बम्जन, तपस्या र धर्म

yamaha
  • Get News Alerts

united
tata

‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनले हालै राजधानीमा विश्व शान्ति मैत्री पूजा गरेपछि उनी र उनले प्रचार गरिरहेको धर्मबारे बहस भइरहेको छ। यस क्रममा धेरै प्रश्न पनि उठेका छन् जसमध्ये प्रमुख हो, के उनले वास्तवमा अनुयायीहरुले दाबी गरेझैं ज्ञान प्राप्त गरिसकेका हुन्?

यो प्रश्नको उत्तर खोज्नु यो टिप्पणीको आशय हैन। उनीबारे सेतोपाटीमा तीन भागको श्रृंखला पढेपछि के लाग्यो भने विश्वमा हाल कायम धर्महरुमध्ये केही प्रमुख धर्म कसरी आए भनेर फर्केर हेर्ने यो राम्रो अवसर हो। त्यसले सिंगो बम्जनको कहानीलाई एउटा सही पृष्ठभूमिमा राखेर हेर्न तथा किन उल्लेख्य संख्यामा मानिसहरु उनको पछाडि लागे भन्ने बुझ्न हामीलाई सघाउँछ।

मानव समाजमा धर्म र सभ्यताहरुको विकास कसरी भयो भन्ने इतिहास छिटपुट रुपमा स्कुल तथा कलेजहरुको पाठ्यक्रममा राखेर पढाउने गरिए पनि नेपालमा त्यस खालको पढाइ–सिकाइ सन्तोषजनक छैन। खासगरी आधुनिक इतिहासकार र पुरातत्वविद्हरुले पुष्टि गर्न सकिने तथ्यहरुलाई आधार मानेर त्यस खालको विकासलाई कसरी खुट्याएका छन्, त्यसबारे त हामी बेखबर नै छौं।

इतिहासमा सापेक्षतः ढिलो गरी आएको इस्लाम, इसाइ र बौद्ध धर्महरुबारे विद्वान् इतिहासकारहरुले खोतलेका तथ्यहरु हेर्ने हो भने हामीलाई बम्जनबारे मात्र हैन, धर्म गुरु वा भगवान् भएको दाबी गर्ने अरु धेरै मानिसका अभियान, तिनले पाउने साथ र समाजमा छाड्ने प्रभावहरुबारे बुझ्न धेरै सजिलो हुन्छ। यस टिप्पणीमा खासगरी बुद्ध धर्म र सभ्यताको विकास प्रक्रियालाई केन्द्रमा राखिनेछ। त्यस्तो इतिहासमा जानुअघि विज्ञानको मद्दतले एउटा महत्वपूर्ण प्रश्नको उत्तर खोज्ने कोशिस गरौं( के बम्जन महिनौं केही नखाई तपस्या बसेरु

हिन्दु धर्मशास्त्रमा ऋषिमुनिहरुले केही नखाई वर्षौं तपस्या बसेका अनगिन्ती उदाहरण पाइन्छन्। एक ऋषिको त तपस्या गर्दागर्दै शरीरमा धमिरा लागेर उनी रुखको ठूटोजस्तो बनेको, ठूटो सम्झेर एक राजकुमारीले उनका आँखा कोपेरर फुटाइदिएकी अनि उनले श्राप दिएका भन्ने एउटा कथा पनि छ। शरीरलाई प्रताडना दिएर तपस्या गर्यो भने मोक्षको द्वार खुल्छ भन्ने विश्वासमा त्यो बाटो अँगाल्ने योगीहरुको अहिले पनि भारतमा कमी छैन।

तर के वास्तवमा त्यसरी बाँच्न सम्भव छरु यो विषयमा विज्ञान के भन्छरु यथार्थ के हो भने, विज्ञानले त्यो प्रश्नको पूरै उत्तर दिएको छैन र दिने दाबी पनि गर्दैन। मानिसले वैज्ञानिक ज्ञानका आधारमा बुझ्न बाँकी रहस्य अझै धेरै छन्। तर, अतिप्रतिकूल र असम्भव मानिएको अवस्थामा मानिस वा कुनै प्राणी बाँचिरहने कारण के हुन सक्छन् भन्ने प्रश्नको आंशिक उत्तर ज्ञानसँग छ। शीतनिद्रा वा हाइबरनेसनमा प्राकृतिक रुपमा जाने सर्पलगायत प्राणीहरुको अध्ययनले पनि अन्य प्रजातिमा यदाकदा देखिने त्यस्तो प्रक्रियाको अध्ययनलाई सजिलो बनाएको छ।

मानिस लगायत प्राकृतिक रुपमा शीतनिद्रामा नजाने प्राणीहरु लामो समय प्रतिकूल अवस्थामा बाँच्ने अवस्थालाई विज्ञानको भाषामा ुसस्पेन्डेड एनिमेसनु भनिन्छ। राम्रो वैज्ञानिक अध्ययन भएका त्यस्ता उदाहरणमध्ये २००५ मा जन्मेकी लैना बिस्ली नामक अमेरिकी बालिकालाई लिन सकिन्छ जो कृत्रिम गर्भाधानमार्फत भ्रुण बनेको १३ वर्षपछि जन्मेकी थिइन्। उनका तिम्ल्याहा जेफ्री र कार्ली १९९२ मा जन्मेका भए पनि उनको भ्रुणलाई त्यति लामो समयसम्म फ्रिजमा राखिएको थियो। 

शरीरका सबै खालका रासायनिक प्रक्रियाहरु असाध्य जटिल भइसक्ने जन्मपछिको अवस्थामा त्यति लामो सस्पेन्डेड एनिमेसन सम्भव छैन तर आधुनिक विज्ञानमा समेत २४ दिनसम्म शून्यभन्दा कम तापक्रममा अचेत अवस्थामा केही नखाई बाँचेको ९मित्सुटाका उचिकोशी, जापान, २००६० र ४० मिनटसम्म हिमतालको सतहमुनि बाँचेका ९अन्ना बेगनहोम, स्वीडेन, १९९९० उदाहरणहरु छन्।

तिनलाई विज्ञानले पुष्टि मात्र गरेको छैन, जटिल शल्यक्रियाहरुमा त्यही प्राकृतिक प्रक्रियाको सिको गर्दै शरीरको तापक्रम कृत्रिम रुपमा घटाएर मानिसहरुलाई बचाउने अभ्यास अहिले व्यवहारमै आइसकेको छ।

बम्जन वर्षौं ध्यान बसेको प्रसंगमा ठ्याक्कै कुरा के हो यकिन छैन, तर खासगरी डिस्कभरी च्यानलले खिच्दा ७२ वा ९६ घण्टा उनी निरन्तर ध्यानमा रहिरहेको भन्ने कुरा एकदमै सम्भव छ। त्यो काम पक्कै सजिलो छैन र दुर्घटनामा परेका वा नियन्त्रित रुपमा केही घण्टा शरीर चिस्याइएका मानिसबाहेक त्यस खालको ध्यानमा बस्ने मानिसको शरीरमा कस्ता रासायनिक प्रक्रिया चल्छन् भन्ने कुनै अध्ययन भएको पाइँदैन। केचाहिँ निश्चित हो भने असाध्यै कडा अनुशासन र शरीरलाई निर्देशित गर्ने र त्यसका आवश्यकता पूरा गर्न झक्झक्याउने मस्तिष्कका विभिन्न हिस्सामाथि कठोर नियन्त्रण नभएसम्म त्यो काम सम्भव छैन।

शरीर र मस्तिष्कबीचको यही जटिल अन्तक्रियाका अनेक आयाम अहिले पनि हाम्रो ज्ञानभन्दा बाहिर छन्। तर, भौतिक विज्ञान र मनोविज्ञानको उपलब्ध ज्ञानले के भन्छ भने मानव शरीरको प्रतिकूल अवस्थामा टिकिरहन सक्ने क्षमता दैनिक व्यवहारमा देखिनेभन्दा निकै बढी हुन्छ र कठोर मानसिक अभ्यासले शरीरलाई समेत त्यस्तो प्रतिकूल अवस्थामा टिक्न सहयोग गर्छ। त्यसैले बाध्यताले भोक र तिर्खा सहनुपर्ने युद्धपीडित र विस्थापितहरु केही दिन वा हप्ताको अवधिमा हजारौंको संख्यामा मरेका उदाहरण हुँदाहुँदै पनि केही मानिस महिनौंसम्म भोक हडतालमा बाँचेका उदाहरण छन्। ६३ दिन भोकै बसेर मृत्युवरण गरेका जतिन्द्रनाथ दास र ५८ दिन भोकै बसेर मृत्यु भएका अमरजीवी श्रीरामुलु होउन् वा ११६ दिन भोकै बसेर समेत बाँचेका भगत सिंह होउन्, लक्ष्य प्राप्तिका लागि कठोर त्याग गर्न सक्ने धेरैले मानव शरीर कति प्रतिकूल अवस्थामा बाँच्न सक्छ भन्ने सिद्ध गरेका छन्।

त्यसैले बम्जन लामो समय नखाई तपस्या बसेको भन्ने सहज नभए पनि वैज्ञानिक रुपमा असम्भव छैन।

अब हाम्रो मूल विषयसँग जोडेर अर्को एउटा प्रश्नको जवाफ खोजौं। बुद्ध, जिसस वा मोहम्मदले आफ्नो जीवनकालमा गरेको पथप्रदर्शन र त्यसको आधारमा कालान्तरमा संस्थागत हुन पुगेका धर्म–परम्पराबीच के फरक छरु

इतिहासले के भन्छ भने, बुद्ध, मोहम्मद र जिससजस्ता पथप्रदर्शकहरु जब विश्वमा थिए, उनीहरु देवताभन्दा बढी क्रान्तिकारी थिए। उनीहरुको प्रशंसा र स्तुतिभन्दा बढी निन्दा र विरोध हुन्थ्यो। जिससलाई त त्यतिखेरको सत्ताले आफूमाथिको खतरा ठानेर ज्यानसमेत लियो। ज्ञान प्राप्त भएलगत्तै मक्कामा मूर्ति पूजाको विरोध गर्दा कडा प्रतिरोध सामना गरेका मोहम्मद छ वर्षसम्म याथ्रिव नामक सहरमा विस्थापित भएनन् मात्रै (जसको नाम मोहम्मद गएपछि मदिना बन्न पुग्यो), उनले सिर्जना गरेको नयाँ व्यवस्था मक्काका पुराना सरदारहरुको सांघातिक आक्रमणमा पर्यो र त्यसमा विजयी भएका कारण मात्र उनी मक्कामा फर्केर आफ्नो पथप्रदर्शन जारी राख्न सके।

बुद्धले आफ्नो शिक्षामार्फत उल्ट्याएको त्यो समयको मान्यता के थियो भने यस लोकमा मानिसले गर्ने पापहरुबाट प्रायश्चित गर्न र यहाँ भोग्ने दुस्खबाट मुक्त हुन पूजा, यज्ञ र तीर्थाटन लगायतका कर्मकाण्ड गर्नुपर्छ, जसमा खास तीर्थस्थल र ब्राम्हणहरुको मुख्य भूमिका हुन्छ। बाहिरी तीर्थाटनको सट्टा अनुशासन, साधना र आफैंभित्रको यात्राले मुक्ति मिल्छ भन्ने बुद्धको अवधारणा खासगरी ती करोडौं तल्लो जातका मानिस र महिलाहरुका लागि स्वतः मुक्तिदायी थियो जो वर्णव्यवस्थाको पिँधमा च्यापिएर ब्राम्हण पुरुषहरुको खटनमा पूरा जीवन दयनीय हालतमा गुजार्थे। 

एक हिसाबले, बुद्धले युगौंदेखि मानिसले मोक्षको प्रयासमा प्रयोग गरिआएका ९ र त्यसबाट अन्तहीन फाइदा लिइआएका० बिचौलियाहरुलाई हटाइदिएका थिए। त्यसो हुँदा जसको स्वार्थमा आँच आएको थियो, उनीहरु स्वभावतः बुद्धसित रुष्ट थिए र टाढा टाढाका भूभागमा लगत्तै बौद्ध धर्मले जरा गाड्दै गर्दा उनको कर्मभूमि भारतीय उपमहाद्वीपमा बौद्ध दर्शन खिइँदै जानु र हिन्दु वर्णाश्रम व्यवस्था कायम रहिरहनुमा त्यस समाजको त्यही शक्तिशाली हिस्साको मुख्य भूमिका थियो।

बुद्धले मोक्षसम्बन्धी उल्ट्याइदिएको अर्को धारणा भनेको त्यसका लागि त्याग वा चरम् आत्मपीडनको आवश्यकता हो। आफैंले छ वर्षसम्म चरम अवस्थामा ध्यान गरेर उनलाई बोध भएको कुरा के थियो भने मुक्तिको एउटै बाटो भनेको मध्यमार्ग होः वीणाको तार ढिला छाड्यो भने त्यो बज्दैन तर धेरै कस्यो भने पनि चार चुँडिन्छ तर वीणा बज्दैन, बौद्ध दर्शनको एउटा केन्द्रीय अवधारणा यही हो। समाज र यसका सुखसुविधाबाट टाढा जंगल वा पहाडको गुफामा वर्षौं सबै इन्द्रियलाई दबाएर कठोर तपस्या गरेपछि मात्र ज्ञान प्राप्त हुन्छ वा मुक्ति मिल्छ भन्ने त्यो बेला स्वीकारिएको मान्यतामा धावा बोल्दै बुद्धले भनेका थिएः तिमीभित्र अहिले यहीँ र यसै बखत मुक्तिको मार्ग छ, खाली भित्री आँखा खोलेर आफैंलाई हेर।

आफ्नो जीवनकालमा ती पथप्रदर्शक असाधारण प्रतिभाका मानिस थिए र उनीहरुको प्रभाव त्यतिखेरको समाजमा अभुतपूर्व रुपमा फैलिएको थियो तर मुख्यतः उनीहरुलाई देवत्वकरण गरिएको उनीहरुको जीवन सकिएको लामो समयपछि मात्रै हो। त्यस खालको देवत्वकरण र उनीहरुले दिएको शिक्षाको यान्त्रिक व्याख्याबाट जुन परम्पराको निर्माण भयो, कालान्तरमा त्यसले उनीहरुको शिक्षाका आडमा बनेको धर्म र सभ्यताको मुख्य हिस्सा ओगट्न पुग्यो।

त्यसो हुनुको खास कारण छ। त्यतिबेलाको समयमा क्रान्तिकारी लाग्ने ती पथप्रदर्शकहरुको शिक्षामा उनीहरुको जीवनकालमा जुन धार र प्रभाव थियो, त्यो उनीहरुको मृत्युपछि समयसँगै स्वभाविक रुपमा खस्कँदै गयो र अपभ्रंशित पनि हुँदै गयो। त्यसबाट जुन खालीपन सिर्जना हुन गयो, त्यसलाई भर्न अनेक खाले चमत्कार र जादुगरी कथाहरु सिर्जना गरिए र ती हरेक धर्मको मौखिक इतिहासका हिस्सा बने र पछि गएर तीमध्ये कति लिपिबद्धसमेत भए। कालान्तरमा तथ्य र कल्पनाबीच भिन्नता छुट्याउन असम्भवप्रायः हुन पुग्यो। त्यस्ता काल्पनिक कथामध्ये कति रोचक र हानिरहित थिए त कति थिएनन्।

बौद्ध, इसाइ वा इस्लाम, कुनै पनि धर्म त्यतिबेलाको राज्यसत्ताको प्रभाव वा स्वीकृतिको बलमा आएका थिएनन् बरु तिनको धार त्यतिबेलाको परम्पराभन्दा ठिक उल्टो थियो। मोहम्मदको जीवनकालमा उनले प्रवर्द्धन गरेको दर्शनका कारण मक्काका तत्कालीन शासक रहेका ९उनी आफैं जन्मेको कुल० कुरेश फौजसित उनी अन्तर्गतको मदिनाको मुस्लिम फौजको तीनपटक लडाइँ भएको थियो तर आधारभूत रुपमा उनको ध्यान आफूले पाएको ज्ञान फैलाउनुमा थियो, भूभाग जितेर शासन गर्नुमा थिएन। बुद्धले त कुनै पनि रुपमा युद्ध र सत्ता प्राप्तिमा ध्यान दिने प्रसंगै उठेन।

तर प्रवर्तकको मृत्यूपश्चात् धर्मको प्रभाव बढ्दै गएसँगै सत्ता र धन शक्ति त्यससित घनीभुत जोडिन पुग्यो र हजारौं वर्षदेखि मानव समाजमा चल्दै आएको शक्ति संघर्षमा यी नयाँ धर्महरु पनि मिसिए। शासकहरुले नयाँ भूभाग जितेपछि त्यहाँ जबर्जस्ती धर्म परिवर्तन गराउनु आम प्रवृत्ति बन्न पुग्यो। स्वभावतः ज्यादतीपूर्वक धर्म फैलाउने कामको पहिलो शिकार ती धर्मका प्रवर्तकहरुले दिएका मूल शिक्षा भए। तरबार र बन्दुकको नालका बलमा आफ्नो भनिएको धर्म र सभ्यता फैलाउन चाहनेहरुलाई स्वभावतः मोहम्मद वा जिससले दिएको सन्देश के थियो भन्दा पनि तिनका आधारमा स्थापित हुन पुगेका र हेर्दा सहजै चिनिने धर्मका पहिचानहरु महत्वपूर्ण भए, जस्तो चर्च वा मस्जिद जानेहरुको संख्या, बुर्का लगाउने महिलाहरुको संख्या, आदि।

धर्म सत्ता शक्तिको आधार बन्दा केही उल्लेखनीय आधुनिक द्वन्द्वहरु कसरी जन्मे भन्ने एउटा उदाहरणः मोहम्मदको असली उत्तराधिकारी को भन्ने विषयमा इस्लाम धर्ममा दुई भँगाला फाट्न पुग्दा बनेका सुन्नी र शिया समाज र देशहरुबीचको द्वन्द्व अहिले मुस्लिम देशहरु र विश्वकै जटिल द्वन्द्वमध्ये पर्छ । 

त्यसबाहेक, गत १३ शताब्दीको इतिहासमा इस्लाम र इसाइ धर्मको फैलावट र अन्तक्रिया रक्तपातपूर्ण रहेको छ र  यी विषयमा अनेक गहिरा अध्ययनहरुसमेत भएका छन् । तर हामी बाँचिरहेको समयका लागि एकदमै सान्दर्भिक प्रसंगचाहिं निःशर्त रुपमा मैत्री, अहिंसा र करुणाको वकालत गर्ने बौद्ध धर्मको भ्रष्टीकरण र विकृतिकरण छ, जसबारे अपेक्षित अध्ययन अझै हुन नसकेको देखिन्छ । तीमध्ये भुटान, श्रीलंका र बर्मामा बौद्ध धर्म र सभ्यताको रक्षा गर्ने नाममा फरक समुदायका नागरिकहरुप्रति समाज र राज्यले गरेको ज्यादती र हिंसालाई लिन सकिन्छ । 

यो टिप्पणीका लागि अन्तिम प्रश्नः धर्मबारे टिप्पणी गर्दा भारतीय उपमहाद्वीपमा हजारौं वर्षदेखि चलिआएको हिन्दु धर्मबारे किन जिकिर नगरिएकोरु गौतम बुद्धको मृत्यु भएको पाँच शताब्दी हाराहारी पछाडिबाट बुद्धको जीवन र दर्शनबारे लिखित सामाग्रीहरु उपलब्ध छन्। जिसस र मोहम्मदको समयसम्म आउँदा लिखित भाषा धेरथोर स्थापित भइसकेको थियो। जीससको मृत्युको केही दशकपछाडि देखिका लिखित दस्तावेजहरु अहिले उपलब्ध छन् भने कुरान चाहिँ मोहम्मदलाई जसै जसै ुउपलब्धु भयो, त्यतिबेलै उनका सहयोगीहरुले त्यसलाई लिखित रुपमा उतारेका थिए। अनेकथरी कहानी र किम्बदन्तीबीच पनि तीनै जनाको जीवनबारे मूलतः विवादरहित धेरै तथ्य उपलब्ध छन्। 

अर्कोतिर, गौतम बुद्धकै समयमा भारतीय उपमहाद्वीपमा चलिआएको हिन्दु धर्म र सभ्यता निकै पुरानो भइसकेको थियो। त्यस्तै हिन्दु धर्मका अनेक धर्मशास्त्रहरु लिखित रुपमा उपलब्ध भए पनि तीमध्ये धेरैजसो ठ्याक्कै कुन मितिमा कसले लेखेको भन्ने यकिन छैन र हिन्दु धर्मलाई विविधता र गहिराइ दिने असंख्य साधक र मुनिहरुले आफ्नो काम मात्र छाडेका छन्, पहिचान छाडेका छैनन्।

त्यसैले खास व्यक्तिले सापेक्षतः निकट विगतमा प्रवर्द्धन गरेका बौद्ध, इसाइ वा इस्लाम धर्मको अध्ययन गर्नु वा तिनबारे टिप्पणी गर्नु जति सजिलो छ, हिन्दु धर्मबारे त्यसो गर्नु सजिलो छैन, यद्यपि धर्मको प्रादुर्भाव, विकास र विकृतिकरणबारे अन्य धर्मबारे भनिएका कुराहरु यो धर्ममा पनि लागू हुन्छन्।

अन्तमा, बम्जनबारे हाम्रो जिज्ञासा हुनु स्वाभाविक हो र उनका भावी गतिविधिले उनीबारे थप जानकारीहरु देलान् तर हामी आफैंले वा हामी वरिपरिका मानिसले मानिआएका धर्महरुको अध्ययन पनि कम रोचक र सान्दर्भिक चाहिँ छैन। खासगरी छिमेकी भारतमा धर्मको सिँढी चढेर मानिसहरु सत्तामै पुगिसकेको र नेपालमा समेत धर्मका नाममा गरिने राजनीतिले टाउको उठाउने कोशिस गरिरहँदा अहिले धर्म भनेर बुझिने कुरा मात्र हैन, विभिन्न धर्मका प्रवर्द्धकहरुले आफ्नो समयमा फैलाउन खोजेका मूल सन्देशहरुबारे पनि हामी जानकार हुनु आवश्यक छ । 

 (लेखक हिमालय वाचसँग सम्बद्ध छन्।) 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट