आक्रोशको युग र नेपाल

  • Get News Alerts

united
tata

पंकज मिश्रको ‘एज अफ एंगर’ मेरा लागि एक प्रतीक्षित पुस्तक थियो। पुस्तक बजारमा आउनुअघि प्रकाशित समीक्षा र पुस्तक अंश पाठकमा कौतुहलता जगाउन पर्याप्त थिए। पुस्तकको शीर्षक आकर्षक छ र मिश्रको लेखन कला उत्कृष्ट।

यसअघि मैले उनको ‘फ्रम द रुइन्स अफ एम्पायर’ पढेको थिएँ। मिश्रको विशेषता नै उनी सामाजिक समस्या वा यथार्थतालाई एक साहित्यकारका आँखाबाट हेर्छन् र समाजका चाखलाग्दा तस्बिर प्रस्तुत गर्छन्। उनले मानिसका दैनिक जीवनमा सामाजिक यथार्थ कसरी प्रतिविम्बित हुन्छ भनेर नियाल्छन्। उनको लेखन सामाजिक विज्ञानका जटिलता र प्राविधिक भाषाबाट मुक्त छ। कोरा सामाजिक विज्ञानभन्दा फरक, मानवीय र साहित्यका आँखाले नियालेर बुनिएको सामाजिक तस्बिर चाख लाग्दो हुने गर्छ।

मिश्रको अर्को विशषता उनले यस्ता लेखक र चिन्तकका दृष्टिबाट पनि समाजलाई हेर्छन् जसबारे मूलधारका लेखक वा चिन्तकले सामान्यतः चर्चा गर्दैनन्। सामाजिक÷राजनीतिक मूलधारभन्दा फरक ढंगले सोच्ने फिलिपिन्सका जोस रिजाल वा दक्षिण एसियाका इकबाल जस्ता व्यक्तित्वलाई मिश्रले आफ्नो पुस्तकमा महत्वपूर्ण स्थान दिन्छन।

उनले ‘एज अफ एंगर’ पुस्तकको सुरुवात पनि कमैले चिनेका एक इटालियन लेखकबाट गरेका छन्। मिश्रले तत्कालीन समाजको चरित्र बुझ्न रसियाली उपन्यासकार फायदोर दोस्तोवस्कीलाई उद्धृत गरेका छन्। यी दुबैलाई मूलधारका लेखकले बिरलै वास्ता गर्छन्।

निकै खिपेर लेखिएको पुस्तकले विश्व व्यवस्थामा भएको परिवर्तन र उक्त परिवर्तनको जरो पकड्ने प्रयास गरेको छ। सामान्यतः म लामो समयपछि मात्र पुस्तक दोहोर्याएर पढ्ने गर्छु, तर ‘एज अफ एंगर’ भने फेरि पढ्ने विचार गर्दैछु।



वर्तमान विश्वको राजनैतिक र सामाजिक सम्बन्धमा अहिले जुन आक्रोश र उथलपुथल देखिएको छ त्यसलाई बुझ्ने प्रयास ‘एज अफ एंगरमा’मा गरिएको छ। उदाहरणका लागि, ट्रम्पको उदय कसका लागि र कसका विरुद्धमा हो? उनी आफू अर्बपति हुन् तर कुराचाहिँ सामान्य मानिस बारे गर्छन्। जागिर गुमाएका श्रमीक वर्ग बारे बोलेका देखिन्छन्। तर, के उनले साँच्चै त्यस्ता मानिसको प्रतिनिधित्व गर्छन्? यो पुस्तकले यी प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेको छ।

अहिलेको उथलपुथल बारे कुरा गर्दा फ्रान्सेली राज्यक्रान्तिको छोटो चर्चा गर्नु आवश्यक छ। उक्त क्रान्तिमा युरोपमा नै सुरु भएको ‘एज अफ इनलाइटनमेन्ट’ अर्थात् चेतनाको युगको जबर्जस्त प्रभाव परेको थियो। त्यो समयको बौद्धिक विकासले सार्वजनिक जीवनमा धर्मको प्रधानतालाई पराजित गर्यो। युरोपलाई धर्म निरपेक्षता, विज्ञान र तर्कको युगतर्फ घचेट्यो। मिश्रले त्यो समयका दुई प्रखर विद्वानबारे पुस्तकमा चर्चा गरेका छन्– भोल्टेयर र रुसो।

भोल्टेयर विवेक र तर्कलाई महत्व दिन्थे। वंशजका आधारमा कसैले अधिकार र सुविधा प्राप्त गर्ने होइन, कौशल र क्षमताका आधारमा व्यक्तिको समाजमा स्थान हुनुपर्नेमा उनको जोड थियो। उनी लगायत केही चिन्तकको तर्क थियो– मानिसले विवेकपूर्ण छनौट गर्छ, त्यसले उद्धोग, व्यापार तथा उपभोक्तावादको विकास गर्छ। उदारवाद र भूमण्डलीकरणको आधारशीला त्यही चिन्तनले निर्माण गरेको थियो ।

स्विट्जरल्याण्डमा जन्मे÷हुर्केर फ्रान्स प्रवेश गरेका रुसो भने फरक ढंगले सोच्थे। त्यहाँ हुर्किरहेको पुँजीवादी सभ्यताले फ्रान्सेली समाजमा परेको नकारात्मक प्रभाव बारे उनी धेरै चिन्तित थिए। भोल्टेयरले वकालत गरेको समाजले व्यक्तिलाई स्वतन्त्रता त दिन्थ्यो तर परम्परागत बन्धनबाट मुक्त त्यस्तो स्वतन्त्रता समाजका लागि हानिकारक हुने रुसोको धारणा थियो।

धन÷सम्पति, शक्ति र प्रतिष्ठाका लागि व्यक्ति कठोर प्रतिष्पर्धामा उत्रने र त्यसको प्राप्तिका लागि उनीहरु क्रुर बन्न सक्ने रुसोको मत थियो। यो प्रतिष्पर्धात्मक संसारले धर्म र पारिवारजस्ता परम्परागत संस्था र संरचना समेत कमजोर बनाइदियो र व्यक्तिले असुरक्षित महशुस गर्ने भयो। मानिसमा असुरक्षा, आत्मग्लानि र ईर्ष्याको भावना पैदा गर्ने भयो।

फ्रान्समा राजतन्त्र रहुन्जेल त्यसले धार्मिक गुरु र धर्मको आडमा वैधानिकता पाएको थियो। जब राजतन्त्रको ठाउँमा गणतन्त्र आयो सम्पत्ति, खोक्रोपना, देखावटीजस्ता बुर्जवा मान्यता फस्टाए। तिनले समानता, नैतिकता, स्वतन्त्रता र करुणाको क्षय गरायो। समाजमा असमानतासँगै त्यसले नागरिकमा हानिकारक प्रभाव पार्ने रुसोले चेतावनी दिएका थिए।

मानिस विवेक र तर्कभन्दा भावना र स्वच्छन्दताले चल्छ भन्ने रुसोको मत थियो।

अहिले विश्वमा जनसंख्याको ठूलो हिस्साले जसरी असुरक्षित महशुस गरेको छ, त्यसलाई भोल्टेयर होइन रुसोको चिन्तन धाराले व्याख्या गर्छ।

हामी अरब मुलुकमा भएको विद्रोह ‘अरब स्प्रिङ’लाई नै हेरौं। ट्युनिसियामा एक फलफूल बेच्ने मानिसको सम्मानमा जब आँच पुग्यो, त्यसले सारा अरब जगतलाई हल्लायो। सडकमा पसल थापेर गुजारा गरिरहेको एकजना सामान्य मानिसको आत्मदाहले त्यसरी सडकमा लाखौं मानिसलाई बलिदानी भावनाका साथ उतार्न सक्छ भन्ने कुरा कुनै सिद्धान्तले सायदै अपेक्षा गर्छ। त्यहाँ मानिसका तर्कले र विवेकले होइन भावना र संवेगले काम गर्यो।

यस्ता घटनालाई भोल्टेयरको मानिस विवेक र तर्कले चल्छ भन्ने भनाइले होइन, रुसोको ‘रोमान्टिसिज्म’ ले व्याख्या गर्छ।

मिश्रले वर्तमान विश्वमा देखिएको समस्याको जरो विगतमा डुबुल्की मारेर पहिल्याउने कोशिस गरेका छन्। उनले रुसो र भोल्टेयर मात्र होइन, त्यस समयमा लेखिएका साहित्य र लेखलाई पनि ‘एज अफ एगंरमा’ उद्धृत गर्दै संसार बुझ्ने दायरालाई फराकिलो बनाएका छन्।

फ्रान्सेली राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रतापछि पश्चिमी संसारमा परम्परागत संरचना भत्कँदै गए। तिनको ठाउँमा तर्क र विज्ञानलाई सामान्यीकरण गर्ने प्रक्रिया सुरु भयो। तर पुरानो संसारलाई भत्काएर नयाँ संसार जन्माउने प्रक्रिया सहज भएन। पुरानोको स्थानमा माक्र्सवाद, पुँजीवाद, साम्यवाद, फाँसीवाद जस्ता नयाँ वाद जन्मिए र पश्चिमी संसारमा द्वन्द्व सिर्जना गरे। त्यस्तो द्वन्द्व व्यवस्थापन गर्ने प्रक्रियामा युरोपले दुई ठूला युद्ध लड्नु पर्यो। हिटलर पश्चिमी सभ्यताका नै उत्पादन थिए। यहुदीको नरसंहारमार्फत् आर्य जातिको शुद्धता र प्रभुत्व कायम गर्ने उद्देश्यका साथ हिटलरको उदय भयो। पहिलो र दोश्रो विश्वयुद्ध, नरसंहार र बाल्कन युद्धसम्म आइपुग्दा युरोपियन आधुनिकता संकटमा परिसकेको हामी पाउँछौं।

तेश्रो विश्वलाई मिश्र ‘लेट कमर्स’ भन्छन्, अर्थात पश्चिमी मोडलको आधुनिकीकरणमा ढिला गरी आएको समाज। २० औं शताब्दीमा उपनिवेशबाट मुक्त हुँदै गएका तेश्रो विश्वका देशले पश्चिमा मोडल अपनाउँदै गए। आधुनिकरणका प्रक्रियामा युरोप जुन युद्ध, द्विविधा, चिन्ता र तहसनहसको प्रक्रियाबाट गुज्रियो त्यो प्रक्रियाबाट ‘लेट कमर्स’ हरू भर्खर गुज्रँदै छन्। धार्मिक मान्यताको पकडमा रहेको समाज ‘सेकुलर’ राज्यमा परिणत भएपछि त्यसको स्थानमा नयाँ वाद आए। पुराना मान्यता पृष्ठभूमिमा धकेलिँदै गए र नयाँ द्वन्द्वको जन्म गरायो। पश्चिमी संसारले भोगेको त्यो द्वन्द्व आज तेस्रो विश्वमा पनि सरेको छ।

‘लेट कमर्स’को सन्दर्भमा एउटा कुरा फरक छ– अहिले हामी सूचना प्रविधिको युगमा छौं। एक अर्कासँग अत्यन्त धेरै जोडिएका छौ। एकातिर विश्व बजारले जन्माएको आकांक्षा छ, अर्को तिर त्यो आकांक्षा पुरा हुने वस्तुगत अवस्था पनि छैन। त्यसैले मानिसले आफू बिस्थापित भएको महशुस गर्छ। अहिले हाम्रो समाजमा त्यो द्वन्द्व अझै तीव्र ढंगले देखिँदैछ।

त्यसलाई बुझ्न मिश्र फ्रेडरिक नित्सेको ‘रिससेन्टमेन्ट’ भने धारणा प्रयोग गर्छन्। ‘रिसेन्टमेन्ट’को सामान्य अर्थ आक्रोश हो। फ्रेन्च भाषामा र बृहत दार्शनिक दायरामा प्रयोग गरिएको ‘रिसेन्टमेन्ट’ले अर्थ सामाजिक मनोविज्ञानमा एक्लोपना, इष्र्या र अलगाव हुन्छ। त्यसले मानिसमा अपूर्णताको अनुभूति गराउँछ।

यो पुस्तकलाई नेपालको सन्दर्भमा हेर्ने हो भने हामी ‘लेट कमर्स’ नै हौं। पश्चिमी विश्वबाट सुरु भएको उक्त प्रक्रियामा हामी पछिल्लो चरणमा जोडिएका छौं। नेपाली समाजमा त्यो रिस र आक्रोश कहाँ छ र त्यो कसरी व्यक्त हुँदैछ?

विगत ३ दशकमा नेपाली समाजमा भएका छलफल र बहसलाई हेर्यौं भने हाम्रो समाज मुलतः वामपन्थतर्फ ढल्किएको पाइन्छ। हामी सामूहिकतामा विश्वास गर्छौं, लोककल्याणकारी राज्यको वकालत गर्छौं, देश समृद्ध बनाउनु पर्छ भन्छौं। समाजको कामना र चिन्ता सामूहिकतामा छ, तर मानिस भने अत्यन्तै व्यक्तिवादी भएको छ। साधन र श्रोत बाँडफाँडको कुरा गर्छ, समानताको कुरा गर्छ तर सबैभन्दा पहिला आफ्नो भाग सुरक्षित गर्न चाहन्छ। समाज व्यक्तिले बनेको हुन्छ। त्यसैले सामाजिक मान्यता र व्यक्तिका आकांक्षाबीच द्वन्द्व देखिन्छ। पश्चिमी समाजको प्रभावबाट आएका बजार व्यवस्था, तार्किकता, व्यक्तिवादजस्ता कुरा सामूहिकताका अभिव्यक्ति होइनन्।

हामी सामाज परिवर्तन, सामाजिक दायित्व र सामूहिकताको कामना गर्छौं। तर ऐतिहासिक विकासक्रम र पुँजीवादी बजार व्यवस्थाले हामीलाई व्यक्तिवादी बनाएको छ। सायद त्यसैकारण हामी सुन्दर सामूहिक भविष्य निर्माण गर्ने र शिक्षा व्यवस्था सुधार्ने कुरा गर्छौं, तर छोराछोरीचाहिँ पढ्न विदेश पठाउँछौं। उतै पढेर राम्रो, विदेशी जागिर खाए झन् राम्रो भन्ने हाम्रो सोच छ। हाम्रो सामूहिक सम्पन्नताको कुरा खिया लागेको इन्जिनजस्तो भएको छ। सार्वजनिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थ बढी मुखरित छ। त्यही व्यक्तिगत स्वार्थ पुरा गर्न दलाल राजनीतिको जन्म भएको छ।

अन्य पूर्वीय देशमा पनि यस्तो विरोधाभास देखिन्छ। जस्तो चीनमा सी जीनपिङ एकातिर माओको कुरा गर्छन्, अर्कातिर कन्फुसियसको। एकतिर ‘साम्यवाद’ र अर्कोतिर ‘हाइर्यार्की’। भारतमा एकातिर ‘स्मार्ट सिटी’ अर्कोतिर ‘होली काउ’ को कुरा सँगसगै भएको छ। रसियामा एकातिर अर्थोडक्स क्रिस्चियानिटीको कुरा छ, अर्कोतिर पुटिनजस्ता शक्तिशाली व्यक्तिको चाहना हुन्छ। त्यस्ता अन्तरविरोधमा फसेको समाजले ‘लोक रिझ्याँइ’ वा पपुलिस्ट भाषणवाजलाई जन्म दिन्छ।

प्रजातन्त्रमा वालिग मताधिकारद्वारा समाजलाई स्थायित्व दिनुपर्ने हो तर हामी राजनीतिक संक्रमण भनेर त्यसैमा अल्झिएका छौं। विगत ६० वर्षदेखि यो प्रक्रिया चलिरहेको छ। यो संक्रमण अस्वभाविक र झुठो हो भनेर मानिसले पनि बुझ्लान्। तर त्यसबाट छुटकारा पाउन सजिलो छैन। त्यसका निम्ति सामूहिक संस्था कमजोर भएका छन्।

पंकजले पुस्तकमा राष्ट्रवादको विषय पनि चाखलाग्दो हिसावले उठाएका छन्। हाम्रो सन्दर्भमा त्यो महत्वपूर्ण छ। अघिल्लो समयको राष्ट्रवाद राष्ट्रिय जागरण, स्वतन्त्रता र स्वधिनतासँग जोडिएको थियो। जस्तै, फ्रान्सेली राज्यक्रान्तिमा समानता, स्वतन्त्रता र भातृत्वको कुरा भएको थियो। भातृत्वले सामूहिकता र सामुदायिकताको कुरा गरेको थियो। त्यो बेलाको राष्ट्रवाद समातामूलक र मुक्तिगामी थियो भने अहिले असमानता बढ्यो र राष्ट्रवाद पनि बहिष्कृत गर्ने प्रकृतिको भयो। साधन स्रोतमाथि सीमित वर्गको पहुँच भयो र राष्ट्रवाद साँघुरो भयो। अहिले हाम्रो मुलुकमा राष्ट्रवाद जेलाई भनिदैछ, त्यो पनि अत्यन्त साँघुरो छ, त्यो स्थानीयवादमा आधारित छ। स्थानीयतामा आधारित राष्ट्रवाद ज्यादै संकिर्ण र साँघुरो हुन्छ।

मिश्रको पुस्तकले २ सय वर्षभन्दा पहिलादेखिको सामाजिक चरित्र र प्रवृत्तिको विश्लेषण गरेको छ। तर समस्याको समाधान के हो भन्ने बारे केही उत्तर दिएको छैन।

सायद यसको उत्तर गान्धीको दर्शनमा हुन सक्छ किनकि गान्धी भन्छन्– पश्चिमी पुँजीवाद वा साम्राज्यवादको चुनौती सामना गर्न उसैको तर्क र परम्पराबाट होइन, हामीले आफ्नै दार्शनिक सुत्र पहिल्याउनु पर्छ। उनले हिन्द स्वराजको त्यस्तो तर्क गरेका छन्। अब फेरि यो पुस्तक पढ्दा यसलाई म गान्धी चिन्तनको आँखाबाट हेर्नेछु।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट