नेपाली कथाको खोजीमा पृथ्वीनारायण

चुनाव
  • Get News Alerts

tata
पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने माग बढ्दो छ। क्रान्तिकारी तापक्रम घटेको यो बेला हिजोसम्म पृथ्वीनारायणलाई दुत्कार्नेले पुच्छर लुकाउनुपर्ने अवस्था आएको छ। राज्य स्तरबाट ढिलोचाँडो पृथ्वीनारायण शाहको ‘पुनस्र्थापना’ हुने लगभग पक्का देखिन्छ।
 
पृथ्वीनारायणले नेपाल एकीकरण गरे वा गोर्खा साम्राज्य विस्तार मात्र गरे भन्ने प्राज्ञिक बहसको विषय होला। तर, पृथ्वीनारायण र उनको गोर्खा विस्तारको चाहना बारे हामीलाई धेरै कुरा थाहा छैन। उनी कस्ता देखिन्थे भन्ने हामी जान्दैनौं। उनले साँच्चै ‘दिव्य उपदेश’ दिए वा त्यो कसैले लेखिदियो भन्ने पनि हामीलाई थाहा छैन।
 
मानिसले जानेका पृथ्वीनारायण र वास्तविक पृथ्वीनारायणमा फरक हुनसक्छ। उनको उद्देश्य नेपालको भूगोल एकीकरण नभई भूमि, सम्पत्ति र गोर्खा राज्य विस्तार हो भन्ने भनाइ छ । जे भए पनि आममानिसको बुझाइ भनेको पृथ्वीनारायण शाह एक बहादुर राजा थिए भन्ने नै हो। उनले तत्कालीन बाइसे, चौबीसे राज्य एकीकरण गरेर ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’ निर्माण गर्दै एक स्वतन्त्र नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गरे। आमनेपालीले उनलाई चिन्ने र सम्मान गर्ने भनेको यही कारणले हो।
 
पृथ्वीनारायण शाहलाई जुन कारणले हामी चिन्छौं, त्यो एउटा कथा मात्र पनि हुनसक्छ। तर, राष्ट्रियताको जग निर्माणका लागि त्यस्ता कथा जरुरी हुन्छ। प्रायः गरेर वास्तविकता र कल्पनाको मिश्रणका रूपमा त्यस्ता कथा निर्माण भएका हुन्छन्। राष्ट्रियता भनेको यस्तो भावना हो, जसका आधारमा आफूले नचिनेको र कहिल्यै नदेखेको मानिससँग समेत बन्धुत्व महशुस हुन्छ। अध्येताहरूले राष्ट्रियतालाई एक कल्पना गरिएको समुदायको कथा भनी परिभाषित गरेका छन्। त्यस्तो समुदाय निर्माणका लागि विगतको मात्र होइन, भविष्यका सुन्दर कथा पनि आवश्यक हुन्छ। कथाको ऐतिहासिक पक्षमा विवाद हुनसक्छ। कथा अलौकिक पनि हुनसक्छ। जब कथालाई राज्यको ठूलो हिस्साले अर्थपूर्ण पाउँछ, त्यसले एक स्थिर राष्ट्रिय समुदाय निर्माण गर्न मद्दत पुग्छ। जब त्यस्ता कथा भत्कन्छन्, समाजले आफ्नो सन्तुलन गुमाउँछ र छट्पटाउँछ।
 
युरोपबाट फैलिँदै ‘नेसन–स्टेट’ प्रणाली र मिथ पाँच सय वर्षमा विश्वव्यापी भयो। नेपाली जाति र राज्य उक्त प्रक्रियाबाट अलग थिएन र छैन पनि। अमेरिकीहरू परमेश्वरले रोजेको जातिको कथामा गहिरो विश्वास गर्छन्। चीनमा कन्फ्युसियस र प्राचीन सभ्यताको कथालाई साम्यवादी क्रान्तिले समेत विस्थापित गर्न सकेन। भारतमा हालैका वर्षमा ‘प्राचीन सभ्यताको उत्पत्ति’ को कथालाई जनमानसमा बोध गराउन निकै ठूलो कसरत हुँदैछ। अरब जातिको उत्पत्तिका कथा पनि उत्तिकै रोचक छन्।
 
त्यस्ता कथा उत्पत्ति र विगतमा मात्र केन्द्रित हुँदैनन्। ईश्वरीय आशीर्वादका आधारमा अमेरिकी, प्राचीन सभ्यता र ‘अच्छे दिन’ का आडमा भारतीय वा ‘इम्पेरियल चीन’को कथामा चिनियाँहरूले संसारलाई आफ्नो वशमा लिने विश्वास गर्छन्।
 
यसको अर्थ पुराना कथाहरू सधैं टिकिरहन्छन् भन्ने पनि होइन। नयाँ परिस्थितिअनुसार कथाले चुनौति बेहोर्छन्। पुराना कथालाई नयाँ प्रकारले व्याख्या गरिन्छ, अथ्र्याइन्छ र नयाँ कथा पुराना कथामा थपिन्छन्।
 
नेपाली राज्यमा लामो समयदेखि दुईवटा कथा हाबी भएको देखिन्छ। पहिलो, पृथ्वीनारायण शाहले हिन्दु राज्यको परिकल्पनाका आधारमा नेपाल एकीकरण गरे। दोस्रो कथा भनेको नेपाली जाति लडाकु र इमानदार हुन्छन् भन्ने हो। बेलायती साम्राज्यसँग भएको युद्धपछि यो बहादुरीको कथा बनेको थियो। दुवैै कथामा मानिसले विश्वास गरेका छन्। राज्यले पनि दुवै कथालाई ०४६ सालसम्म प्रवद्र्धन गरिरह्यो। 
 
पञ्चायतकालमा हिन्दु राज्य र राजतन्त्रमा नेपाली भाषा पनि थपियो। नेपालीहरू मेहनती र शान्तिकामी हुन्छन् भन्ने कथा पनि थपियो। नेपाल विश्व प्रणालीसँग जोडिँदै गएपछि देशको आधुनिकीकरण र विकासका मुद्दा उठे। त्यसपछि जनताको आधारभूत आवश्यकता पूरा गर्ने र एसियाली मापदण्डमा पुग्ने कथा जोडियो।
 
हिन्दु धर्म, राजतन्त्र, एक जाति र विकासका कथा नयाँ राजनीतिक र सामाजिक विकासको भुमरीमा परे। माओवादी हिंसाले ‘सुन्दर र शान्त’ नेपाल भन्ने कथालाई आक्रमण गरिसकेको थियो। राजतन्त्रको अवसान भयो। राज्य धर्मनिरपेक्ष भयो। एक भाषाको ठाउँमा बहुभाषा र बहुपहिचानका मुद्दा उठे। नेपाल निर्माण गर्ने ‘महानायक’ भनेर चिनिएका पृथ्वीनारायण शाहलाई ‘विस्तारवादी’ र ‘हिन्दु धर्मभीरु’ भनी खलनायकका रूपमा प्रचार गरियो।
 
भूमण्डलीकरणसँगै सन् ९० को दशकमा सुरु भएका विचारले सन् २००६ सम्म आइपुग्दा मूर्तरुप धारणा गरिसकेका थिए। नेपाली राष्ट्रियताका आधार र कथा समयक्रमअनुसार परिवर्तन भएन, छोटो समयमा नै उथलपुथलको सिकार मात्र भयो। माओवादी क्रान्तिकारी र उदारवादी क्रान्तिकारीको गठबन्धनले राज्यका कथा र शक्ति सन्तुलनलाई तहसनहस गरिदियो।
 
यसले पुराना बिम्बहरू भत्किए, नयाँ निर्माण भएन। विगतप्रति गर्व गर्ने र भविष्यप्रति उत्साही हुने कुनै विश्वसनीय कथा निर्माण गर्न सकेन। अधिकारका नाममा जातजातिबीच अवरोध र खाडल निर्माण गर्न स्रोत उपलब्ध भयो। तर, एकताको आधार निर्माण गर्न कुनै खोज र अनुसन्धान भएन।
 
त्यसैले, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई ‘बुद्धभूमि’ भनिदिँदा तालीको वर्षा भयो। नेपालीभाषी भारतीय नागरिक प्रशान्त तामाङ ‘इन्डियन आइडल’ हुँदा नेपाली ओठमा मुस्कान छायो। किनकि हामीले गर्व गर्नलायक कुनै नयाँ कथा विकास हुन सकेन। जनताले पत्याउने नेपालीपनमा विश्वास गर्ने खालको नयाँ कथा निर्माण हुन सकेन। 
 
र, यही कारणले कुनै समय राज्यका ठालुहरूले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरेर जयन्ती मनाउनमा सीमित पुस २७ प्रति आमचासो ह्वात्तै बढ्यो। जब वर्तमान र भविष्य अन्यौल र समस्याग्रस्त हुन्छ, मानिसले आफ्नो विगत सम्झन्छ। आशा गरौं, उनीहरूको चासो पृथ्वीनारायणमा मात्र सीमित होस्, त्यहाँबाट विस्तार हुँदै राजतन्त्र नै पुनर्स्थापना गर्न जनतामा सडकमा नओर्लिउन्।

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट