आहुती
वर्तमान नेपाल निर्माणपछि विभिन्न किसिमका उत्पीडन सुरु भए। सुदूरपश्चिममाथि क्षेत्रयि विभेद भयो, धेरै शोषण भयो। पूर्वका लिम्बूले पृथ्वीनारायण शाहसँग सम्झौता गरिहाले। उनीहरु धेरै लडेनन्। लिम्बूको त रगत पनि बगेन। तर, सुदूरपश्चिम २०१९ सालको बैशाखसम्म काठमाडौंसँग लडिरहयो, त्यसकारण पछि पर्यो।
हुन त लखन थापालाई पहिलो सहिद भनिन्छ। लखन थापा गोर्खाका भ्उ। बाबुराम भट्टराई पनि गोर्खाका। पृथ्वीनारायण शाह पनि गोर्खाका। भनिने नै भयो। तर, त्यसअघि नै बझाङका बाँकावीरले राज्यविरुद्ध संघर्ष गरेका थिए। उनलाई दैलेखदेखि नेपाली सेना लगेर मारिएको थियो। राज्यले उनको हत्या गरेको हो। उनी किन पहिलो सहिद हुन सकेनन्?
पछि बझाङका जयपृथ्वीबहादुर सिंहले चन्› समशेरसँग साइनो गाँसे। उनले नेपालमा बेलायतमा जस्तो संविधान चाहिन्छ भनेपछि चन्› समशेरसँग अन्तरविरोध भयो र सिंह नपाल छोडेर विदेशीए। पछि २०१९ सालपछि मात्रै उनीहरुले आफ्नो संघर्षलाई नयाँ रुप दिए। सुदूरपश्चिम काठमाडौंबाट टाढा भएका कारण अविकसित भएको होइन। काठमाडौंले नियतवश दबाएको हो।
यो त क्षेत्रीय बहिष्करण भयो। नेपालमा विभिन्न किसिमका बहिष्करण छन्। एउटा वर्णव्यवस्था, क्षेत्रीय उत्पीडन, मधेस र जनजातिमाथि बहिष्करण छ। पहाडीया खस अहंकारवादी हिन्दुवादी राज्यसत्ताका कारण नेपालमा नयाँ किसिमको वर्ग विकास हुँदैआयो। हिमालको गोरो पनि नराम्रो भयो र तराईको कालो पनि नराम्रो भयो। ठीक्क बीचको मात्र राम्रो हुने भयो। पृथ्वीनारायणका खलक जहाँजहाँ छन्, त्यहाँत्यहाँका अनुहार र प्रतीकमात्रै राम्रा भए। फूल पनि त्यहीँको राम्रो, चरा पनि त्यहीँका राम्रा। राम्रो लाग्न त कसैले राम्रो भनिदिनु पर्यो नि। पुरुषको जुँगा के राम्रो हुन्छ रं? तर राम्रोराम्रो भनेकाले राम्रो लाग्ने न हो।
कायस्थ, थकाली र मारवाडी समुदायले मात्रै वर्ण व्यवस्थालाई छल्न सक्यो। अरु समुदाय यो माखेसाङ्लोमा जाकिए। उनीहरु उम्किन सकेनन्।
मैले भनेको वर्गकै कुरा हो। तर नेपालमा वर्ग नै जात, पहाडीया अहंकारवाद र सुदूरपश्चिमलाई काठमाडौंको शोषण आदि कारणले हुन्छ। नभए एउटा गुरुङले सिसाको ‰याल भएको घर बनाउन विदेश नै जानुपर्ने थिएन।
नेपालका दलित बाराको वा सेनेगल भन्दा फरक छन्। उनीहरुमाथि राज्यले लेखेर दलितमाथि विभेद गर्न लगाएको हो।
.....
चेतना मात्रै होइन सत्ताको संरचना नै मुख्य कुरा हो। यहाँ को को मान्छे सेनापति वा मन्त्री हुने भन्ने त प्रष्टै छ।
तपाईंलाई एउटा कुरा भनौं, अलि पहिलेसम्म नेपाली सेनामा एउटा कानुन थियो। सेकेन्ड लेफ्िटन्टको तालिममा आउनेलाई वेश्याबृत्ति गर्न पनि भत्ता दिने चलन थियो। हुन त प्रायः सबै आफ्नै खलकका मान्छै नै आउने हुन। तर, कोही सर्वसाधारण आइहाले पनि नउम्कियोस् भनेर त्यसो गरिएको। त्यो कसरी भने तीनतीन महिनामा जर्साबका छोरीहरुसहित पिकनिक गराइन्थ्यो। भोलि हुने जर्नेल हाम्रै ज्वाइँ परोस् भनेर। सेकेण्ड लेफ्िटनेन्ट त जर्नेल हुने भो नि! तालिमपछि तीन महिनाको बिदा हुन्थ्यो। त्यस समयमा घर गएर अरुसित विहे नगरोस्। फर्किएर आएपछि आफ्नै छोरीसँग विवाह गरोस् भनेर त्यो बेश्यावृत्ति भत्ता दिइन्थ्यो। इतिहासमा यस्ता कुरा धेरै छन्।
यहाँ धेरैलाई भ्रम छ, सबै क्षेत्री बाहुनले शोषण गरे भन्ने छ। कहाँ सबै ब्राम्हण र क्षेत्रीले खाए भन्ने छ? होइन नि। त्यसको निश्चित खलकले खाने हो। अधिकांश क्षेत्रीबाहुन पनि उत्पीडितै छन्।
कुनैपनि संरचना स्थापित गर्न विचार चाहिन्छ र त्यसलाई संस्कारको रुप दिनुपर्छ।
'हामीले हिमाल उठायौं, एसियाको माझमा।' हामीले उठाको हो र? यसरी सौन्दर्य मूल्यसहित पञ्चायतले राज्यव्यवस्था स्थापना गरेको हो नि। यो राज्यले निर्माण गरेको चेतना हो, सौन्दर्य मूल्य हो, संस्कार हो र त्यसपछि संरचना हो।
...
नेपालको इतिहासको तीन जोर्नी छन्।
एउटा पृथ्वीनारायण शाहले हुँदै नभएको काम गरे, जनजातिलाई पनि वर्णव्यवस्थामा राखे।
अर्को जङ्गबहादुरको मुलुकी ऐन। त्यहाँ कसको जुठो कसले खाने भन्ने पनि लेखिएको छ।
समाजलाई आफूले चाहेअनुसार बनाउन अत्यन्तै मेहेनतसाथ लेखिएको छ। मासिन्या र नमासिन्या भनेर जाति छुट्याइएको छ। मासिन्य भनेको मासिन पनि हुने हो। नमासिन्या भनेको राज्यले साथ दिएर जोगाउने।
उनले मासिन्या भनेको तामाङ पाँच प्रतिशत बाँकी रह्यो। कसरी बाँकी रह्यो, मलाई अचम्म लाग्या छ।
अर्को जोर्नी पञ्चायत नै हो।
उसले सौन्दर्य मूल्यसहितको शासन व्यवस्था स्थापना गर्यो। उसले नयाँ प्रतीक ल्यायो। सीतालाई आदर्श बनायो। सीता कसरी आदर्श? रामसँग विवाह गरेकैले आदर्श भइन् त? मेरी आमा त सीताजस्ती थिइनन। सबै सीताजस्तै हुनुपर्ने हो त?
सीताको सम्मान गर्नेको म सम्मान गर्छु। तर राज्यले नै सबै सीताजस्तो हुनुपर्छ भन्नु भएन।
भृकुटी कसरी आदर्श भइन्। उनी त बिजोग भएर बिहे गरेकी हुन्। सहानुभूति गर्नलायक पात्र हुन्। आज त तिब्बतीलाई भोटे भनिन्छ भने उनले कसरी विवाह गरिन् होला त्यो समयमा? पञ्चायतले यसरी प्रतीकहरु सिर्जना गर्यो।
अर्को, अड्डालाई कार्यालय बनाइयो। चर्पीलाई शौचालय बनाइयो। मौलिक नेपाली शब्दलाई संस्कृत बनाइयो। आशन ग्रहणको सिस्टम ल्याइयो। आशन ग्रहण त उसको आशनमा अरु बस्न नहुने भएर पो भनेको त। पुरोहितले गर्न हो नि। हुँदाहुँदा कम्युनिष्टका आशन ग्रहण। आशनग्रहण गर्न नपाएर पार्टी फुटाउने।
यहाँ त विद्वानका पनि मुक्ति चाहिएको छ। विद्वानका अवस्था के छ भन्ने हामीलाई थाहा छ। उनीहरुले कहाँ स्वतन्त्ररुपमा काम गर्न पाएका छन् र? अर्थात् पञ्चायतले सौन्दर्यका प्रतीकसहितको संरचना र संस्कार बनाउँदैलग्यो। यो बहिष्करणको फूलफेज अभ्यास थियो।
....
नेपाल लड्दैलड्दै र हार्दैहार्दै बाँचिरहेको देश हो। नेपालमाथि भारतले जहिले पनि हरदम आफ्नो काबुमा राख्ने प्रयास गरेको छ। माइक्रोमेनेजमेन्ट गर्ने प्रयास गरिरहेको छ। तर नेपाल त्यो माखेसाङ्लोबाट फुत्कन खोजिरहेको छ।
मन्त्रिमण्डलको बैठकमा बस्न नपाउने भन्यो। उत्तरी चेकपोष्ट हटायो। नेपालले फुत्कने प्रयास त गरिरहेकै छ नि।
नेपाल सार्वभौमसत्तासम्पन्न मुलकु नै हो तर भारतको कारणले फूलफेजमा त्यसको इन्जोय गर्न पाएन। एउटा आन्तरिक राष्ट्रियताको कारणले हो। अर्कोचाहिँ दुई ढुङ्गाबीचको तरुल भन्ने बुद्धिले हो। तरुल भए त कुहिसक्थ्यो नि। यो अवधारणा नै भ्रमपूर्ण छ।
नेपालमा पाँचवटा सभ्यता छ। ह्वाङ् हो, वाङ्सी, सिन्धु र गङ्गा। यसकारण नेपाली सहनशील भयौं र कतै मिसिएनौं। दुईतिर एक अरब नाघेका ठुला देश छन्। ती त हाम्रालागि ठूला सम्भावना हुन्।
प्रशान्त झा
मधेसको बहिष्करण बु‰न नेपाली राष्ट्रवादको परिभाषा र नेपाल राज्यको संरचना दुईवटा कुरामा ध्यान दिनु जरुरी छ।
नेपाली राष्ट्रवादको साँघुरो परिभाषा थियो, एक भाषा एक भेष एक संस्कृति। म कुर्ता लगाउँछु, नेपाली अलि अस्पष्ट बोल्छु। मेरा आफन्त भारततिर छन्। तर, म पनि नेपालको बराबर नागरिक हूँ। यो कुरा स्वीकार हुन्छ त?
नेपाली राज्य संरचनाले नेपाली सामाजिक विविधतालाई सम्बोधन गर्न सक्छ त? त्यो छैन। यो संविधानले पनि त्यो कुरालाई पनि सम्बोधन गर्दैन। विगत १० बर्षमा निर्वाचन प्रणालीमार्फत् अलिकति समावेसी बनाउन खोजियो। अहिले त्यो पनि हटाइयो। संरचनालाई समावेसी नबनाउनेतर्फ अहिलेको राज्य लागिपरेको छ।
मधेसमाथिको बहिष्करणको कुरा मलाई पहिलादेखि नै खड्कन्थ्यो। तर लोकतन्त्र आएपछि बोल्न सहज भयो। राज्यसँग संवाद बढ्यो। त्यो संवादको प्रक्रिया एकीकरण गर्नेखालको हुनुपर्थ्यो। तर, त्यसो हुन सकेन।
अहिले त झन् दूरी बढेको छ। मधेसलाई छाडेर संविधान बनाउने र दीपावली मनाउने? यसले त हामीलाई दोस्रो नागरिक नै मानेको हो नि। हामीले जे भन्छौं त्यही मानेर बस भन्या हो नि। हामीले यो देशको समान नागरिक बनाऊ भनेको हो। तर यताको रेस्पोन्स त 'हुँदैन, दिँदैनौं' भन्ने छ।
तर समता छिटै हासिल हुने कुरा होइन। नेपाल भनेको के हो र नेपाली राज्यसंरचनामा मधेसी समुदायको हक कति हुन्छ भन्ने बहस हो अहिलेको। यो शक्तिको अभ्यास कसले गर्छ भन्नेमा भर पर्छ। सात सालपछि वेदानन्दजीले इस्यु उठाउनु भयो। त्यतिबेला समाज र चेतनास्तर उपयुक्त थिएन। फेरि त्यसबेला प्रजातन्त्र आएपछि आफ्नो हकअधिकार पाइहालिन्छ भन्ने थियो। हिजोका कांग्रेस नेता किसुनजी वा बीपी मधेसमा गएर पान खाँदै धोती लगाएर मैथिलीमा कुरा गर्न सक्नुहुन्थ्यो। अहिले त्यस्तो छैनन्।
केपी ओलीले जनकपुरमा धोती लाएर पान चपाउँदै मैथिलीमा मधेसको हकको कुरा गर्नुहुन्छ त? त्यो कल्पना भन्दा बाहिरको कुरा हो। तर त्यतिबेलाका कांग्रेस नेताले गरेका थिए। त्यसैले १५ सालमा अवसर थियो। तर, १७ सालपछि राजनीतिले अर्कै दिशा लियो। महेन्द्रको लिगेसीका कारण तराई झन बहिष्करणमा पर्यो। अब समाधान हुन समय लाग्छ र भएन भने अझ अर्को दिशातिर मोडिन सक्छ।
नेपाल पार्सियल्ली सोभरेन्ट छ। तर नेपालले आन्तरिक समावेसीपनलाई पूर्णरुप दिएपछि र आर्थिकरुपमा समृद्ध भएपछि नेपाल फुल्ली सोभरेन्ट हुनसक्छ। भारत नेपालको हकमा भारतलाई पोलिटिकल इन्स्युरेन्सको रुपमा लिने गर्छ। इतिहासमा सधैं भारतले नेपालको राजनीतिमा भूमिका खेलेकै छ। ७ साल वा ४६ साल वा ६२ र ६३ साल। अहिले मधेसमा पनि त्यही भइरहेको छ। नेपाल स्टेटले मान्छे मारिरहँदा मधेसी दलले भारतको साथ खोजे। हिजो पनि त्यो अरु दलले गरेका हुन्।
सार्वभौमिकता हिजो राजासँग थियो र डेमोक्रसी नै लक्ष्य थियो। संघर्ष त्यसैका कारण। तर अहिलेको अन्तरविरोध त समावेसी समाज निर्माण नै हो। त्यसैले मधेसी नेता यो समावेसीताको पक्षमा छन्। त्यहीकारण समाबेसी लोकतन्त्रका लागि मधेसी नेता लडिरहेका छन्। तर, हिजो सत्तामा हुँदा राम्रो काम नगरेको चाहिँ हो।
मधेसी भूमिमा बस्ने, अवधी, मैथिली, हिन्दीजस्ता भाषा बोल्ने र क्रसबोर्डर सम्बन्ध भएका समुदाय भएका मधेसी हुन्।
(पोखरामा जारी 'नेपाल लिटरेचर फेस्टिभल'मा 'बहिष्करणको दलन' शीर्षकमा भएको बहसमा वक्ताद्वयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा लेखक युग पाठक सहजकर्ता बनेका थिए।)