जो माफियासँग छैन, ऊ गोविन्द केसीसँगै छ

  • Get News Alerts

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज
tata

गोविन्द केसी भनेका आमनेपालीका डाक्टर हुन्। लामो समयदेखि उहाँका व्यवहार र कदम नियालिरहेका नेपालीले यो बुझिसकेका छन्।

म व्यक्तिगत हिसाबले उहाँलाई चिन्दिनँ। तर, जुन उद्देश्य बोकेर उहाँ अघि बढिरहनुभएको छ, त्यसमा आमनेपाली उभिएको लहरमै म पनि आफूलाई उभ्याउँछु। केसीको अभियानमा आफ्नो तर्फबाट हुनसक्ने जुनसुकै सहयोगका निम्ति म सदा तयार छु।

स्वास्थ्य क्षेत्रमा आएका जति विकृति छन्, त्यसको समाधान खोज्ने क्रममा केसी पटक पटक अनसन बस्नुभएको छ। यस्ता हरेक अनसनपछि सरकारसँग वार्ता पनि हुन्छ। तर, त्यसको कुनै निश्कर्ष देखिँदैन। पालनै हुँदैन। बरु उल्टो विविध किसिमका विकृतिले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेर आक्रान्त बनाउँदै लगिरहेको छ। त्यसले आमजनता प्रभावित हुँदै आइरहेका छन्। चाहे त्यो मेडिकल कलेजलाई स्वीकृति दिने कुरा होस्, सिट निर्धारण गर्ने कुरा होस् वा पढ्ने विद्यार्थीहरूको न्यूनतम शुल्कका कुरा नै किन नहोस्।

अब अहिले आएर वरिष्ठताका आधारमा डिन नियुक्तिका कुरा पनि उत्तिकै जायज देखिन्छ। यी जति पनि बुँदाहरूमा केसीले प्रश्न उठाउनुभएको छ, त्यो राष्ट्र र जनताको पक्षमै छ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा अहिले जो विकृति हाबी छ र जो माफियाहरू हाबी छन्, उनीहरूलाई केसीको यस्तो कदम सह्य हुने कुरा होइन। यो पनि हामी सबैले बुझिरहेकै छौं। त्यसो हुनाले उहाँका जायज माग राष्ट्रिय हितका माग हुन्। यसलाई गोविन्द केसीको माग नभनेर निमुखा जनताको माग भन्दै म त्यसमा पूर्ण समर्थन जनाउँछु।

दुर्भाग्यको कुरा त के भने, आफूसँग कुनै अस्त्र नभएका मानिसले अन्तिम अस्त्रका रूपमा बुझिने अनसनजस्तो कुरा पटक पटक बस्नुपरेको छ। यस्ता सत्याग्रहीको ज्यान पटक पटक जोखिममा पर्ने अवस्था आउन दिनुमै राज्यको लापरवाही देखिन्छ।

सरकारले अविलम्ब केसीसँग गरेका सहमतिका प्रत्येक बुँदालाई कार्यान्वयन गरेर यस विषयलाई स्थायी टुंगोमा पुर्याउनै पर्छ। आफ्नो निजी होइन, समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर आवाज उठाउने मानिसलाई यसरी जहिल्यै ज्यानको जोखिममा पारिरहनु लाजलाग्दो कुरो हो।

आज जति पनि नेपाली, जो माफियाको पक्षमा छैनन् वा स्वास्थ्य एवं शिक्षा क्षेत्रबाट विकृति हटोस् भन्ने चाहना राखिरहेका छन्, ती सबै केसीकै पक्षमा छन्। यो उनीहरू सबैले अगाडि आएर समर्थन गर्नुपर्ने र सघाउनु पर्ने विषय हो भन्ने मलाई लाग्छ।

यो क्रमलाई सदाको निम्ति नरोक्ने हो भने र यसरी बारम्बार अनसन बस्न बाध्य पारिरहने हो भने कथंकदाचित कुनै बेला ज्यानमा तलबितल परिदिए ठूलो दुर्भाग्य निम्तने छ। केसीको पक्षमा ओर्लिएका वा सडकमै नआए पनि समर्थन जनाएर बसिरहेका ठूलो संख्याका मानिस को भावनालाई बुझेरै भए पनि सरकारले उचित कदम चाल्नै पर्छ। यसको निर्णायक अन्त्य हुनैपर्छ।

अहिले जुन एकखाले मौनता साँधिएको छ, त्यो अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो। यस्ता मानिसलाई केही भइहाल्यो भने राष्ट्रकै ठूलो नोक्सानी हुन्छ।

यो पनिः 

संयमको पनि हद हुन्छ

के खेल्छ डा. केसीका मनमा?

राज्यको निम्ति अप्ठेरो बनेका सत्याग्रही

मरण होइन, हत्या हुनेछ

केसीविरुद्धको प्रपञ्च व्यावसायिकता मार्ने षडयन्त्र

बोल बोल (डा. गोविन्द केसीमा समर्पित)

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट