नेपाली भाषा-साहित्यका एक अथक सेवक

skoda
  • Get News Alerts

united
अबिच्युअरी
tata

मैले आधुनिक नेपाली इतिहास ध्यान दिएर पढ्न शुरू गरेको सन् १९८९ को मध्यदेखि हो। त्यसपछिका छ वर्षमा विद्यावारिधिको शोधार्थी हुँदा मैले नेपालसम्बन्धी सयौँ पुस्तक पढेँ। तिनमा कमल दीक्षितले लेख्नु भएका र सम्पादन गर्नु भएका मनग्य पुस्तक थिए, जसमा यस्तो पनि (वि.सं. २०१४), कालो अक्षर (वि.सं. २०१७) र बुँइगल (वि.सं. २०१८) पनि थिए। प्रारम्भिक चरणका नेपाली कविताहरूको संग्रह हो बुँइगल, जसलाई दीक्षितले सम्पादन गर्नु भएको थियो। आफ्नो ६० वर्षे लेखक जीवनमा उहाँले सिर्जेका निबन्धहरूमध्ये गहन अनुसन्धान गरी लेखिएका निबन्ध अघिल्ला दुई पुस्तकमा संगृहित छन्। ती निबन्धले खासगरी छापा र प्रकाशन विश्वसँग नेपालीहरूका शुरूआती जम्काभेटबारे बताउँछन् र नेपाली सार्वजनिक वृत्त (पब्लिक स्फेयर) को इतिहास बुझ्न सघाउँछन्। ती निबन्धको विश्लेषणको घेरा र नेपाली राष्ट्रियताको शुरूआती ‘डिस्कोर्स’बारेको मेरो विद्यावारिधिको शोधको क्षेत्र आपसमा खप्टिन्थे।

विद्यावारिधिश्चात पनि मैले नेपाली राष्ट्रियताका अन्य पक्ष र मिडिया इतिहाससम्बन्धी कामलाई जारी राखेँ र त्यसक्रममा मैले दीक्षितका पछिल्ला निबन्ध संग्रहहरू पढेँ। मेरो विचारमा उहाँका पुस्तकलाई मुख्यतः चार भागमा बाँडेर हेर्न सकिन्छ। पहिलो, यस्तो पनि र कालो अक्षर जस्ता पुस्तक, जसमा पादटिप्पणी र सन्दर्भसूची सहितका लामा अनुसन्धानमूलक निबन्ध संगृहित छन्। सन् १९५० को दशकमा दीक्षितले यस्ता निबन्धहरू धमाधम लेख्नुभयो, यथेष्ट लेख्नुभयो र तत्कालीन महत्वपूर्ण म्यागेजिनहरूमा प्रकाशन गर्नुभयो। यसले उहाँलाई उत्तरराणाकालीन वर्षमा साहित्यिक र सामाजिक इतिहासमा अनुसन्धान गर्ने सानो अग्रणी समूहको सक्रिय सदस्यको रूपमा स्थापित गर्यो। उहाँ स्वयंले सार्वजनिक रूपमै स्वीकार गर्नु भएको छ कि उहाँले आफ्ना अग्रजका पदचाप पछ्याउनु भएको हो। यस्ता अनुसन्धानात्मक निबन्ध यदाकदा अद्यापि देख्न पाइए पनि यो खेदकै कुरा हो कि पछिल्ला कृतिहरूमा उहाँ यस्तो पनि र कालो अक्षरको जस्तो सशक्त अनुसन्धाताको रूपमा देखा पर्नुभएन।

दीक्षितका दोस्रा खाले पुस्तकमा निश्चित विषयमा केही अनुसन्धान र केही सम्झना, संस्मरण मिश्रित निबन्ध संकलन गरिएका छन्। सन् १९५० को दशकको अनुसन्धाताबाट सन् १९६० को दशक र त्यसपछि निबन्धकारमा भएको दीक्षितको अपूर्ण रूपान्तरणका दसी हुन् यी पुस्तक। पछिल्ला रचनामा कहीँकहीँ पादटिप्पणी नझुल्किने होइनन्, तर आफ्नो तर्कलाई उभ्याउन, सबुत प्रमाण जुटाउनमा जुन अनुसन्धाताको हुटहुटी हुन्छ त्यो उहाँमा शनैःशनैः घट्दो देखिन्छ। यो प्रवर्गमा पर्ने केही पुस्तक छन् (जस्तो, वि.सं. २०४१ मा प्रकाशित चन्द्रज्योति), तर मलाई मन पर्ने चाहिँ गोरखापत्रसम्बन्धी तीन पुस्तक हुन् ः कागतीको सिरप (वि.सं. २०२६ पुनःमुद्रण वि.सं. २०५३), चार कन्था (वि.सं. २०५३) र शाखासन्तान (वि.सं. २०६१)। गोरखापत्र र नेपालको पत्रपत्रिकाको इतिहासमा चासो, रुचि राख्ने अध्येता जोसुकैको पहिलो खुड्किलो ती पुस्तक त बन्छन् नै, हाम्रो सामाजिक इतिहासका अन्य थुप्रै पक्षमा पनि तिनले रोचक जानकारी दिन्छन्।

संस्मरण र यात्रा निबन्ध (नियात्रा)हरू दीक्षितका तेस्रोथरी पुस्तक हुन्। चार पुस्तादेखि राणाहरूको सेवा गरिरहेकाहरूको परिवारमा चन्द्रशम्शेरको मृत्यु हुनुभन्दा अढाई महिनाअघि जन्मनु भएका दीक्षितका संस्मरणहरूले राणा शासनका पछिल्लो आधा शताब्दीबारे रोचक जानकारी पस्कन्छन्। तिनले शासक चन्द्रशम्शेर र उनको शासनका धेरै पाटाहरूबारे बताउँछन्, अनि मुलुकलाई करिव तीन दशकसम्म एकछत्र शासन गर्ने चन्द्रशम्शेरको दाहिने हातको रूपमा काम गर्नेहरूमध्येको एक दीक्षित परिवारको दैनन्दिनीको पनि अभिलेख राख्छन्। यी संस्मरणहरूले सन् १९३० र १९४० को दशकमा काठमाडौंको एउटा ठूलो र संयुक्त ब्राह्मण परिवारमा हुने खुसी र तनावबारे पनि पाठकलाई बताउँछन्।

२००७ सालको परिवर्तनपश्चात चन्द्रशम्शेरका छोरा मदनशम्शेर र मदनकी श्रीमती रानी जगदम्बाको सेवामा बिताएका ३५ वर्षसँग दीक्षितका थुप्रै संस्मरणात्मक निबन्धहरू सम्बन्धित छन्। दीक्षित र उहाँका अभिभावकले रानी जगदम्बालाई आफ्नो सम्पत्तिको केही हिस्सा परोपकारी कार्यमा (नेपालमा लेखकहरूलाई दिइने मुलुककै प्रतिष्ठित पुरस्कार स्थापना गर्नेलगायत) लगाउन कसरी सफलता प्राप्त गर्नुभयो भन्नेबारे तिनले केही हदसम्म जानकारी दिन्छन्। त्यस्तै, आफूले राणा परिवारलाई पुर्याएको सेवाले कसरी दीक्षितहरूलाई ‘ठिकै’को परिवारबाट पूँजीवान (साँस्कृतिक र अन्य हिसाबले पनि) परिवारमा रूपान्तरित हुन सघायो भनेर बुझ्न पनि ती निबन्धले आंशिक रूपमा सघाउँछन्। दीक्षितका संस्मरणमध्ये बिर्सेको सम्झेको (वि.सं. २०४१) उम्दा छ, र दीक्षित आफैँले पनि ‘नेति नेति’ (वि.सं. २०५४) अघिल्लोजस्तो चोपिलो हुन नसकेको स्वीकार्नु भएको छ। उहाँका पछिल्ला सबै पुस्तकमा संस्मरणात्मक निबन्ध पाइए पनि जीवनको पछिल्लो चरणमा केन्द्रित रही प्रकृयाबद्ध हिसाबले उहाँले संस्मरणात्मक पुस्तक लेखेका भए राम्रो हुने थियो भन्ने मलाई लाग्छ।

विविध विषयबारे लेखिएका निबन्धहरूका संग्रह दीक्षितका चौथा खाले पुस्तक हुन्। यिनमा केही रोचक र लामा निबन्ध पाइन्छन्, तर केही भने सम्भवतः एउटा निबन्धलाई जे भनेर परिभाषित गरिन्छ त्यसमा नपर्न पनि सक्छन्। यो कुरा उहाँ स्वयंले पनि साइबर भानु (वि.सं. २०५७) को प्राक्कथनमा स्वीकार्नु भएको छ। उहाँको पुस्तक उखान मिलेन! (वि.सं. २०३७) यो प्रवर्गको शुरूआती पुस्तक हो भने उहाँको वि.सं. २०७० मा प्रकाशित कृति भात र पानी पनि यही प्रवर्गमा पर्छ। ‘नेति नेति’ को प्राक्कथनमा दीक्षितले नियोजित रूपमा र योजनाबद्ध ढंगले पुस्तक लेख्ने आफ्नो धैर्यता नभएको बताउनु भएको छ। त्यसैले, पछिल्ला तीन दशकमा उहाँले प्रकाशन गर्नु भएका धेरै पुस्तक चौथो प्रवर्गमा पर्छन्। उहाँसँग ती निबन्धलाई एकपछि अर्को गरेर बौद्धिक रूपमा सृजना गर्ने साधन थिए र अरू कसैको भर नपरी प्रकाशन गर्ने सुविधा पनि।

आफ्नो २०७० सालमा प्रकाशित भात र पानी मा भूमिका लेख्न दीक्षितले मलाई निम्त्याउनु भएको थियो। र, मैले भूमिकाको अन्तमा यसो लेखेको थिएँ ः “अथ र इति (वि.सं. २०५१) मा ‘लेखकको कुरो’ मा दीक्षितले आफ्नो पुस्तकमा भूमिका लेख्न निम्त्याइएका व्यक्ति चयनका आधारबारे यस्तो लेख्नु भएको छ ः ‘उमेरमा कमबेसी जे भए पनि ज्ञानज्ञुनमा आफूभन्दा माथि नदेखी म कसैलाई भूमिका लेखाउन जान्न।’ यदि दीक्षितजीसँग उहाँभन्दा मैले धेरै जानेको छु भन्ने केही सबुतप्रमाण छ भने म त्यो हेर्न, जान्न चाहन्छु!”

प्रत्यूत्तरमा दीक्षितले मैले लेखेको भूमिका नै त्यो प्रमाण हो भन्नुभयो। यद्यपि, उहाँको उत्तरबाट म सन्तुष्ट भइन, छैन।

नेपाली भाषा(साहित्यका एक अथक सेवकप्रति श्रद्धाञ्जली।

(कमलमणि दीक्षितको भात र पानीमा प्रकाशित भूमिकाबाट सामान्य संशोधन गरिएको।)

प्रत्यूष वन्त मार्टिन चौतारीका शोध निर्देशक हुन्।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट