नेपाली बुद्धिवादीः एउटा उपाख्यान

yamaha
  • Get News Alerts

united
नेपालका बुद्धिजीवी- श्रृंखला ४
tata

फोहोराहरूलाई त मैले उष्ण प्रदेशका शृंगार मात्र भन्ठानेको थिएँ । तर गर्मीको एक दिन रोम शहरको फोन्ताना-दी-त्रेभीको बाछिट्टा मेरो मुहारभरि थोपरिँदा त्यो शीतल अनुभूतिले फोहोराप्रतिको मेरो धारणालाई बदलिदियो। त्यस्तै किसिमको आनन्दमय अनुभव भयो मलाई कमलप्रकाश मल्लज्यूको “नेपाली समाजमा बुद्धिजीवी”  लेख पढ्दा, शैली केही बढी बुट्टेदार भएपनि।

नेपालमा बुद्धिवादिताको थालनी र विस्तारको दिव्य सिंहावलोकनमा मल्लज्यूले देशको सामाजिक र राजनीतिक, सांस्कृतिक र शैक्षिक पक्षहरूको गहकिलो विवेचना पेस गर्नुभएको छ। यस सन्दर्भमा उहाँ विगत शताब्दीभित्र मुख्य तीन काल विभाजन गर्नुहुन्छ: राणाकालीन बौद्धिक विकासको कष्टमय जमर्को, प्रजातन्त्रपछिको दशकमा झल्किएको बौद्धिक प्रस्फुटीकरण, अनि हालको दशकमा देखा परेको बौद्धिक शिथिलता। नेपाली जीवन तथा समाजसम्बन्धी मल्लज्यूका तीखा टिप्पणीहरू घतलाग्दा हुन्छन् र प्रस्तुत विषय पनि बढी छलफलको मेलो थाल्ने खालको देखिन्छ।

मल्लज्यूको भनाइमा एक मूल दृष्टिदोष देखिन्छ– त्यो हो बुद्धिजीवीहरूको अस्तित्वको लागि पूर्वाग्रही रूपमा साक्षरता वा मुद्रण सभ्यताको आवश्यकता रहन्छ भन्ने उहाँका दलिल। यस कथनअनुसार बौद्धिक विकासको क्रममा सबभन्दा अघि साक्षरता र त्यसपछि बुद्धिजीवी तथा बुद्धिवादीको उपज हुन्छ। यो धारणाको पुष्ट्याइँ गर्न उहाँको लेखमा छापाखाना (सन् १८५१), स्कूल (सन् १८५३), साहित्य तथा शिक्षित वर्गको विकास निकै केलाइएको छ। मुख्य कुरो, बुद्धिजीवीहरूको भूमिका के हो त्यसबारे हामी स्पष्ट हुनुपरेको छ। छोटकरीमा व्याख्या गर्दा बुद्धिजीवीलाई त्यस्तो व्यक्ति ठाने हुन्छ जसले आफू वरिपरिका विश्वलाई बुझ्ने प्रयास गरेर आफ्ना विचारहरूलाई सत्यको नजिक ठानी व्याख्यान् गर्दछ। यस्तो विहंगम मान्यता शिक्षित व्यक्तिको मात्र पेवा होइन।

तत्कालीन अनुभवभन्दा परको तथ्यहरूबारे मनन गर्ने जुन विश्वव्यापी आवश्यकता छ त्यसले सबै थरीका (साक्षर वा निरक्षर) समाजमा बुद्धिजीवीको अस्तित्वको बोध गराउँछ। एडवर्ड सिल्जको भनाइअनुसार, 'प्रत्येक समाजमा जनसाधारणको सामान्यताभन्दा पृथक रहेका केही लघुसंख्यक व्यक्ति हुन्छन् जो दैनिक जीवनका अवस्थाका ठोस प्रतीकभन्दा बढी सामान्य प्रतीकप्रति ढल्केका हुन्छन् तथा हुन्छन् आफ्ना समय एवं कालभन्दा बढी उछिट्टिएका'।

हाम्रो नेपाली समाजजस्तो निरक्षरप्रधान अवस्थामा त झन् यस्तो फराकिलो परिभाषाको गहिरो अर्थ लाग्न जान्छ। भाषाको संकेतद्वारा मल्लज्यू नेपाली संस्कृतिमा व्याप्त विविधता औंल्याउनुहुन्छ तथापि नेपाली संस्कृतिको विभिन्नता त बोलीजन्य वा बासजन्य आयामहरूभन्दा व्यापक रूपमा फस्टाएको मान्नुपर्छ। अनेकानेक विविधता हुँदाहुँदै पनि बृहत् नेपाली संस्कृति मुख्य चार बेग्लै संस्कृतिहरूको सँगालोमा आधारित छ भन्नु अत्युक्ति नहोला। पहिलो, झाँक्री संस्कृति अनेक मातृभाषा बोल्ने आदिवासी जातिहरूको समाजमा व्याप्त रहेको तथ्य हो। दोस्रो, तिब्बतबाट व्यूत्पति भएको लामा संस्कृतिले तिब्बत साँधका हाम्रा भोटे समाजको सभ्यतालाई इंगित गर्दछ जहाँका बुद्धमार्गी थितिको आफ्नै भौगोलिक विशेषता छ। तेस्रो, भारतबाट आएका र स्वदेशी हिन्दूहरूद्वारा मान्य ब्राह्मण संस्कृति जुन 'भारतखण्डे' को देन हो। चौथो, सांस्कृतिक रूप आधुनिक शिक्षितहरूबाट प्रतिपादन हुने पक्ष हो र तिनको मूल मान्यता समकालीन समाजको प्रगतिवादी धारणाहरू हुन्।

यी विभिन्न सांस्कृतिक पक्षहरूमध्ये प्रत्येकले आफ्नै प्रकार वा आवश्यकताका बुद्धिजीवी पोसेका हुन्छन्, चाहे ती झाँक्री होऊन् वा लामा पुरेतहरू होऊन्। उपयोगिता र कर्मको दृष्टिले निरक्षर झाँक्री तथा पण्डित विद्वानको आ-आफ्ना सांस्कृतिक वातावरणमा त्यही महत्त्व हुन्छ।

नेपालको भाषाजन्य विविधताको पृष्ठभूमिमा राष्ट्रिय महत्त्वको मुकुण्डो लगाउने बौद्धिक विचारहरूको सामाजिक महत्ता तथा प्रभावबारे नै व्यावहारिक प्रश्न उठाउन सकिन्छ। यदि बहुसंख्यक जनसाधारण अनपढ भएकोमा साक्षरता र लिपिका साधनहरूको अति सीमित उपयोगिता प्रस्ट हुन्छ भने बोलिने नेपाली भाषा पनि संस्कृत भाषाको बढी प्रभावबाट जनभाषाको न्यानोबाट पर हुत्तिइएको भान हुन्छ।

हो, साक्षरताले बृहत्तर विश्वतिर लम्कन मद्दत गर्छ तर साक्षरता र शिक्षा शब्द आधुनिकीकरणको पर्यायवाची होइन। कुनै पनि समाजको मान्यता तथा प्रवृत्तिको चिनारी साक्षरताले होइन बरु शिक्षाको आकारप्रकारबाट छर्लंग हुन्छ। भनौँ भने, विवेकभन्दा परम्परागत धारणाहरूलाई टेवा दिने रुढिवादी शिक्षाबाट प्रगतिपथमा प्रतिकूल वातावरणको सिर्जनाको बढी सम्भावना रहन्छ।

नेपालको भाषाजन्य विविधताको पृष्ठभूमिमा राष्ट्रिय महत्त्वको मुकुण्डो लगाउने बौद्धिक विचारहरूको सामाजिक महत्ता तथा प्रभावबारे नै व्यावहारिक प्रश्न उठाउन सकिन्छ। यदि बहुसंख्यक जनसाधारण अनपढ भएकोमा साक्षरता र लिपिका साधनहरूको अति सीमित उपयोगिता प्रस्ट हुन्छ भने बोलिने नेपाली भाषा पनि संस्कृत भाषाको बढी प्रभावबाट जनभाषाको न्यानोबाट पर हुत्तिइएको भान हुन्छ।

नेपाली समाजभित्रका सांस्कृतिक पक्षहरूको विविधताका साथै ती सांस्कृतिक रूपहरूको विकास प्रवृत्तिबारे पनि केही चर्चा गर्नु आवश्यक देखिन्छ।

पुरातन झाँक्री संस्कृतिलाई बौद्ध तथा हिन्दू धार्मिक संस्कृतिहरूले क्रमशः खियाइदिएको छ यद्यपि यी उच्चतर धर्महरूले केही मात्रामा आदिवासीय संस्कारहरू पनि सँगालेको पाइन्छ। भोटाङ क्षेत्रका लामा संस्कृति सो संस्कृतिको उद्गमस्थल तिब्बतमा ईश्वरतन्त्रको अन्त्यसँगसँगै ओइलिएर जाँदै। ब्राह्मण संस्कृति भने नेपालमा केही शताब्दीदेखि फैलिँदै गएको प्रस्ट छ र सो विस्तारको प्रमुख कारणमध्ये हिन्दूहरूको बढी सक्रियता र राजकीय प्रोत्साहन हुन्।

नेपालमा आधुनिक प्रगतिशील संस्कृतिको प्रादुर्भाव यता दुई दशकभित्र मात्र फस्टाउन सकेको पाइन्छ। सो संस्कृति पक्षका बुद्धिजीवीहरूको सामु दुई समस्या छन्: ती हुन् रुढिवादी मान्यताहरूको खोइरो खन्नु र साथै एक विकासोन्मुख राष्ट्रको नयाँ मागहरूको पूर्ति गर्नु।

माग र पूर्तिका वस्तुहरूको पार्थक्य तथा लेनदेनको प्रक्रिया समय, समाज र संस्कृतिअनुसार फरक हुनसक्छ तर व्यापारी र ग्राहकबीचको इष्टको सम्बन्ध झण्डै यथावत् नै मान्न सकिन्छ। किनभने, आदिवासी समाज निर्देशन गर्ने झाँक्री होस् वा काल्पनिक गोत्र पुष्ट्ट्याउने भट्ट, धार्मिक संस्कार चलाउने पुरेत होस् वा विकास पहिल्याउने विद्वान, सबैलाई जजमानको दरकार पर्दछ ।

त्यसैले, नेपाली बुद्धिजीवी वर्गको आर्थिक दारिद्र्‍यमाथि मल्लज्यूले ध्यान आकर्षित गर्नुभएको त उचित देखिन्छ तर जागिरे आत्मविलयनमा बाँच्नेहरूप्रति उहाँको ग्लानि भने युक्तिसंगत देखिन्न। के साँचो हो भने संस्थागत थिचोमिचोको विरोध गर्नु एक प्रमुख बुद्धिवादी कर्तव्य हो तर शून्यतामा सक्रिय रहने क्षमताको पनि त सीमा हुन्छ। आजको नेपालको अवस्थामा जहाँ बुद्धिजीवीहरूलाई जनसाधारणबाट विरलै आर्थिक टेवा र प्रोत्साहन मिल्छ, त्यहाँ आर्थिक सुरक्षाको स्रोत कर्मचारीतन्त्रको आश्रयतिर बुद्धिजीवीहरू झुम्मिनु कुनै अचम्मको कुरो होइन। फेरि, बुद्धिवादी क्षमता र कार्यको सबभन्दा ठूलो उपभोक्ता सरकार हुनुका साथै आधुनिक शिक्षित समुदायको मुख्य निर्माता पनि उही सरकार नै हो र उखान छ, 'जसले मह काढ्छ उसले हात चाट्छ ।'

व्यवस्थापित संगठनभित्र बढ्दो बुद्धिजीवीहरूलाई समावेश गरेर व्यवस्था र बुद्धिजीवीबीचको सैद्धान्तिक तनावलाई पनि त सम्याएको हुनुपर्छ यस पद्धतिले। बाह्यजनित परिवर्तन र आन्तरिक परिवर्तनमध्ये कुनचाहिँ बढी प्रभावकारी जुक्ति हो भन्ने प्रश्नचाहिँ साह्रै तार्किक भएबाट त्यस सम्बन्धमा म यहाँ अल्मलिन चाहन्नँ।

मेरो मुख्य भनाइ के भने, प्रायशः धेरै बुद्धिजीवीहरू, जुन बृहत् समाजको निमित्त स्वयं उद्दत हुन्छन्, त्यसप्रति उनको संगति पटक्क मिलेको पाइँदैन। यदि परम्परागत विद्वानहरू स्वयंलाई सनातनको बाना पहिराएर थोत्रा मान्यताहरूमा नै रुमल्लिरहन्छन् भने आधुनिक विचारकहरू धेरैजसो विदेशी धारणाहरूबाट प्रेरित हुन्छन्। फलस्वरूप आजको नेपाली वास्तविकता आँक्न असफल भएका छन्। अझ, भएका सीमित बुद्धिजीवीहरूको शहरी गुम्स्याइले गर्दा दुई नेपालको सृष्टि हुन गएको भान हुन्छ।

नेपालबारे केही पढ्दा वा सुन्दा हामीलाई लेखक वा वक्ताले “नेपाल” शब्द, नेपाल राष्ट्र वा काठमाडौँ उपत्यका के को सन्दर्भमा प्रयोग गरेको होला भन्ने अन्दाज गर्न मगज खोतल्ने काम गर्नुपर्दछ। हाम्रा बुद्धिजीवी लेखकहरू बढी मात्रामा चार भन्ज्याङभित्रका संसारमा नै अल्झिरहेका हुनाले देशका अन्य प्रदेशका विस्तृत अध्ययन गर्न विदेशीहरू नै बढी सफल हुन सकेका छन्।

नेपाली बुद्धिजीवीहरू गहन विषयहरूमाथि अध्ययन र प्रकाश पार्नुसट्टा भ्रामक ओठ चपाउने प्रवृत्तिको प्रत्यक्ष उदाहरण हो राष्ट्रिय संस्कृतिबारे तिनको फितलो ज्ञान। हालको प्रचलित परिभाषामा नेपाली संस्कृतिमाथि अत्यधिक संस्कृत र भारतीय छाप थोपर्ने प्रणाली वास्तविकताभन्दा धेरै टाढा उछिट्टिइसकेको छ।

 

नेपाली बुद्धिजीवीहरू गहन विषयहरूमाथि अध्ययन र प्रकाश पार्नुसट्टा भ्रामक ओठ चपाउने प्रवृत्तिको प्रत्यक्ष उदाहरण हो राष्ट्रिय संस्कृतिबारे तिनको फितलो ज्ञान । हालको प्रचलित परिभाषामा नेपाली संस्कृतिमाथि अत्यधिक संस्कृत र भारतीय छाप थोपर्ने प्रणाली वास्तविकताभन्दा धेरै टाढा उछिट्टिइसकेको छ।

कोरा संस्कृतिवेत्ताहरू नेपालका स्थानीय संस्थाहरूको प्रारूप जताउनलाई पनि चाणक्य, अल्टेकर वा मजुमदारहरूका परदेशी लेखनहरूमाथि मात्र भर पर्दैनन्। अझ आदिम कौशिक, व्यास, वात्स्यायन ऋषिहरूलाई पनि आधुनिक नेपाली राष्ट्रियतामा बाँध्न खोजेर ऐतिहासिक तथ्यलाई चुनौती दिन्छन्।

नेपाली समाज विविध जातिहरूको हातेमालो हो भन्ने तथ्य जातिशास्त्रबाट प्रमाणित भइसक्दा पनि अझसम्म धेरै बुद्धिजीवीहरू किराँती सम्प्रदाय आर्य समुदायको एक अंग भन्ने भ्रमबाट उम्किन सकेका छैनन्।

नेपाली संस्कृतिको प्राग्-ऐतिहासिक भौगोलिक, सामाजिक व्यवस्थापनबारे वास्तविक विवेचना यस छोटो प्रबन्धभित्र अटाउने विषय होइन। तर यति त प्रस्ट गर्न करै लाग्छ कि नेपाली संस्कृति विभिन्न जाति (मंगोल-किराँती, खस-आर्य), विभिन्न भाषा (प्राकृत, संस्कृत, तिब्बते-बर्मेली), विभिन्न धर्म (प्रकृति/पितृपूजा, बौद्ध, हिन्दू, इस्लाम) तथा विभिन्न समाजहरूको जम्काभेट र समन्वयको विशिष्ट सृष्टि हो ।

तथ्यपूर्ण मनन र परिचर्चा बुद्धिजीवीहरूको खास प्रवृत्ति हुनुपर्छ किनभने गहकिला तर्कद्वारा मात्र उनीहरू जनसाधारणबीच पत्यारिलो बन्न सक्छन्। धेरै आधुनिक बुद्धिजीवीहरू स्वतन्त्र राजनीतिक प्रणालीबाट प्रभावित भएका हुन्छन् भने केही त माओत्सेतुङका “चार प्रबन्ध” सित पनि परिचित भएका होलान्। तर यहाँ मुख्य कुरा मलाई के लाग्छ भने विद्यमान व्यवस्थाप्रति उनको आस्था वा अनास्थाभन्दा महत्त्वपूर्ण पक्ष हो सामाजिक आवश्यकताप्रति उनीहरूको आफ्नै औचित्य र जागरुकता।

के मान्नुपर्छ भने बुद्धिजीवी व्यवहारको एक गुण निरपेक्षता हो तर अनावश्यक मन-मन्थन र फोस्रो बौद्धिकताबाट नै बुद्धिवादीप्रति अवहेलना हुने बीउ सप्रिन्छ। नेपाली बुद्धिजीवीहरूसामु एउटा ठूलो हाँक देखापर्छ र त्यो हो देशका विभिन्न जाति र समुदायहरूलाई एक राष्ट्रको रूपमा ढाल्नु। राष्ट्रियता भन्ने आभास एउटा बौद्धिक उपज हो र सो लक्ष्यप्राप्तिका लागि मूल आधार हो देशभित्रका परिस्थिति तथा क्रियाकलापको यथार्थ जानकारी। यस हाँकलाई तत्परतासाथ नठम्याउञ्जेल नेपाली बुद्धिजीवीहरूको मगजको चल्मलाइको केही अर्थ रहनेछैन र मानिनेछ मिथ्या तिनको बौद्धिक अस्तित्व।

(हर्क गुरूङको यो लेख सर्वप्रथम २०२७ सालमा अंग्रेजी पत्रिका बसुधामा छापिएको थियो। सँगसँगै प्रसिद्ध साहित्यकार शंकर लामिछानेले अनुवाद गरेपछि रूपरेखामा नेपालीमा प्रकाशित भएको थियो। हामीले यहाँ लामिछानेले गरेको अनुवादको सम्पादित अंश प्रस्तुत गरेका छौं। गुरूङको यो लेख हामीले मार्टिन चौतारीको जर्नल 'समाज अध्ययन ११- २०७३' बाट लिएका हौं। यो श्रृं‌खलामा भोलि हामी प्रसिद्ध साहित्यकार जगदीश घिमिरेको जवाफ प्रकाशित गर्ने छौं।)

 

श्रृंखलाका अन्य लेखहरू:

नेपाली समाजमा बुद्धिजीवी- भाग १

नेपाली समाजमा बुद्धिजीवी- भाग २

के गर्छन् नेपालका बौद्धिकहरु?

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट