किरात र दलित सौन्दर्यशास्त्र

  • Get News Alerts

united
tata

सौन्दर्यशास्त्रको बारेमा छलफल गर्दा त्यो मुलतः दुई विश्वदृष्टिकोणहरुसँग सम्बन्धित बिषय बन्न पुग्दछ। संसारमा विचार र दृष्टिकोणका विभिन्न शाखाहरु छन्। तर, विश्वदृष्टिकोणको कोणबाट हेर्दा संसारमा दुई विश्वदृष्टिकोणहरु छन्। एक, भौतिकवादी वा द्वन्दवादी र अर्को प्रत्ययवादी वा आदर्शवादी। 

संसारमा प्रचलित जति पनि सिद्धान्त, दृष्टिकोण र अवधारणाहरु छन्, ती सबै कुनै न कुनै रुपले यी दुई विश्वदृष्टिकोणको मातहतमा रहेर क्रियाशील छन्। त्यसकारण, सौन्दर्यशास्त्रको कोणबाट सौन्दर्यशास्त्रलाई व्याख्या गर्दा र चर्चा गर्दा हामीले यी दुई विश्वदृष्टिकोणसँग सम्बन्धित रहेर नै गर्नुपर्छ। र, सौन्दर्य मूल्यहरु, सौन्दर्य दृष्टिहरु यी विश्वदृष्टिकोहरुसँग सम्बन्धित भएर नै निर्माण हुँदै आएका छन्। यसरी हेर्दा नेपालमा अहिले विभिन्न सौन्दर्यमूल्य र सौन्दर्यशास्त्रहरुको जो चर्चा भइराखेको छ, त्यसलाई पनि दार्शनिक रुपमा यी दुई विश्वदृष्टिकोणमा आधारित रहेर नै हेर्नुपर्छ।

एउटा प्रश्न, सौन्दर्यशास्त्र वा सौन्दर्यमूल्य वा सौन्दर्यदृष्टि अथवा सुन्दरको अवधारणा फरक—फरक रुपमा कसरी निर्माण हुन्छ? मुलतः यो संस्कृति सापेक्ष भएर निर्माण हुन पुग्दछ। संस्कृति भन्नाले सामान्य चाड/पर्व भनेको होइन।

‘मानिसले बौद्धिक रुपमा र भौतिक रुपमा निर्माण गरेका समस्त दोस्रो प्रकृति’लाई हामी संस्कृति भन्दछौं। त्यो संस्कृतिको निर्माण सँगसँगै सौन्दर्यमूल्य वा सौन्दर्यदृष्टिहरुको निर्माण पनि केही न केही फरक ढंगले हुन पुग्दछन्। फरक समुदायहरुमा फरक ढंगले निर्माण हुन्छ। त्यसरी निर्माण हुने क्रममा सौन्दर्यशास्त्र अथावा सौन्दर्यमूल्य र सौन्दर्यदृष्टि पनि फरक—फरक ढंगले फरक—फरक परिस्थितिमा बाँचिरहेका मानव समूहहरुको केही न केही फरक ढंगले निर्माण हुन पुग्दछ। त्यही चिजलाई अर्को भूगोलको मान्छेले हे¥यो भने सुन्दर देख्ने वा नदेख्ने हुन सक्दछ। त्यो संस्कृति सापेक्ष भएर विकसित भएको हुन्छ।

अर्को चाहिँ सौन्दर्य मूल्य र सौन्दर्यदृष्टिहरु वर्ग सापेक्ष भएर पनि निर्माण हुन पुग्दछन्। त्यही चिजलाई उत्पीडक वर्गले सुन्दर देख्छ भने त्यही चिजलाई उत्पीडित वर्गले सुन्दर मान्दैन वा सुन्दर देख्दै देख्दैन। जस्तो कि काम गरेर खानुपर्ने श्रमीक वर्गका मान्छेहरु हृष्टपुष्ट शरीरलाई सुन्दर देख्दछन्। किनभने त्यो वर्गले काम गरेर खानु छ, श्रममा बाँच्नु छ। तर, काम नगरी खाने मूलतः बसिखाने वर्गले चाँही एकदम स्लिम शरीरलाई राम्रो देख्दछ। किनकि, उसको त्यहाँ कामसँग सम्बन्ध हुँदैन। यसरी संस्कृतिसापेक्ष वा वर्गसापेक्ष र कतिपय मूल्यहरु प्राकृतिक वा भूगोलको बनोटसँग सम्बन्धित भएर पनि सौन्दर्य मूल्यहरु, सौन्दर्य दृष्टिहरु अर्थात् समग्र सौन्दर्य चेतना निर्माण हुन पुग्दछ। र, यो एक/दुई दिनमा बन्ने चिज होइन। यसको एउटा लामो प्रक्रिया हुन्छ।

किराती सौन्दर्यशास्त्र अस्थायी

नेपालमा प्रश्न उठिराखेको छ, ‘किराती सौन्दर्यशास्त्र’ वा ‘दलित सौन्दर्यशास्त्र’ हुन्छ कि हुँदैन? हुन्छ भने त्यो कसरी हुन्छ? मेरो विचारमा ‘किराती सौन्दर्यशास्त्र’ हुन्छ। त्यो किन हुन्छ भने ‘किरात’ एउटा सभ्यता हो। उसको आदिम सोच्ने दृष्टिहरु मौलिक थियो। उसको जीवनका क्रियाकलापहरु मौलिक थिए र छन्। उसको शारीरिक बनावटदेखि लिएर उसको मनोविज्ञान, खानपिन, चाडपर्व र विश्वदृष्टिकोण मौलिक प्रकृतिको थियो/छ। जसको कारणले उसको सौन्दर्य मूल्यहरु, उसले सोच्ने सौन्दर्यदृष्टिहरुमा मौलिकता हुन्छ। उसको आफ्नो मौलिकपन छ। त्यसकारणले ‘किराती सौन्दर्यशास्त्र’ हुन्छ।

तर, यहाँ हल गर्नुपर्ने विषय अर्कै छ। के किराती सौन्दर्यशास्त्र स्थायी प्रकृतिको सौन्दर्यशास्त्र हो? वा त्यस्तो हुन्छ? भन्दा ‘किराती सौन्दर्यशास्त्र’ स्थायी प्रकृतिको सौन्दर्यशास्त्र चाहिँ हुँदैन। मानव समाजको यो एउटा अस्थायी परिघटना हो। किरात भनेको एउटा सभ्यता हो र त्यो सभ्यता अरु सभ्यताहरुसँग अन्तरघुलनको प्रक्रियामा छ। किनकि किरात सभ्यताभित्रको एउटा खण्ड भौतिकवादी खण्ड छ। एउटा खण्ड रुढीमा आधारित छ। अरु सभ्यतामा जस्तै भौतिकवादी खण्ड जो छ, त्यसले अरु समुदाय र अरु सभ्यताको भौतिकवादीसँग अन्तक्र्रिया गर्न खोजिराखेको छ। त्यसमा सामेल हुन खोजिराखेको छ अथवा त्योसँग एकताबद्ध हुन खोजिराखेको छ। रुढीत खण्ड जो छ, त्यसले चाहिँ त्यो समुदाय र सभ्यतालाई अगाडि बढ्नबाट रोक्न खोजिराखेको छ। त्यसकारण संसारमा जति पनि सभ्यताहरु छन्, जति पनि सभ्यताभित्र विकसित भएका विभिन्न उप—सभ्यताहरु छन्, तिनीहरु सबैमा एउटा खण्ड भौतिकवादी खण्ड छ, अर्को रुढीगत खण्ड छ। अथवा अन्धविश्वासको खण्ड छ वा रुढीवादको खण्ड छ। संसारभरिकै ती सबै सभ्यताका दुईटै खण्डहरु एक आपसका विरोधी छन्। र, उनीहरु भौतिकवादी खण्ड अथवा मानव जातिलाई काम लाग्ने त्यसको वैज्ञानिक खण्ड एक अर्कासँग अन्तर्घुलित भएर सिंगो मानव जातिको एउटा भौतिकवादी सौन्दर्यमूल्य, भौतिकवादी सौन्दर्यदृष्टि र वैज्ञानिक सौन्दर्यदृष्टि बन्ने यात्रामा मानव जीवन अगाडि बढिराखेको छ।

त्यसरी हेर्दा किराती सौन्दर्यशास्त्र एउटा मानव सभ्यताको इतिहासमा संक्रमणकालीन सौन्दर्यशास्त्र बन्छ। जबसम्म किरातीहरुमाथिको उत्पीडनको अन्त्य हुँदैन वा जबसम्म किरात सभ्यतालाई अर्को सभ्यताले न्यायपूर्ण सह—जीवनमा ल्याउँदैन वा आइपुग्दैन, त्योबेलासम्म यो एउटा विद्रोही सौन्दर्यशास्त्रका रुपमा विद्रोही सौन्दर्यमूल्य र विद्रोही सौन्दर्य चेतको रुपमा त्यसले आफ्नो संघर्षलाई अगाडि बढाइरहन्छ। जब उनीहरुमाथिको उत्पीडन र उनीहरुसँग न्यायपूर्ण सहकार्यको समस्याको हल हुन्छ, त्यसपछि किराती सौन्दर्यशास्त्र स्वयंमा अन्य सबै न्यायपूर्ण सौन्दर्यशास्त्रभित्र अन्तर्घुलित हुन पुग्दछ। एकताबद्ध हुन पुग्छ। त्यसकारण यो एउटा अस्थायी परिघटना हो, मानव इतिहासमा।

दुई विश्वदृष्टिकोण र किराती सौन्दर्यशास्त्र

अर्को हल गर्नुपर्ने विषय छ, दुई विश्वदृष्टिकोणमा जसरी संसारका प्रत्येक विचार र धारणाहरु कुनै न कुनै एउटा दृष्टिकोणको अन्तरमा पर्दछन्। किराती सौन्दर्यशास्त्रको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ। ‘किराती सौन्दर्यशास्त्र’ मानव समाजको चार÷पाँच हजार वर्षको इतिहासमा किराती सौन्दर्यशास्त्रको रुपमा या त्यसको सौन्दर्यमूल्य र दृष्टिको रुपमा जो संक्रमणकालीन रुपमा अघि बढिराखेको छ वा मानव जीवनमा छ, त्यसलाई हामीले कुन विश्वदृष्टिकोणको मातहत व्यवस्थित गर्ने? यो निकै गम्भीर प्रश्न हो। अहिले संसारमा दुई विश्वदृष्टिकोणको सन्दर्भमा एउटा द्वन्दात्मक भौतिकवादी र अर्को प्रत्ययवादी (अहिले कार्यकारी रुपमा उत्तरआधुनिकतावादी) छन्। किराती सौन्दर्यशास्त्रलाई हामीले उत्तरआधुनिकतावाद भित्रको प्रवर्ग बनाउने कि द्वन्दात्मक भौतिकवादी अथवा माक्र्सवादी सौन्दर्यशास्त्र मातहतको प्रवर्ग बनाउने? यसलाई जता पनि लान सकिन्छ।

किराती सौन्दर्यशास्त्र वा सौन्दर्यमूल्य वा सौन्दर्यदृष्टि यसलाई हामीले माक्र्सवादी सौन्दर्यशास्त्रको एउटा प्रवर्गको रुपमा विकसित गर्न जरुरी छ। जसरी वर्ग रहेसम्म वर्ग संघर्ष भन्ने एउटा प्रवर्ग बाँकी रहन्छ, वर्गको अन्त्य भएपछि वर्गसंघर्षको प्रवर्ग पनि रहँदैन। माक्र्सवादभित्रको वर्ग संघर्षको जो सिद्धान्त छ, त्यो एउटा प्रवर्ग हो। तर, त्यो वर्ग रहेसम्म मात्रै रहन्छ। त्यसैगरी किरात सभ्यता र किराती सौन्दर्यदृष्टि र सौन्र्दर्यमूल्यहरुमाथि जबसम्म अत्याचार रहन्छ र अर्कोतिर किराती सौन्दर्यशास्त्रभित्रको भौतिकवादको खण्ड जबसम्म अन्य सभ्यताको भौतिकवादी खण्डसँग अन्तर्घुलित हुन पाउँदैन, न्यायपूर्ण सहकार्यमा बस्न पाउँदैन, त्योबेलासम्म किराती सौन्दर्यशास्त्र माक्र्सवादी सौन्दर्यशास्त्रभित्रको एउटा विद्रोही प्रवर्गको रुपमा रहन्छ/रहनुपर्छ।

त्यसकारण किराती सौन्दर्यशास्त्रलाई हामीले तेस्रो विश्वदृष्टिकोण हो भन्नेतिर जानु हुँदैन। त्यो सही होइन। यो तेस्रो विश्वदृष्टिकोण र तेस्रो सौन्दर्यशास्त्र होइन। बरु यो माक्र्सवादी सौन्दर्यशास्त्रभित्रकै एउटा विद्रोही प्रवर्ग हो। जबसम्म त्यसमाथि उत्पीडन रहन्छ वा उसले अरु सभ्यताका सौन्दर्यमूल्यहरुको अन्तक्र्रिया वा न्यायपूर्ण र सम्मानजनक सहकार्यमा पुग्दैन तबसम्म यो विद्रोही प्रवर्गको रुपमा रहन्छ। किराती सौन्दर्यशास्त्रलाई यसरी परिभाषित गर्नु सबभन्दा सही र वैज्ञानिक हुन सक्दछ।

त्यसो भन्नुको अर्थ के हो? त्यसो भन्नुको अर्थ के हो भने एउटा आर्य मूलको मान्छेले किरातीको सरदर भौतिक बनावटलाई होचो मान्दछ। होचो देख्दछ। तर, एउटा किरातीले सरदर किरातीलाई होचो देख्दैन। त्यो आर्य वा अरु वंशका मान्छेहरुले किरातीलाई होचो देख्ने जुन सौन्दर्यदृष्टि छ, त्यहाँ उत्पीडन भइरहेको छ। एउटा सरदर किराती जीवनका सबै कामहरु गर्न सक्दछ, उसको उचाईबाट। उसको जीवन र सभ्यता त्यो उचाईले रोकिँदैन भनेदेखि उसलाई अर्कोले होचो देख्न मिल्छ कि मिल्दैन? भन्दा मिल्दैन। त्यसलाई पनि सरदर उचाई नै हो भनेर मान्नुपर्दछ। एउटा युरोपको आर्य मूलको मान्छेले अथवा एउटा अफ्रिकन वा एउटा नेग्रोको सौन्दर्यमूल्यले किरातीलाई समग्रमा अरु मानव सरहको शारीरिक बनावट नै हो, त्यो कुनै विकृति होइन भन्ने जबसम्म हुँदैन/बन्दैन, त्योबेलासम्म यो विद्रोही प्रवर्गको रुपमा लडिरहन्छ। जबसम्म उसको उचाईको सौन्दर्यलाई अर्को सभ्यताले पनि सम्मानजनक ढंगले हेर्ने दिन आउँदैन, त्योबेलासम्म किराती सौन्दर्यशास्त्र वा किराती सौन्दर्यमूल्यले विद्रोह गरिरहन्छ।

त्यसो हुनु भनेको स्वाभाविक रुपमा किराती सभ्यताले हजारौं वर्ष लगाएर विकसित गरेका मान्यताहरुको, चेतनाको सौन्दर्यमूल्यहरुको जो भौतिकवादी खण्ड छ, त्यो भौतिकवादी खण्ड किराती सभ्यताले अरुलाई पनि बाँड्न चाहन्छ। त्यो भौतिकवादी खण्डबाट मानव समुदायको अरु सभ्यतालाई पनि धेरै नै फाइदा पुग्नेवाला छ। त्यो योगदान गर्न चाहन्छ। त्यो योगदान गर्ने चरणमा पुगिसकेपछि त्यो किराती सौन्दर्यशास्त्र मात्रै भइरहँदैन। सिंगो मानव जातिको सौन्दर्यमूल्यभित्रकै एउटा खण्ड बन्न पुग्छ। त्यसपछि किराती सौन्दर्यशास्त्र वा सौन्दर्यमूल्य वा सौन्दर्यदृष्टि विद्रोही प्रवर्ग बन्दैन बरु द्वन्दात्मक भौतिकवादी अथवा राजनीतिक व्यवस्थाको कोणबाट सोच्दा समाजवादी मूल्यको समाजवादी समाजको एउटा मूख्य सौन्दर्यदृष्टिमा अन्तर्घुलित हुन पुग्छ। त्यसपछि त्यो प्रवर्गको रुपमा बाँकी रहँदैन, माक्र्सवादी सौन्दर्यशास्त्रभित्र वा समाजवादी सौन्दर्यशास्त्रकै एउटा अभिन्न अंग बनिसकेको हुनेछ। यसरी व्यवस्थापन गर्नु यसको मूल पक्ष हो।

दलित सौन्दर्यशास्त्र

जहाँसम्म दलित सौन्दर्यशास्त्रको कुरा छ, यो चाँही मूलतः सभ्यतासँग सम्बन्धित नभएर वर्गीय उत्पीडनसँग सम्बन्धित छ। वर्गीय उत्पीडन पनि सपाट खालको नभइकन यो विशिष्ट प्रकृतिको वर्गीय उत्पीडन बन्न पुग्यो, विशेषतः दक्षिण एसियाको हिन्दु समाजमा। यसले मानिसलाई छुवाछुतको स्तरसम्म पु¥यायो, जो दास व्यवस्थामा दासहरुमाथि पनि हुँदैनथ्यो। वर्ण व्यवस्थाले यसलाई छुवाछुतको स्तरसम्म तन्कायो। यो मानव समाजको सबभन्दा कुरुप खालको, मानिसलाई मानिस नठान्ने स्तरमा पु¥याइदियो, त्यो समुदायलाई। त्यो एक/दुई वर्ष, दुई/चार सय वर्षको कुरा भएन। ३ हजारवर्षभन्दा लामो उत्पीडन भयो। त्यो एउटा वंश परम्पराभित्र राखेर वंशाणुगत रुपमा नै तिनलाई अपवित्र, अछुत मान्दै र वंशाणुगत रुपमा नै तिनलाई पीडित हुनका निम्ति बाध्य पार्दै वर्गीय उत्पीडन र सांस्कृतिक उत्पीडन सँगसँगै घुलमिल गराएर उनीहरुमाथि उत्पीडिन जारी राखियो। त्यसकारण दलित सौन्दर्यशास्त्र वा दलित साहित्य वा दलित सौन्दर्यमूल्य भनेर जे आयो त्यो श्रमिक वर्गको सौन्दर्यशास्त्र हो। तर, त्यो यस्तो श्रमिक वर्ग, जो सांस्कृतिक रुपमा समेत अपमानित छ।

एउटा मजदुर भन्यो भने मूलतः आर्थिक रुपमा उत्पीडित हुन्छ, शोषित हुन्छ। तर, दलित भन्यो भने आर्थिक मात्रै होइन, यहाँभित्र सांस्कृतिक रुपमा समेत ऊ अमानवीय उत्पीडनमा हुन्छ। त्यसकारण उसको सोच्ने तरिकार सौन्दर्यमूल्यहरु फरक हुन पुगे। किनभने काम नगरिकन र सेवा नगरिकन ऊ एक पल पनि धर्तिमा रहन सक्दैन। र, एउटा दलितको मूल संघर्षको तारो अरु जस्तै मान्छे हुँ भनेर प्रमाणित गर्नु हुन्छ। अरु मानव समूहहरुको चाहिँ हामी मान्छे हौं भनेर प्रमाणित गर्नु मुल तारो होइन। उनीहरुको त्यो निशाना नै होइन। हामी उत्पीडित मानव हौं, हाम्रो संस्कृतिमाथि उत्पीडन भयो, हाम्रो वर्गमाथि शोषण भयो, हाम्रो भाषामाथि उत्पीडन भयो भन्ने हो। अथवा हाम्रो रंगहरुमाथि उत्पीडन भयो भन्ने हो। तर, दलितको मुल तारो भनेको अरु मानिससरह म पनि सबै कुरा गर्न सक्ने मान्छे हो भनेर भन्नु हो।

त्यसकारण उसले सोच्ने तरिका विल्कुल फरक छ। विद्रोहबिना र संघर्षबिना उसको केही पनि हुन सक्दैन। र, फेरि यो समुदाय यस्तो कुचक्रमा छ, त्यो सिधा—साधा गैर–दलितहरुको शारीरिक भिडन्तबाट पनि समस्या हल हुँदैन। किनकि उसको संख्या समग्र गैर–दलितहरुलाई जोड्ने हो भने अत्यन्तै थोरै हुन आउँछ, १५÷१६ प्रतिशत। ८० प्रतिशतसँग ‘फाइट टु फिनिस’ हुन सक्दैन। जसरी मजदुर वर्गले पूँजीपति वर्गसँग ‘फाइट टु फिनिस’ लड्न सक्छ। किनकि, मजदुरहरु अत्यधिक हुन्छन् र शोषक वर्ग असाध्यै कम। तर, यहाँ ठीक उल्टो छ। जसले शोषण गर्छ, उसको संख्या अत्यधिक बढी छ। जो उत्पीडनमा पर्छ र जसले संघर्ष गर्नु छ, उसको संख्या थोरै। त्यसकारण उसको लडाईंको तरिका अर्को मानव समूहलाई र अर्को मानव समुदायको हृदय परिवर्तनसँग सम्बन्धित छ। यो निकै नै जटील छ। उसका सौन्दर्यमूल्यहरु, उसले सोच्ने तरिकामा केही प्रवर्ग बन्ने स्तरका तत्वहरु छन्। त्यसकारण दलित सौन्दर्यशास्त्र वा दलित सौन्दर्यमूल्यलाई पनि हामीले वर्गसंघर्षको एउटा अंगको रुपमा, माक्र्सवादी सौन्दर्यशास्त्रको एउटा प्रवर्गको रुपमा विकसित गर्न जरुरी छ। दलित एउटा अवस्था हो। यो न कुनै जाति हो न भाषिक समूह हो न यो कुनै ठ्याक्कै वर्ग मात्रै हो। यो एउटा मानव समाजको विकासको क्रममा देखा परेको सबभन्दा कुचक्रमा फसेको मानव जीवनको अवस्था हो। यो मानव जीवनको अवस्था जब अन्त्य हुन्छ, दलित सौन्दर्य मूल्यको प्रवर्ग पनि अन्त्य हुन्छ।

तर, जबसम्म यो अवस्था रहन्छ तबसम्म त्यो प्रवर्ग बनिरहन्छ। यही कोणबाट हेरिनुपर्छ। यो महिलाहरुको सन्दर्भमा हेरियो भने अलि बुझ्न सकिन्छ। महिला सौन्दर्यदृष्टि चाहिँ एउटा स्थायी प्रवर्ग हो। किनभने यो लिंगको कुरा हो। लिंगमाथि उत्पीडनको कुरा हो। जति महिला सौन्दर्यमूल्य, दृष्टि, सोच्ने तरिका, उसको हेराई छ। एउटा प्राकृतिक लिंगीय महिला छ। अर्को सामाजिक महिला छ। सामाजिक महिला चाहिँ जबसम्म उत्पीडित रहन्छे, त्योबेलासम्म उसको मुक्तिको चेतना, मुक्तिको सपनासहितको महिला सौन्दर्यमूल्यको प्रवर्ग बनिरहन्छ। सामाजिक महिला उत्पीडनबाट जब मुक्त हुन्छ, ऊ पुरुष सरहकै सामाजिक मान्छे हुन्छे। पुरुषसरहकै सामाजिक मान्छे हुँदा पनि प्राकृतिक रुपमा उसको लिंग फरक भएको हुनाले र केही शारिरीक बनावट फरक भएको हुनाले केही न केही पुरुषभन्दा बेग्लै ढंगले सोच्ने उसको तरिका बाँकी नै रहन्छ। त्यो अनिवार्य हुन्छ। त्यसकारणले त्यो खण्ड स्थायी प्रवर्गको रुपमा रहिरहन्छ। तर, सामाजिक महिलामाथिको उत्पीडनबाट जन्मिएको जो चेतान छ, सपना छ, त्यो खण्ड चाहिँ सामाजिक महिलामाथि उत्पीडनको अन्त्यसँगै त्यो प्रवर्गको पनि अन्त्य हुन्छ।

संसारभरि स—साना क्रान्तिहरु भइराखेका छन् भनेर जो भनिन्छ, हो पनि। त्यसैगरि संसारभरि दुई विश्वदृष्टिकोणमा आधारित सांस्कृतिक दृष्टिकोण, सौन्दर्यदृष्टिकोणहरु छन्। त्यसका पनि हजारौं साना–ठूला प्रवर्गहरु एक–आपसमा काम गरिरहेका हुन्छन्। सौन्दर्यशास्त्रको क्षेत्रमा साना–ठूला अस्थायी, अलि दीर्घकालीन प्रकृतिका प्रवर्गहरु पनि त्यो दुई विश्वदृष्टिकोण वा दुई विश्वदृष्टिकोणमा आधारित सौन्दर्यशास्त्रको मातहत रहेर काम गरिरहेका छन्, विकसित भइहरका छन्। र, ती एकआपसमा अन्तर्र्घुलित हुन र सहकार्यमा आउनका निम्ति प्रयत्न गरिरहेका छन्। जसरी संसारभरि भइरहेका स—साना क्रान्तिहरु जोडिन प्रयत्न गरिरहेका छन् र विश्वक्रान्तितिर जान खोजिरहेको छ संसार, मानव समाज, त्यसैगरी संसारभरि विकसित भइरहेका कोही मरणासन्न भइरहका यी सबै सौन्दर्यदृष्टि, सौन्दर्यमूल्य, सौन्दर्यशास्त्रका प्रवर्गहरु पनि एक–आपसतिर चुम्बकीय ढंगले जोडिने, अन्तर्घुलित हुने, सकहकार्यमा आउने र आफूलाई विकसित गर्न संसारभरि यो लगातार चलि नै रहेको छ। यसरी नै बुझ्नुपर्छ।

(गणेशकुमार राई सम्पादनमाआदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानबाट प्रकाशोन्मुख कृति ‘किराती सौन्दर्यशास्त्र’बाट।)

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट