधाबी युएई
नोट: यो सामाग्री प्रयोग गर्दा अनिवार्य रुपमा श्रोत www.setopati.com खुलाइदिनु होला।