डोनरसँगै लेखकका विचार पनि बदलिए: युवराज घिमिरे
म पृष्ठभूमिमा जाँदा, नेपाली घटनाकेा प्रधानताले पनि हुन सक्छ। त्यो घटनालाई कसरी बुझेकेा छु र त्यसलाई कसरी राख्ने भन्ने पूर्वाग्रह पनि हुन सक्छ। नेपालको मिडियामा निजी क्षेत्रको बिकास दुई दसकमा व्यावसायिकताका सिद्धान्त कसरी लिएको छौँ भन्ने हेर्नुपर्छ। म्ानव अधिकारको विषय, मधेस, पहाड र हिमाल हुँदैन। अहिले सेक्टेरियजनको मानसिकता पनि छ। पीडा भोग्नेका अनुभव अरुले बताउन सक्दैन। नागरिक भइसकेपछि हाम्रा सिभिल राइट्स मुभमेण्टमा कतिपय अवस्थामा बाहिरबाट गाइडेड गर्दा नागरिक हुन र मानव अधिकार भन्दा पनि सेक्टेरियन भइरहेको छ। २०६३ पछि नेपालका दलले मानव अधिकारलगायतका विषयमा सझौता गरे।
राजाले शासनमा १९ जनाको मृत्यु हुँदा त्यति ठूलो विषय बनायो। तर मधेसमा यतिका मानिस मर्दा पनि सत्तासँग जोडिएको कारण यो सझौता भयो। नेपालको संसद् समावेसी छ। तर किन कति मानिस मरे भनी बहस गर्न सकेन। यो किन भने सत्ताको सिढी बनाउन मात्रै यी विषय प्रयोग भए।
नेपालको न्यूज रुम समावेसी भएन होला तर हाम्रा कतिपय लेखकको प्रतिबद्धता आफ्नो लेखाइ विदेशी डोनेसनमा आधारित छ। डोनर बदलिँदा तिनका विचार पनि बदलिएका छन्। तर कतिपय घटनाका विषयमा मिडियामा स्पेस पाएको छ र त्यसले बहस उठाएको छ।
६२ र ६३ पछि नागरिक समाजदेखि पत्रकारले प्रतिगामी भन्ने आरोप लगाउँदै परिवर्तनका शक्ति र परिवर्तनपछिका शक्तिलाई हामीले सत्तामा पुर्याउने हिस्सा छ, यसैले उनीहरुलाई गलत गर्दा पनि क्षमा दिनु पर्छ भन्ने लाग्यो।
मैले समय साप्ताहिकमा राजाको कदमको विरोधमा मैले लेखेको थिएँ। सामाखुसीमा एक घरमा हावामा गोली चलाउँदा, कीर्तिपुरमा डिएसपीमाथि विद्यार्थीले गरेको आक्रमणमा हामीले प्रहरीलाई भिलेनको रुपमा चित्रित गर्यौं।
वीरेन्द्र शाह मार्दा विरोध गर्ने पत्रकार महासंघले अर्को पत्रकार बेपत्ता हुँदा केही बोलेन। किनभने महासंघ पार्टीको कोटामा परेको कारण पनि हो। पत्रकारले कुटाइ खाँदा आफ्ना यातना डरका कारण बाहिर ल्याउन चाहदैँनन्। कुनै पनि घटनामा पत्रकारले पिटाइ खाएर त्यो समाचार लुकाएको छैन। बरु हुन सक्छ स्पेस दिन सक्छ।
म आफै अमेरिकन दूतावासअगाडि पिटाइ खाएको छु। प्रयागराज शर्मा र अर्को एक व्यक्ति सँगै तीनजनामा मैले पिटाइ खाएँ। अमेरिकन दूतावासअघि मैले पिटाइ खाँदा एक दुई मिडियामा समाचार आएन भने मैले गुनासो गर्ने। यो विषयमा संसद्मा समेत विषय बन्न सकेन।
नेपाली मिडियाले भारतलाई चिन्यो चिनेन वा भारतले नेपाल चिने नचिनेको विषय होइन। गगन थापाले अघि भनेका थिए, शासकीय स्वरुप बदल्न सकेको भए राम्रो हुन सक्थ्यो। प्रशान्त झाले भारतको सुझाव मानेको भए राम्रो हुने थियो भनेका थिए।
मधेस आन्दोलनको विषयमा रमेश महतोको हत्यापछि काठमाडौँको मिडियाले कभरेज दिएका छन्। सबैलाई जनरलाइज गर्न सकिँदैन। हामीले कुनै पनि मधेसका विषय सप्रेस गर्ने काम हामीले गरेका छैनौं।
अहिले केही नागरिक समाजका अगुवाले भारतको मध्यस्तता खोजेका छन्। महन्थ ठाकुरले नाकाबन्दी खुल्दैन भने पनि सबैलाई थाहा छ कि यो नाकाबन्दी कसरी भएको हो भनी।
यो संघीयता विषयमा जोडिएको हो। पहाड र मधेसको फरक फरक हुँदैन। मधेसको विषयमा त बरु भारतीय मिडियाले पनि कभरेज गरेका छन्।
मिडियाले आन्दोलनका विषयलाई स्थान दिनु पर्छ। तर, विश्लेषण अरुले गर्छ। यदि मिडियाले भूमिका निर्वाह गरेन भन्ने अधिकार लिन मधेसका मानिसले पनि आफ्नो भूमिका खेल्नु पर्छ। प्ााँच नेता अमिन होइनन्, जसले पाँच प्रदेश काट्न सकून्। केही नेताले निर्णय गरेपछि अरु सांसदले केही गर्न बोल्न नसक्ने कुरा पनि आलोचना हुनु पर्छ।
नागरिकताको विषयमा कुरा गर्दा महत्वपूर्ण विषयमा संविधान निर्माणमा बहस नै गरिएन। माटो र रगतको नाता, मुलुक निर्माणमा महत्वपूर्ण हुन्छ। यस विषयमा बहस नहुँदा र दल नेताका कृपाबाट आएको संविधान हुँदा यो समस्या आएको हो र यो समस्या रहन्छ।
काठमाडौँका मिडियामा दुराग्रह छ: चन्द्रकिशोर
पछिल्ला वर्षमा जुनरुपमा नेपाली समाज परिवर्तन भइरहेको छ, त्यसमा त्यही रुपमा परिवर्तन भएको छैन। मधेसको सवालमा अल्प वा अधिक बुझाइ छ। वा दुराग्रह छ। पलहरुले गल्ती गरेकामा शताब्दीले दुख पाइरहेको छ।
मिडिया जहिले पनि स्थायी सत्ताको विपक्ष हो। तर अहिले मधेस आन्दोलनमा मिडिया सत्ताको स्वामित्व भयो र औजार भयो। मिडिया सम्वादको सेतु बन्नु पर्छ। उसले लाखौँ जनता सडकमा आएको छ भने उसले के चाहेको छ भन्ने सम्वादको भूमिका खेल्नु पर्थ्यो। यहाँ सबै समान छन् तर यहाँ केही विशेष समान छन्जस्तै लागेको छ।
मधेसमा कार्यरत पत्रकारले आफूले स्थानीय पत्रिकामा लेख्दा र काठमाडाँै बनाउदा फरक फरक समाचार बनाउने गर्छन्। यो बहस यसैमा केन्द्रीत हुनु पर्छ कि?
नेपाल एउटा घर हो। यो घरमा केही कोठा छन्। केही कोठाका मानिसलाई यो घर आफ्नो लाग्दैन अर्कोले मैले पनि के पाएको छु भन्छ। मधेसमा अहिले पनि गोली खाँदा पनि नागरिकता नेपाली खोजिरहेको छ। जब कि बाहिर यस्तो अवस्थामा छुट्टिन खोज्छ। तर यहाँ मधेस आन्दोलन क्षेत्र विशेष भएपनि यो राष्ट्रिय आन्दोलन हो। यो अभारतीयकरणको आन्दोलन पनि हो। मधेसका सवालमा यो पनि नेपालको अभिन्न अंग हो। र, त्यहाँका जनता यहि आफ्नो भाग्य खोजिरहेका छन्। जसरी विगतमा आन्दोलन हुँदा बाहिरी मिडियाको भर पर्नुपर्थ्यो, अहिले मधेस आन्दोलनबारे यहाँ नआउने भारतीय मिडियामा आउने काम भएको छ। निश्चितरुपमा तराईका मिडिया पनि आन्दोलनको हिस्सा भइरहेका छन्। जसरी काठमाडौँका मिडियाले गलत समाचार दिँदा तराइमा गलत प्रभाव पार्यो। मधेसका मिडियाका कारण पनि गलत प्रभाव पारेको छ।
अहिले पनि मधेसका जनता संयमीत छन्। र, शान्तिपूर्ण आन्दोलनमा छन्। राज्य दमन र प्रतिशोधमा उत्रदा काठमाडौँका मिडियामा दुराग्रह छ। यो स्थितिलाई चिर्नु पर्छ।
मिडियालई समुदाय र क्षेत्र विशेष हेर्ने काम गर्नु भएन। यो मिडिया फेबिकोलको भूमिका खेल्नु पर्छ। केही सुधार होला भन्नेमा आशावादी छु, अर्को विकल्प छैन।
मधेसको अधिकार र पहिचान मुद्दा नेपाली मिडियाले बोकेको छ: किरण नेपाल
हामीकहाँ समावेसिताको शताब्दी सुरु भएको नै धेरै भएको छैन। पार्टी, संघसंस्थामा समावेसीता कस्तो छ भन्ने अवस्थामा न्यूजरुममा पनि अछुतो छैन। मधेस, कणाली वा दलित समस्या बुझ्न निश्चित त्यही समूह आवश्यक छ भन्ने हुँदैन। कतिपय एउटा समुदायको पत्रकारले अर्को समुदायका कुरा जानेको हँुदैन भन्ने आधारमा गए हामी भड्खालोमा पुग्छौँ।
न्यूज रुम समावेसी हुनु पर्छ। त्यसका लागि हामीले कति प्रयास गर्यौं? अहिलेको छोटो समयको विकासमा मिडिया समावेसी बनाउन बजारले पनि निर्धारण गर्छ। मानव संसाधन विकासका लागि धेरै लगानी आवश्यक पर्छ। मधेस बुझ्न चन्द्रकिशोर नै पढ्नु पर्छ। अरु किन आउन सकेन? किनभने उहाँले आफूलाई होम्नुभयो। ८० प्रतिशत भूमिका पत्रकारितामा लगाउनुभयो। अरु लाग्न सकेनन्। यसमा समाजका अरु फ्याक्टरले पनि रोकेको हो कि?
मधेसको विषयमा कति संख्या आयो आएन भन्दा पनि कसरी घटनाक्रम विकसित भए र त्यसको कसरी कभरेज भए भन्ने पनि हुन्छ। पछिल्लो मधेस आन्दोलनमा पुलिसको दमन विषयमा सबै मुख्य मिडियामा स्थान पाएको छ। पुलिसले घुँडामाथि गोली हान्यो, गाली गर्यो भन्ने कुरा अधिकांश मिडियामा आएको छ।
प्ााँच महिनाको अवधिमा हेर्दा, घटना ज्सरी घटाइएको छ, त्यो संगतिपूर्ण भएन भनी भनेका छौं। टीकापुरदेखि रंगेलीसम्मका घटनामा यी दुई क्षेत्रबीचको लेभल अफ इन्टेन्सीटी एउटै छ। कहीँ फरक छैन। हरेक घटनामा प्रहरीलाई उत्तेजित बनाएपछि उसले गोली चलाएको छ। उत्तेजनाको मात्रा तलमाथि किन भएन? भाला लाठी किन भनेर प्रश्न गरे पहाडे मानसिकता भनिन्छ।
म लाज नमानी भन्न सक्छु। गएको पाँच महिनामा मेरो पत्रिकामा मैले रिपोर्टदेखि सम्पादकीय लेखेर सरकार र मधेसी दल सबैलाई यो गलत भयो भनेको छु। मधेस प्रतिनिधित्व भएन भनेर भन्नु हिजो प्रजातन्त्रको लागि भएको आन्दोलनमा जस्तै हरेक आन्दोलनको कभरेज खोज्न थाल्दाको परिणाम हो। अहिले बहस चलाउन खोज्दा मधेसविरोधी भइन्छ।
म आफू पनि मधेसको भएर म आफू पनि मधेस बुझ्छु भन्ने लाग्छ र त्यसैले यसमा आफैले पढ्छु। मधेस नबुझ्दा पनि समस्यामा न्यूज रुममा अर्को अवास्ताविकताको शिकार भएको छ कि भन्ने लाग्छ।
मधेसमा भएको लाखौंको प्रदर्शनबारे हामी केन्द्रमा बसेर कसरी हुन्छ। जस्तो आन्दोलनका क्रममा राजेन्द्र महतो वीरगंज किन बसिरहन्छन् भनी प्रश्न गरी लेखियो भने त्यो विराधीको रुपमा चित्रण गरी विभाजित मानसिकतामा हामी पुग्यौं। सप्तरीदेखि पर्सासम्मका साथीहरुसँग भएका एफएममा पर्साका नौमध्ये छवटामा, बारामा सातवटामा, धनुषामा भएका छवटामा दलका नेताहरुको लगानी छ।
काठमाडौंको मिडियाले कसरी आयो भनी बाहिरबाट बनाएको धारणाका आधारमा भनिएको हो। २०६२ पछि पहाडमा जनजाति र अन्य, मधेसमा मधेसी भन्ने आधारमा मतभेद देखिएको छ। यी मतभेदलाई कम गर्न मिडियाले भूमिका खेल्नैपर्छ।
मिडियामा मधेस आन्दोलनको कभरेज भयो भएन भन्नु पहिला यसको उठान कसरी भयो भन्ने पनि हेर्नु पर्छ। सडकमा आएका मानिसलाई कसरी कसले प्रयोग गरिरहेका छन्, त्यो हेर्नु जरुरी छ। अधिकार र पहिचानका विषयमा फरक छैन। तर त्यसलाई प्रस्तुत गर्ने कुरा पेनिटेसन गरिएको छ।
हाम्रो राज्य संयन्त्रले सूर्खेतलाई जस्तै तल मधेसको माग सम्बोधन गरेन भन्ने कुरा गुनासो सहि हो।
यदि मधेस आन्दोलनलाई मूलधारको मिडियाले सहयोग पुर्यायो पुर्याएन भन्ने ध्यान दिएर हेर्ने हो भने त्यसरी सघाउ पुर्याएन। तर मधेस आन्दोलनको कोर मुद्दा अधिकार र पहिचानको विषयमा नेपाली मिडियाले यो माग बोकेर हिँडेको छ।
(पोखरामा जारी 'नेपाल लिटरेचर फेस्टिभल'मा 'मिडियामा मधेश' शीर्षकमा भएको बहसमा वक्तात्रयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा पत्रकार सुबिना श्रेष्ठ सहजकर्ता बनेकी थिइन्।)