राज्यको निम्ति अप्ठेरो बनेका सत्याग्रही

skoda
  • Get News Alerts

united
डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज
tata

गोविन्द केसी ज्यानै जोखिममा राखेर किन पटक–पटक यसरी अनसन बस्छन्? यो प्रश्न मलाई पनि सोधिन्छ। यस्तो भद्रगोल बेला अनसन नबसिदिए हुन्थ्यो भनेर हामीले नै पटक–पटक केसीलाई भनेका छौं। कतिपय पटक त मैले उहाँलाई ‘के नेपालको सबै समस्याको जिम्मेवारी तपाईंले मात्र लिनुभएको छ? तपाईंले मात्र थेग्ने कुरा हो यो?’ भनेर आक्रोश पनि पोखेको छु।

यथार्थ के हो भने गोविन्द केसीजी एक अनौठो आदर्श मानिस हुनुहुन्छ। उहाँको मनमा यो कुरा ठीक भएन भन्ने लागेपछि उहाँसँग अर्को कुनै हतियार नै छैन। हाम्रो स्वभाव चाहिँ के छ भने अलिकति कुनै कुरा उठायो, भइदिएन भने ‘लौ भएन’ भन्छौं र बाटो लाग्छौं। गोविन्द केसीजीले भने लगातार एकोहोरोसँग जनताको स्वास्थ्य सुविधाका सरोकार उठाउँदै आउनुभएको छ।

चिकित्सा शिक्षा धनी मात्र होइन, गरिबले पनि पढ्न पाउनुपर्छ, सेवा सहर, बजारमा मात्र होइन ग्रामीण भेगसम्म पनि पु¥याइनुपर्छ, यसको अत्यधिक व्यापारीकरण गर्नु हुँदैन। उहाँले उठाउनुभएका कुरा यिनै हुन्। अहिले आएर अर्को ठूलो विडम्बना के भने, शैक्षिक क्षेत्रमा जुन किसिमले राजनीतिकरण भइरहेको छ, नियुक्तिका जे–जस्ता प्रक्रिया अपनाउन थालिएका छन्, यस्ता अनेक चलखेलविरुद्ध पनि उहाँ लागिरहनुभएको छ।

यसबीच हामी पनि बेलाबेला यो प्रकरणमा समावेश गरिन्छौं। राज्यले हाम्रा कुरालाई बेवास्ता गरिदिएपछि हामी पनि मतलब राख्दैनौं। तर, गोविन्द केसीजी त्यस्तो हुनुहुन्न। उहाँले एकोहोरो यो कुरा उठाइरहनुभएको छ। अब एउटा निष्ठावान् आदर्शवादीले राज्यसँग कसरी लड्ने? उसको हतियार के? कि नभए जंगलमा गएर लड्नुप¥यो। होइन भने यही हो लड्ने तरिका। अब राजनीतिक दलले जस्तो भीड जम्मा गरेर प्रदर्शन गर्ने, ठप्प पार्ने काम गोविन्द केसीबाट हुँदैन। यस्तो बेला जसका निम्ति उनी आफैंलाई हानी पुग्ने गरेर बारम्बार अनसन बसिरहेका छन्, तिनै सर्वसाधारण नेपालीहरू ‘किन अनसन बसिरहेको होला’ भनेर प्रश्न गरिरहेका छन्।

म आफैं पनि प्रशासन चलाइसकेको मानिस हुँ। प्रशासन चलाउनेले साम, दाम, दण्ड, भेद सबै लगाएर काम गर्नुपर्छ। गोविन्दजी चाहिँ त्यो किसिमको मानिसै होइन। उहाँ एकोहोरो हिसाबले नेतृत्वमा फलानो योग्य मानिस मात्र ल्याउनुपर्छ भनेर कुरा उठाउनु हुन्छ। हिसाबले भन्ने हो भने एउटा विश्वविद्यालय चलाइसकेको प्रशासकले हेर्दा वरिष्ठहरूमध्येबाट एक जना नेतृत्वमा चयन गर्ने हो। डिनको नियुक्तिका सन्दर्भमा वरिष्ठहरू मध्येबाट एक जनालाई उपकुलपतिले छान्ने हो।

यहाँ त विडम्बना अर्कै छ। राजनीतिक हिसाबले जब व्यक्तिको छनौट हुन थाल्यो तब विकृति सुरु भइहाल्यो। कसको क्याम्पबाट कुन उद्देश्यका निम्ति कसलाई ल्याउने भन्ने पो कुरा हुन्छ। यस्तोमा वरिष्ठमध्येका उत्तम भन्ने आधारै रहँदैन। यसैको विरोधमा उभिँदा गोविन्दजीको भनाइ जायज देखिएका छन्। गोविन्दजीले नामै किटेर ‘फलानालाई गर्नुस्’ भनेको त मलाई पनि चित्त बुझ्दैन। डिन बनाउने भनेकै उपकुलपतिले हो। तर, यो जम्मै कुरामा चलखेल हाबी भइदिएरै बाध्यता बन्न पुगिदियो। र, त्यो नहोस् भन्ने अर्थमै गोविन्द केसीको यो लडाइ सही भइदियो। यो राजनीतिक नियुक्तिको परम्परा नै अन्त्य होस् भन्ने केसीको चाहना बाँकीका अरू कुराभन्दा माथि छ।

अहिले विश्वविद्यालयमा पूरै छनौट राजनीतिक आधारमा छ। हुँदाहुँदा विश्वविद्यालयहरू क–कसको भागमा के के भन्ने कुरासमेत उठ्न थालिसकेका छन्। यतिसम्म विकृति आएको छ, कुन–कुन क्याम्पसमा कुन–कुन दलको प्रमुख राखेर चलाउने भन्नेसम्म भागबन्डा हुन थालिसकेको छ। यो सबै देखेर विरक्त लागेपछि अस्ति प्रधानमन्त्रीलाई भनेँ, ‘तपाईंहरूले त विश्वविद्यालयलाई ध्वस्तै पारिदिनुभयो।’

अहिले यस्तो चरम विकृति भइरहेको बेला वास्तवमा यो कुरा त प्राज्ञहरूले उठाउनुपर्ने थियो। हामीले उठाउनुपर्ने थियो। तर, विश्वविद्यालयका कसैले उठाइरहेका छैनन्। शिक्षक, विद्यार्थी, कर्मचारी सबै मौन बसेका छन्। कुनै एक जनाले कराइरहेको छ भने त्यही एउटा गोविन्द केसी हो। हामीजस्ता बुद्धिजिवीहरूको चेतना भनेकै गोविन्द केसीको अडानबाट अगाडि आइरहेको छ। उनी अनशन बसेका बस्यै छन्। यसपालि पनि १७ दिन भइसक्यो। यसअघि पनि १६ दिन अनसन बसेका थिए।

गोविन्द केसीको आवाजकै कारण मेरो संयोजकत्वमा चिकित्सा शिक्षा कार्यदल पनि बन्यो। उहाँ नभइदिएको भए त्यस्तो कार्यदल कहिल्यै बन्थेन होला। कार्यदल बन्ने मात्र होइन, त्यसको रिपोर्ट बाहिर आउन पनि गोविन्द केसीकै कारण सम्भव भएको हो।

यसरी कार्यदलले दिएको प्रतिवेदनलाई पूरै अंगभंग पारिदिएपछि एकपटक म पनि रिसाएको थिएँ। गोविन्द केसीकै कारण त्यो रिपोर्टमा तोडमरोड गर्ने आँट कसैले गर्न सकेनन्। हाम्रो प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीको अध्यक्षतामा डा. भगवान कोइरालासमेतको सहभागितामा विधेयक तयार भयो। त्यो विधेयक तयार हुनुमा पनि गोविन्द केसीकै अडान मुख्य कारक हो। अहिले त्यो विधेयक संसदमा पुगेको छ। त्यसमा गोविन्दजीका एक–दुईवटा पृथक कुरा आएका छन्। त्योसमेत समेटेर जति सक्दो छिटो पारित गराइहाल्नुपर्छ। हामीले प्रस्ताव गरेको स्वास्थ्यकर्मीहरूको शैक्षिक आयोग तत्काल गठन होस्। त्यसले काम अगाडि बढाएपछि त धेरैजसो कुरा आफसे आफ बाटोमा आउँछ भन्ने मलाई लाग्छ।

हामीकहाँ नागरिक समाज पनि दबाब दिनसक्ने गरी बलियो छैन। अनि सबैको आशा त्यही गोविन्द केसीमै गएर अडिएको छ। राज्य चलाउने मान्छेले पनि एउटा सत्याग्रहीको कुरा बुझ्दै बुझ्दैन। गान्धी पनि त उतिबेला राज्यको निम्ति अप्ठेरो नै बनेका थिए। नेहरु र पटेलजस्ता मानिसका निम्ति उनी गाह्रो भएका थिए। उनी एकथोक कुरा उठाइदिन्थे, मुलुक चलाउनेहरूलाई बुझाउनै गाह्रो। नैतिक बल उच्च भएकाले तिनै गान्धी एकपटक अडेर बसेपछि बस्याबस्यै हुन्थे र अरूहरूको पनि समर्थन पाउँथे। हाम्रो सन्दर्भमा गोविन्द केसीको कुरा पनि त्यस्तै हो। त्यो हिसाबले नै गोविन्द केसी अगाडि बढिरहनुभएको छ।

अब अहिलेको अवस्थामा गोविन्द केसीलाई राज्यको तर्फबाट जे जस्तो गर्छु भनेर बाचा गरिएको छ, त्यो पालना गराउन एउटा ‘वाचडग कमिटी’ होस्। वरिष्ठ नागरिक र प्रवुद्ध वर्गहरु त्यसमा राखिऊन्। यसपालि सरकारसँग वार्ता हुँदा नै यसमा सहमति होस् भन्ने म चाहन्छु।

(कुराकानीमा आधारित)

के खेल्छ डा. केसीका मनमा?

मरण होइन, हत्या हुनेछ

बोल बोल

केसीविरुद्धको प्रपञ्च व्यावसायिकता मार्ने षडयन्त्र

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट