भुइँचालोले थेग्ने घर कसरी बनाउने ?

  • Get News Alerts

united
tata

 

गत वर्षको भूकम्पबाट काठमाडौं उपत्यकामा भक्तपुर, बुङ्मती, साँखु, गोंगबु, सितापाइलाका साथै उपत्यकाबाहिर केही ठाउँमा धेरै प्रभाव परेको छ। प्रभावित दुई किसिमका घरको यहाँ चर्चा गर्नु उपयोगी देखिन्छ, परम्परागत रूपमा बनाइने माटोको जोडाइमा इँटाले बनाएका घर र आधुनिक तथा तुलनात्मक रूपमा बलियो मानिने कंक्रिटका घर।

भूकम्पमा माटोको जोडाइमा इँटाले बनाएका घर, अझ विशेष गरी पुराना गुच्चमुच्च परेका बस्तीमा धेरै घर भत्किए, तर सबै भत्किएका छैनन्। पुराना माटोले जोडेका घर मात्र होइन, आधुनिक कंक्रिटले बनाएका घर पनि पात्ताल भएका छन्। यस्ता घर किन पात्ताल हुने गरी भत्किए र त्यस्तै खालका अरू घरमा किन कत्ति पनि समस्या देखिएन भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ।

माटोको जोडाइमा बनेका घर
गारोवाला घरका कमजोरी हेर्दा आफ्नै परिधि हुने गरी चारवटा गारो नहुनु मुख्य समस्याका रूपमा देखिएको छ। इन्जिनियरिङ दृष्टिकोणबाट मात्र होइन सामान्य रुपमा हेर्दा पनि एउटा घरको परिधिमा कम्तिमा चारवटा गारो हुनुपर्छ। घना बस्ती भएका ठाउँमा लहरै बनेका घरमा त्यसको अभाव रहेको पाइयो। कुनै घरमा तीनतिर गारो भएको एकातिर नभएको, कुनै घरमा दुईतिर गारो भएको अर्को दुईतिर नभएको, साथै एकतिर वा एकभन्दा बढी साझा गारो प्रयोग गर्नाले त्यस्ता घर कमजोर भएको देखिन्छ।

अर्को मुख्य समस्या भनेको गारोवाला घर बनाउँदा काँचो इँटा प्रयोग गर्नु हो। यस्तो इँटा अत्यन्तै कमजोर हुन्छ। पानीले पनि छिट्टै कमजोर बनाउन सक्छ। झन् त्यस्तो गारोमाथि अर्को तल्ला थप्नु र त्यस्तो गारोलाई गह्रौं छाना वा कंक्रिटका स्लाब राख्नु भनेको धराप थाप्नुजस्तै हो।

घर बनाउँदा जहिले पनि सकेसम्म माथिल्लो तल्ला हल्का बनाउनुपर्छ, गह्रौं बनाउनु हुँदैन। कतिपय घरमा बाहिरी आवरण पोलेको इँटा तर भित्रपट्टि काँचो इँटाले बनाएको पाएको छ, त्यस्तो पनि कदापि गर्नु हुँदैन।

हाम्रा गारोवाला घरमा अर्को मुख्य समस्या भनेको दलिनहरुमा चुकुल नराख्नु हो। दलिनमा राख्ने चुकुलले सबै गारोलाई एक ढिक्का बनाइराख्छ। चुकुल भएका घरमा पनि सबैतिर नराखेको, राखेका चुकुल पनि धेरै पुराना भएर मक्की सकेकै कारण धेरै घर ध्वस्त भएका छन्। प्रायः घरमा नस नराखेको पनि पाइएको छ। यस्तो नसले घरलाई एक ढिक्का बनाउन सहयोग गर्छ।

घर बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने क्रस वाल (बीचको गारो) भत्काएर भुइँतल्ला (छिँढी) पूरै खाली गर्नु पनि भत्कनुको कारण हो। हामीले हाम्रा पुर्खा र अग्रजबाट सुन्दै आएका छौं, क्रसवालले घर बलियो बनाउँछ, तर पछिल्ला पुस्ताले ठाउँको अभावमा ती क्रसवाल भत्काएर भुइँतला खुला गरे, जसले घर कमजोर भयो।

त्यस्तै ठूल्ठूला गारो लगाए पनि त्यसको बाहिरी र भित्रपट्टिका इँटा आपसमा नजोडिएको पाइयो। घर अगाडि र पछाडिका गारोसँग दायाँबायाँका गारो छुट्टयाएर बनाएको पनि पाइयो। केही मात्रामा दाँटी छाडेर गारो बनाए पनि त्यसले खासै राम्रो काम गर्न नसकेको देखियो। यति मात्र होइन, कतिपय घर त ढल्केर ढल्नै लागेका र टेको दिएर राखिएका पनि छन्। त्यस्ता घर भत्किन फेरि यस्तो भूकम्प नै आउनुपर्छ भन्ने होइन, जुनसुकै बेला ढल्न सक्छ।

मुस्किलले १०–१२ फिट लम्बाइ भएका ४–५ तल्लासम्म अग्ला घर पनि भत्केका छन्। लम्बाइ र उचाइको अनुपात मिल्दैन भने यस्ता माटोको जोडाइमा बनेका घर धेरै तल्ला बनाउनु हुँदैन। घरको उचाइ मात्र होइन, आफ्नो घरका चारकिल्लामा पर्ने सबै घर उस्तै आकारप्रकारका हुनु जरुरी छ। साथै, तल्लाको उचाइ पनि उस्तै हुनु जरुरी छ। नत्र एकले अर्कोलाई धक्का दिने सम्भावना हुन्छ र घरहरुमा क्षति पुग्छ।

विसं १९९० सालको भूकम्पमा पनि यस्तै घर धेरै भत्किएका थिए। भूकम्पपछि घर बनाउने डकर्मीको अभाव भएर नयाँ नयाँ डकर्मी बने र कतिपयले आफैं घर निर्माण गरे। फलस्वरुप ती घर कमजोर भए।

२०४५ सालको भूकम्पले त्यस्ता घरमा बढी क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। त्यस भूकम्पबाट बचेका घर नै वैशाख १२ को भूकम्पबाट भत्केको पो हो कि?

पिलर सिस्टम (कंक्रिट) का घर
हामीकहाँ घर बनाउँदा स्ट्रक्चरल डिजाइन गर्नुपर्छ भन्ने चेतना आएको देखिन्न।स्ट्रक्चरल डिजाइनलाई नगरपालिकाको बाध्यकारी नियमका रूपमा मात्र लिइन्छ। यो नै हाम्रो ठूलो चुनौती हो। भूकम्पको चुनौती भनेको त्यसपछि मात्रै हो।

आर्किटेक्चरल डिजाइन भन्नाले घरको आकारप्रकार, बनौट, घरको भान्छा, भ¥याङ, चर्पी, पढ्ने कोठा, पूजा कोठा इत्यादी कहाँ–कहाँ र कसरी राख्ने भन्ने नै हो। त्यस्तै, ठूलो भुइँचालो आउँदा कमसेकम मान्छेको जीउ–ज्यान सुरक्षित हुने गरी डिजाइन तयार पार्नु स्ट्रक्चरल इन्जिनियरको काम हो। यसको लागि जग कस्तो हाल्ने, कति गहिराइमा हाल्ने, कहाँ–कहाँ पिलर राख्ने, डन्डी कति मोटाइको राख्ने, रिङ कति ठूलो, कहाँ–कहाँ राख्ने, ढलान कति भागको बनाउने, गारो कसरी लगाउने, कहाँ–कहाँ लगाउने, दुई घरबीचको जोर्नी कति हाल्ने भन्ने स्ट्रक्चरल डिजाइनअन्तर्गत पर्छन्।

कंक्रिटको घर भनेको नयाँ प्रविधियुक्त घर हो। तर, कंक्रिटको घर भन्दैमा मनलाग्दी गरे हुन्छ भन्ने मानसिकताबाट हामी मुक्त हुनैपर्छ। यही मानसिकताले आवश्यक संख्यामा पिलर नराख्ने, बिम नै नराख्ने, भएको बिम काट्ने, पिलर खोप्ने मात्र होइन, अनेकौं घातक काम भइरहेको पाइएको छ।

व्यक्तिगत आवासीय घरमा ९”ह ९” को पिलर राख्ने अनि ५–६ तल्लासम्म बनाउने गर्नाले नै धेरै घरमा समस्या देखिएको छ। तर उस्तै ९”ह ९” को पिलर तीन तल्लासम्मको घर, जसमा इन्फिल पर्खाल (बिम र पिलरबीचमा बनाइने गारो) हरू सबै मिलाएर बनाइएको छ, त्यस्ता घरमा कुनै समस्या देखिएको छैन।

गएको भूकम्पमा कंक्रिट घरमा क्षति पुग्नुको अर्को महत्वपूर्ण कारण भनेको भुइँतल्ला खुल्ला गरेर माथिल्लो तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हो। भुइँतला मात्र होइन, कुनै पनि तल्ला पूरै खुल्ला गरेर बाँकी अरू तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हुँदैन। भुइँतल्लामा पसल, सो–रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ वा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटो आदि कारणले पनि घर भत्किएको पाइएको छ।

अर्को महत्वपूर्ण कमजोरी भनेको बिमका डन्डी पिलरको डन्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्नु हो। पिलर सिस्टमको घर कसरी निर्माण गर्ने भन्ने जानकारी नभएका डकर्मीलाई घर निर्माण गराउँदा वा स्ट्रक्चल इन्जिनियरहरुको प्रत्यक्ष निगरानी नगराउँदा यस्तो समस्या आएको हो।

त्यस्तै, डन्डी जोड्दा जोडाइको लम्बाइ नपुग्ने गरी जोड्नु, डन्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु पनि मुख्य समस्याका रुपमा देखिएको छ। सिन्धुपाल्चोकका केही ठाउँमा डन्डीहरु सबै बिम र पिलरको जोर्नीमा जोड्ने गरिएको पाइयो। यही कारणले पनि त्यहाँका धेरै घर ध्वस्त भएका हुन्। यति मात्र होइन, डन्डी नै एकदम थोरै मात्रै राखिएको पाइयो। भुइँतलामा त अझ बढी डन्डी राख्नुपर्छ।

पिलर सिस्टम घरमा अर्को महत्वपूर्ण पक्ष भनेको रिङ हो। अधिकांश घरमा रिङ ७”–८” को फरकमा राखिएको पाइयो। यस्तो घर पनि भेटियो जसको पिलरमा रिङ नै राखिएको छैन। रिङ राखिएको घरको पिलरमा पनि लम्बाई नपुग्ने गरी राखिएको, रिङ १३५ डिग्रीमा नघुमाएको पाइयो। साथै रिङको मोटाइ पनि साह्रै मसिनो राखिएको पाइयो। अझ सबै भन्दा बलियो बनाउनु पर्ने विम–पिलर जोर्नीमा नै रिङ नराखिएको भेटियो। यी घातक कमजोरी हुन्।

अर्को महत्वपूर्ण कमजोरी ढलान मै भेटियो। हातैले धुल्मुलाउन (चुर्न गर्न) सकिने ढलान पनि भेटियो। स्ट्रक्चरल डिजाइनमा जस्तो ढलान प्रयोग गर्ने भनिएको हो त्यस्तै ढलान प्रयोग गर्नुपर्छ। सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घन्टाभित्र ढलान फर्मामा राखिसक्नुपर्छ। बालुवा, गिट्टी र सिमेन्ट राम्रो हुनु अति जरुरी छ।

त्यस्तै लोकल फर्मा प्रयोग गर्दा धेरै समस्या उब्जिएको पाइयो, जस्तै कभर नपुग्ने, राम्ररी फर्मा नराख्ने, बिम–पिलर जोर्नीमा राम्रो ढलान नपुग्ने इत्यादी। साथै पिलर बनाइसकेपछि विभिन्न बहानामा पिलर खोप्ने, पिलरको डन्डीमा सटर जोड्ने जस्ता गल्ती पनि हुने गरेका छन्।

भूकम्प प्रतिरोधी घर हुन घरको बनोट, आकारप्रकारले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म वर्गाकार, नभए सकेसम्म आयातकार हुनुपर्छ। घरको उचाइ चौडाइको तीन गुणाभन्दा कम मात्र राख्नु उपयुक्त हुन्छ। साथै, पिलरहरू ग्रिडमा नभएको, कुनै घरमा एकातिरको बिम नै नराखिएको, विम ठूलो तर पिलर सानो गरिएको पाइएको छ। यस्तो गर्नु हुँदैन।

दुई वटा घर आपसमा ठोक्किएर केही ढल्किएका उदाहरण पनि छन्। केहीमा चिरा पनि देखिएका छन्। त्यसकारण आफ्नो घर मात्र सुरक्षित भएर हुँदैन, लहरै बनेका घरसँग जोर्नी पनि राख्नुपर्छ। लहरै बनेको घरमा जोर्नी राख्न नसकिने अवस्थामा कमसेकम सँगै रहेका घरका आकारप्रकार बनौट, घरको उचाइ, प्रत्येक तल्लाको उचाइ र सकेसम्म चौडाइ पनि उही भए राम्रो हुन्छ। ताकि, सबै घरको हल्लाई एकै किसिमको होस्।

कतिपय घरमा पिलर र बिम आवश्यकताअनुसार नराखेको पनि पाइयो। सबै पिलर ग्रिडमा हुनुपर्छ र सबै पिलरलाई बिमले बाँधेको हुनुपर्छ। जुन तरिकाले नेपालमा इन्फिल गारो (बिम र पिलरबीचमा बनाइने गारो) बनाउने गर्छ, त्यसले भूकम्प प्रतिरोध गर्ने क्षमता राख्छ। त्यसकारण यस्तो गारो निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ। यस्तो गारो एक पिलरदेखि अर्को पिलरसम्म बनाउनुपर्छ। पिलर भन्दा पर बनायो भने त्यसमा भूकम्प प्रतिरोध गर्ने क्षमता हुँदैन।

गएको बैशख १२ गतेको भूकम्पमा धेरैको पारापेट (कौसीको पर्खाल) वाल पनि भत्किएको पाइयो। पारापेटको उचाइसम्म प्रत्येक पिलर माथि उठाउने र एक लिन्टेल गरिदिँदा पारापेट बलियो हुन्छ।

जमिन भित्र रहेको बालुवा र पानी मिलेर तरलीकरण हुनुले पनि घर भत्किएको पाइएको छ। जमिन तरलीकरण हुने ठाउँमा घर बनाउनु हुँदैन। गएको भूकम्पमा विभिन्न ठाउँमा जमिन तरलीकरण भएका छन्। त्यस्तो तरलीकरण हुने ठाउँमा एक दुई तल्ला मात्र भएको घर भए पनि धेरै क्षति भएको पाइएको छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट