शिक्षण अस्पतालका प्राध्यापक चिकित्सक गोविन्द के सीले दशौ पटकको आमरण अनसन वसेको आज १० औँ दिन भएको छ। स्वास्थ्य परीक्षणको लागि खटिएका चिकित्सकको टोलीले के सीको स्वास्थ्य अवस्था गंभिर बन्दै गएको वताएका छन्। मागका विषय वस्तुमा केही समान्य फरक परे पनि सारमा चिकित्सा शिक्षाको सुधारको एक सूत्रीय माग राखेर नै के सीले आमरण अनसनहरु गरी रहेका छन्। प्रत्येक पटकको अनसन के सीका माग पुरा गर्ने संझौतामा टुङ्गिने तर माग पुरा गर्ने तर्फ सरकार गंभिर नहुने र फेरि दवाव दिन के सीले अनसन बस्नु पर्ने अवस्थाले निरन्तरता पाइ रहेकोछ। दशौ अनसन पनि यो श्रृंखलाको पछिल्लो कडी हो। पहिलो पटकको अनसन र हालको अनसन करीव दुई वर्ष जतिको समय व्यतित भई सकेको छ।
यो यथार्थलाई नियाल्दा लाग्छ माग पुरा गर्न लाग्ने समय कम भएको भन्दा पनि के सीका मागलाई सरकारको गंभिरपूर्वक नलिएको प्रतित हुन्छ। फेरि सरकारले कहिल्यै पनि के सीका यी मागहरु वेठीक छन् भनेर भनेको पनि पाइदैन। प्रत्येक पटक सरकारले अनसन तोडाउन समय घर्काएर जस्तो सुकै संझौता गर्ने र सझौता गरे पछि चुप लागेर बस्ने गरेको हो कि जस्तो देखिन्छ। होइन भने एउटै मागको लागि दशौ पटकसम्म अनसन गर्ने अवस्था आउनु सरकारको विश्वसनीयताको लागि शोभनीय हुदैन। विगतको यो अवस्थालाई विचार गर्दा लाग्छ कुनै पनि वेला के सीको मृत्यु नेपालीको आगि आश्चर्यजनक र दुःखद समाचारको रुपमा आउन कत्ति वेर लाग्दैन।
अनसन सत्याग्रहको एक तरिका हो। सबै अनसन सत्याग्रह हुँदैन। व्यक्तिगत फाइदाको लागि पनि अनसन गर्न त सकिन्छ तर त्यो सत्याग्रह हुन सक्दैन। केसीको आमरण अनसन सत्याग्रह हो। उनको मागको उनको व्यक्तिगत स्वार्थसंग कुनै सम्बन्ध छैन। यी माग पुरा हुदा के सीले व्यक्तिगत रुपमा प्रत्यक्ष फाइदा केही पाउदैनन्। साद्गी र सेवाका प्रतिपूर्ति के सीले व्यक्तिगत फाइदाको लागि यो काम गरेको आरोप सरकारकै जिम्मेवार निकाय र केही कोणवाट लगाइए पनि नेपाली पत्याएका छैनन् र पत्याउने पनि छैनन्। फेरि, सरकारले पनि कहिल्यै माग जायज होइन भनेर भनेको छैन वरु माग पुरा गर्ने गरी प्रत्येक पटक संझौता गर्ने गरेको यथार्थले पनि यसलाई पुष्टि गर्दछ। नत्र राजनीति दलहरुलाई सभा समारोहमा मानिस जम्मा गर्न रकम खर्च गर्नु पर्ने अवस्थामा के सीको समर्थनमा यस प्रकारको जनलहर स्वस्फूर्त देखा पर्ने थिएन।
समान्यतः आदोलन वा आग्रह दुई किसिमवाट गरिन्छ। वलको सहारामा गरिने हिंसात्मक र शान्तिपूर्ण रुपमा आग्रह गर्ने अहिंसात्मक। आमरण अनसन भनेको अहिंसात्मक शान्तिपूर्ण आग्रह हो। कुनै पनि आन्दोलन भनेको तगतको टकराव हो, सफलता असफलता टकराउनेहरुको शक्तिामा निर्भर रहन्छ। सामान्यतः वलियो तगतले कमजोरलाई परास्त गर्दछ। मासिनमा तगत वा शक्ति पैशा, वल, अधिकार वा नैतिकता गरी चार किसिमवाट प्राप्त हुन्छ। नैतिकता मासिनको सबै भन्दा आधारभूत तगत हो। रिचार्ड डाउकिन्स नैतिकता मानिसको जन्मजात गुण हो, पछिल्ल्लो समयमा यो लोभ, लालसा, भय आदि खरावपनको कारणवाट छोपिने मात्र हुन्छ भन्दछन्।
र्नैतिकताको तागत सबै भन्दा शक्तिशाली हुन्छ किन की नैतिकताको भाषा नवुझ्ने केही मासिन हुदैनन्। कसै प्रति अन्याय हुदा तपाई हामीलाई पनि पोल्नुको कारण यही हो। तर नैतिक तागतको पनि सीमितता छ। मानिसको नैतिकताकोस्तरसंग तागतको सघनता प्रत्यक्ष रुपमा जोडिएको हुन्छ। वढी नैतिकवानले यो प्रयोग गर्दा शक्ति पनि धैरै हुन्छ भने अनैतिकले प्रयोग ग¥यो भने शक्ति कमजोर हुन्छ। के सीको तगत भनेको नैतिकताको तागत हो। के सी ले जीवन भर गरेको कर्मवाट अर्जित नैतिक शक्तिको प्रयोग हो। इष्र्या मानिसको स्वाभावजन्य गुण हो। नैतिकता कमजोर हुनेहरुले के सीको इष्र्या गर्नुको कुनै अर्थ छैन किन की उनीहरुसंग के सीको जस्तो नैतिक तागत नै छैन। फेरि नैतिकताको उपदेश दिन जति सजिलो छ त्यसलाई व्यवहारमा पालना गर्न उत्तिकै कठीन हुन्छ। यस अर्थमा नैतिकताका उपदेशकको वाक्वाणको पनि खासै महत्व हुदैन।
शान्तिपूर्ण आन्दोलन कमजोर हुदैनन् वरु हिसात्मक भन्दा वलिया हुन्छन्। नैतिक तगतको प्रयोग गरेर गरिएका शन्तिपूर्ण आन्दोलनवाट संसारमा ठुला ठुला परिवर्तन भएका छन्। नव्वेको दशकमा तानाशाही व्यवस्थावाट प्रजातान्त्रिक व्यवस्थामा रुपान्तरण भएका तीस मध्ये अधिकांंश मुलुकमा परिवर्तन शान्तिपूर्ण आन्दोलन मार्फत नै भएको थियो। सन् १९४७ मा भारतमा तीन सय वर्ष राज गरेको, कहिल्यै सूर्य नअस्ताउने भनेर कहलिएको व्रिट्रिस साम्राज्य महात्मा गान्धीको सत्याग्रहको शन्तिपूर्ण आन्दोलनवाट समाप्त भएको थियो। पोल्याण्डको साम्यवादी सरकार सन् १९८१ मा लेख वालेसाको गिरफ्तारीवाट सुरु भएको शान्तिपूर्ण आन्दोलनवाट समाप्त भएको थियो। सन् १९९१ मा रुसी महासंघका राष्ट्रपति मिखाइल गोर्भाचोभलाई वन्दी वनाएर सुरु गरिएको सैनिक विप्लव रुसका राष्ट्रपति यल्स्तिनले विप्लवमा लागेका सेनासंंग सत्यको आग्रह गरेर शान्तिपूर्ण रुपमा विफल पारेका थिए। अमेरिकामा साठीको दशकमा भएको नागरिक अधिकार अभियानमा मार्टिन लुथर किङ्गले गान्धीले अख्तियार गरेको सत्याग्रहको उपयोग गरेर कालाहरुलाई शाँिन्तपूर्ण रुपमा श्वेत सरहको अधिकार दिलाएका थिए। उनले त सत्यग्रहको तयारीको लागि तीन सय जना अमेरिकीलाई भारतमा तालिम लिन समेत पठाएका थिए।
सामान्य गान्धीवादी नेता अन्ना हजारेले सन् २०११ मा गरेको भ्रष्टाचार विरोधी अनसनको कारण कयौ वर्ष देखि कानमा तेल हालेर वसेको भारतको लोक सभाले भ्रष्टाचार विरुद्धको कानुन तुरुन्तै पास गरेको थियो। नेपालमा २०६३ मा भएको आन्दोलन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएर महत्वपूर्ण सफलता प्राप्त भएको थिए। सन् २०११ मा ट्युनिसियामा एक ठेला व्यापारीले आत्मदाह गरेको विषयलाई लिएर भएको शान्तिपूर्ण आन्दोलनवाट राजनीतिक व्यवस्था नै परिवर्तन भई वहुदलीय प्रणाली स्थापना भएको थियो। अरव वसन्तको रुपमा टयुनिसियावाट सुरु भएको शान्तिपूर्ण आन्दोलन इजिप्ट, सिरिया, यमन जस्ता अरव मुलुकमा फैलिएर तानाशाही व्यवस्थालाई ठूलो धक्क्का लागेको थियो। इजिप्टमा त होस्नी मुवारकको तीस वर्षे शासन समाप्त भएको भएको थियो। सन् २०१६ मा टर्कीमा भएको सैनिक विप्वल राष्ट्रपति यर्दोगानको मोवाइल फोनको एप्स मार्फत गरिएको अनुरोधको अनुसरण गर्दे सडकमा उत्रिएका टर्किस जनताको शन्तिपूर्ण विरोधवाट असफलत भएको थियो।
विश्व वैकले सन् २०११ मा प्रकशित गरेको द्धन्द्ध, सुरक्षा र विकास विषयको विश्व विकास प्रतिवेदनमा हिंसात्मक मार्गवाट भएका परिवर्तन राष्ट्रको लागि अत्यन्तै महङ्गो मात्र हुने नभई पुनः फेरि हिसा मै फर्कने गरेको तथ्य सार्वजनिक गरिएको छ। विश्वका महत्वपूर्ण परिवर्तनको सुक्ष्म विश्लेषण गरेर अकरम्यान र दुवालले परिवर्तनको लागि शान्तिपूर्ण मार्ग हिंसात्मक मार्ग भन्दा वढी शक्तिशाली रहेको निष्कर्ष सहित “ए फोर्स मोर पावरफुल” नामक किताव प्रकाशन गरेका छन्। गान्धीले संसारलाई दिएको अहिंसाको मार्ग र यसले संसारमा शान्तिपूर्ण परिवर्तनको लागि पु¥याएको योगदानको कदर गर्दै, अरुलाई खासै महत्व नदिने अपवादको नमूना अमोरिकले वसिगङ्टन डि सीमा गान्धीको पूर्णकदको सालिक स्थापना गरेको छ।
शक्ति, पैशा र वलशालीले आफ्नो वा आफनो समुहको स्वार्थ सिद्ध गर्न यीनै तगतको उपयोग गर्दछन्। शासकहरु शक्तिको प्रयोग गर्दछन्, व्यपारीहरु पैशाको प्रयोग गर्दछन् भन् अपराधीहरु वलको प्रयोग गरेर आफनो अभिष्ट साधना गर्दछन्। असहाय, निमुखा र अन्याय परेका मासिनसंग यस्तो केही तागत हुदैन। उनीहरुको लागि सरकार वा कसैलाई दवाव दिने एउटै वाटो भनेको नैतिक तगतको उपयोग गर्दे गरिने शान्तिपूर्ण आन्दोलन वा आग्रह मात्र हुन्छ। सत्यग्रह शान्तिपूर्ण आन्दोलनको एउटा सरल माध्यम हो। त्यसकारण सत्याग्रह वा अन्य यस्तै उपायको अवलम्वन गर्दै गरिने शान्तिपूर्ण आन्दोलन शक्तिशाली वा हुने खानेको लागि भन्दा पनि कमजोर समुहको लागि असाध्यै मह्त्वपूर्ण हुन्छ।
यस प्रकारका आन्दोलन असफल हुनु भनेको नैतिकताको शक्ति पराजित हुनु हो। निमुखाको अवाजको कुनै महत्व नहुनु हो। यसले समाजमा नैतिकताको स्खलन गराउछ। गोविन्द के सीको आन्दोलनलाई पनि आम नेपालीले यही रुपमा हेर्नु पर्ने हुन्छ। के सीको अग्रह निमुखा नेपालीको शक्तिशाली शासक विरुद्धको शान्तिपूर्ण आन्दोलन हो। यो असफल हुनु भनेको शक्ति, पैशा र वलशालीहरुको प्रभुत्व वढ्दै जानु हो। निमुखा अझ कमजोर हुदै जानु हो। उनीहरु माथि अन्याय वढ्ने खतरा श्रृजना हुनु हो।
समाज जहिले पनि असल र खराव वीचको द्धन्दमा रहेको हुन्छ। भनिन्छ समाजमा खराव मानिस धेरै हुदैनन् तर धेरै संख्यामा रहने असल मासिन खराव विरुद्ध सकृय नहुदा थोरै खरावहरु प्रभावी हुन्छन् र खरावपन मौलाउछ। त्यसकारण समाजमा आसल मानिस र असलपनको प्रवर्धन गर्न असल र नैतिकवानले सकृय हुनै पर्दछ। खरावी वढ्यो भनेर वन्द कोठमा कुरा मात्र काटेर स्थितिमा परिवर्तन गर्न सकिदैन। के सी अनसनलाई कोठामा वसेर ठीक हो भनेर मात्र पुग्दैन। स्वस्फर्त रुपमा अन्याय विरुद्ध उत्रिएकाहरुको समुहमा सामेल हुनु पर्दछ। असलपन र नैतिकताको विजयको लागि यसमा विश्वास गर्ने सवै त्यसमा पनि विषेश गरेर निमुखा, असआय र अन्यायमा परेकाहरु जगरुक हुनै पर्दछ। के सीको सत्याग्रहलाई आफ्नो क्षेत्रवाट सहयोग पु¥याउनु पर्दछ।
केसीद्धारा सुरु गरिएको आन्दोलनलाई सफल बनाउन लाग्नै पर्दछ। के सी असफल हुदा नैतिकता र सदाचारको तगत पराजित हुन्छ। शान्तिपूर्ण आन्दोलन प्रतिको मानिसको विश्वास डग्मगाउछ र हिंसामा विश्वास गर्नेहरु सल्वलाउछन्। त्यसैले समय मै सबै सचेत बनौ, के सीको पक्षमा उभिन ढिला नगरौ। यसवाट के सीलाई वचाउन पनि सकिन्छ, चिकित्सा क्षेत्रमा सूधारलाई दिगो वनाउन पनि सकिन्छ।