असल हुन केही गर्नु पर्दैन, खराब नगरे पुग्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदाश मोदीको सार्वजनिक व्यक्तित्वले मलाई यी शब्द दोहोर्याउन बाध्य गरायो।
हुन त राम्रो हुनु नै असल हुनु हो भन्ने एउटा गौण बुझाइ छ हामीमा। यही गौणता भरिएको ‘राम्रो’ नै असलको प्रतिविम्ब बनेर समाजमा टल्किएको छ। नग्नतालाई नै सुन्दरता देख्ने हाम्रा आँखा त्यो टलकमा रमाउनु पनि स्वाभाविक हो। तर, नग्नताको अर्थ वस्त्रहिनता मात्र हैन चरित्रहिनता पनि हो। जुन राजनीतिमा सबैभन्दा बढी छ।
राम्रा मानिस ठूला हुन्छन्। उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका गहिरा दृष्टिले मोदी आइनमा राम्रो र असलको भेदलाई फरक–फरक देखेका छन्– ‘ठूला मानिस थरीथरीका हुन्छन् तर असल मानिस भने एकथरीका मात्र हुन्छन्’।
अहिले त्यही एकथरी भित्र परेका छन् मोदी हाम्रो नजरमा। मोदीको वैयक्तिक जीवन कस्तो छ ? त्यो अन्तरङ्गको यात्रा गर्ने बाटोसँग म परिचित छैन।
नेपालमा मोदी मेनिया छ अहिले। गत साउन १५ मा भएको मोदीको नेपाल भ्रमणदेखि हार्दिकताका त्यो मेनियामुखी फूल फुलेको हो। अहिले झन् फक्रिएको छ। नेपाली दृष्टिमा गाडिएको भारतप्रतिको अरुचिपूर्ण हेराई सुरुचिपूर्ण भएको छ। अभिरुचिपूर्ण भएको छ।
के जादु गरे मोदीले ? घरका चुलाचौका छोडर मान्छे सडकमा आए।
बिजुली–पानीका लागि पीडीए, डीपीआर भए। दशौं सन्धि, सम्झौता तथा सहमति भए। अरबौं–खरबौंको लगानीका कुरा भए। त्यसको हिसाब विज्ञहरूले निकालेका होलान्। जनताले यिनको अर्थ, महत्व र भविष्य कति बुझे बुझेनन्? यस्ता कुरा बुझ्न सक्ने जनता कति प्रतिशत छन्?
तर नेपाली जनताले मोदीको भाषा बुझे। मोदीका सरल शब्दहरु बुझे। शालिन र सरसिलो व्यक्तित्व बुझे। असल व्यवहार बुझे।
‘नेपाल खुस नही तो हिन्दुस्तान मुस्कुरा नही सकता।’ आफू मुस्कुराउँन अरुलाई पनि खुसी दिनु पर्छ भन्ने सन्देश दिए। यतिले नै मोदीले नेपाली मन जिते। भारत बिरोधी भावनालाई मोदीमय बनाई दिए।
युद्द जित्न सजिलो होला तर मन जित्न गाह्रो हुन्छ। युद्धभन्दा धेरै ठूलो युद्ध हो मान्छेले मान्छेको मन जित्ने युद्ध। तर एउटा मान्छेको बोली, व्यवहार र चरित्रमा समानता भयो भने राज्यलार्इ जित्ने युद्धभन्दा धेरै सजिलो गरी जित्न सक्छ मान्छेले मान्छेको मन जित्ने युद्द। मोदीले जिते।
हाम्रा नेता हामीसँगै डराउँछन्। लुकेर हिड्छन्। टाउको लुकाउँछन्। किनभने ती टाउका देखाउन लायकका छैनन्। टोपीले टाउको र वस्त्रले शरीरका लाज छोपिए पनि अनुहार नाङ्गै छ। ती नाड्गा अनुहार जनताबाट तिरस्कृत छन्। नैराश्य छ नेपाली जनतामा। तै पनि ती नेतासँग दम्भ, धमण्ड, अहंकार छ। पदको दूर्वाभिमान छ।
वौदिक विकलाङ्गको पर्याय किन खोजिरहनु प¥यो ? ज्ञान किताबमा हुन्छ। कुनै न कुनै किताब कसैले नपढेका हैनन् तर उतार्ने बुद्धि व्यवहारमा चाहिन्छ।
हाम्रा नेता बोल्दैनन्, चिच्याउँछ। कराउँछन्। एउटाले अर्कालाई तथानाम गर्छन्। निकृष्ठताको उत्कृष्ठ नमूना दिन्छन्। जनतालाई अपहेलना गर्छन्। तिरस्कार गर्छन्। असंवेदनशील छन् जनता र देशप्रति।
प्रधानमान्त्रीको आसनमा बसेर सार्वजनिक भाषणमा सेनाको एउटा अफिसरलाई गाली गर्दै– ‘यो देश .....बाउको विर्ता हो ?’ भन्छन्। यस्तै नेताले अर्का दलका नेतलाई सार्वजनिक रुमपै ‘लातका भूत बातले मान्दैन’ भन्छन्।
तर निरभीमान मोदी दौडदा दौडदैको गाडी रोक्न लाउँछन्। जनतामा माझ जान्छन्। हात मिलाउँछन्। शालिनतापूर्वक नमन गर्छन्। शिर उँचो गरेर कुरा गर्छन्। विरोधीलाई पनि मान–सम्मानपूर्वक सम्बोधन गर्छन्।
यही हो मोदी मन। यही हो मोदीको बोधि विचार। यही लिएर मोदी आए। यही दिएर मोदी गए।
मोदी आए। बाबुराम भट्टराईले सधै्रं देखाउने गरेको तर काम–व्यवहारमा देखाउन नसककेको वौदिक आतङ् देखाएन्। प्रचण्डको जस्तो उदण्डता र वौदिक न्यूनता झन् पटक्कै देखाएन्। ओलीको जस्तो तुक्काका दुक्का फ्याकेर जनतालाई सस्तो मनोरञ्जन दिएनन्। न झलनाथ र माधव नेपालको जस्तो झ्याउरे र फ्याउरे पन नै देखाएनन्। न त शुशिल कोइरालाले जस्तो चरम सुस्ततालाई नै प्रधानमन्त्रीको शैली हो भन्ने देखाए।
नेपाली नेताको अकर्मण्यतासँग वाक्क भएका नेपाली जनताका मनमष्तिकमा मोदीको सरलता र स्वाभाविकताले एउटा ‘डाइनामिक ट्याम्प’ लगाइदियो।
विगतको भारतीय नेतृत्वले देखाउने गरेको ‘हिजेमनी शोअप’ पनि गरेनन् मोदीले। नेपालप्रति भारतीय नेतृत्वको सधैंको मानसिक निरपेक्षतालाई भत्काए मोदीले।
पहिलो भ्रमणमा सम्वादले मन जिते। अहिलेको भ्रमणमा सहोयोग र सद्भावले जिते। भन्दिए– नेपाली नेतृत्वको इच्छा शक्तिमा भर पर्छ धेरै कुरा। म
मोदीप्रतिको तृष्णा उर्लदो छ। हाम्रा नेताप्रतिको वितृणा झन् उर्लदो छ।
राजनीति गर्ने नेता हुन्छन् तर राजनीतिज्ञ हुन केही सामान्य गुण चाहिन्छ। मोदीसँग अरु धेरै गुण र केही अवगुण पनि होलान्। तर ती सामान्य गुणलाई कति वाभाविक र साधरण शैलीमा कति सरस ढंगले प्रस्तुत गरे मोदीले।
कति सरल छौ हामी नेपाली जनता। मोदीले ठूला काम कुरा केही गरेनन्। सरल नेपाली जनताँग सरलतार्पूवक सम्वाद गरे। स्वाभाविक र सरलताबाट कति कति धेरै खसुी हुन्छौं हामी। तर यस्ता साना कुरा पनि हाम्रा नेताले हामीलाई कहिल्यै दिन सकेनन्।
मोदीले राजनीतिलाई व्यवसाय हैन, मिशन बनाए। ब्यवस्था हैन आस्था बनाए। आफ्नो र आफन्तको हैन देशको अवस्थासँग जोडे त्यो आस्थालाई। त्यसैले मोदी, मोदीमात्र हैन भारतको ज्योति भए।
हाम्रा नेता जे सक्छन् त्यो गर्दैनन्। जे गर्छन् त्यो सायद मोदी जस्ता नेताले गर्न सक्दैनन्। हामी सबैलाई थाह छ, भ्रष्टाचारको भल कहाबाट सुरु हुन्छ ? सिंहदरबार स्वच्छ भयो भने मेची महाकाली स्वच्छ हुन केही समय लाग्दैन। तर विडम्बना ! सिंहदरबारमा झाडु लाउने मान्छे नेपालमा जन्मनै सकेन। जन्मेका भए हाम्रा नेताले त्यो झाडु समाउन सक्छन्।
मोदीहरु भारतमा झाडु लाउँदै छन्। नेपालमा फोहर थुप्य्राउँने काम झन बढ्दै छ। वस्, फरक यही हो।
मोदीको भ्रमणलाई हामीले जे जे अर्थ लगाए पनि अन्धाकारमा डुबेको देशमा आशाको दीयो जल्न थालेको छ। नेपालप्रतिको मोदीको सरल शैलीले कुटनीतिको बक्ररेखालाई नछोई सरल रेखामा रहिरह्यो भने नेपाली जन्–मन् मोदीप्रति झन्–झन् धन्य हुनेछ।
हुन त मोदी पनि कलाकार हुन्। राजनीति आफैंमा नाटक पनि हो। त्यसैले राजनीतिलाई धेरैले नाटकीय पेशा बानएका छन्। तर हाम्रा नेता जस्ता राम्रा कालाकार हैनन् मोदी।
उपन्याकार वीपीको विभेद अनुसार नेपालमा ठूला कलाकार धेरै छन्। ठूला थरिथरीका हुन्छन्। मोदी ठूला हैन, असल कलाकारका रुपमा देखिएका छन्। असल एकै थरिका हुन्छन्। असल कलाकारको अभिनय जीवन्त हुन्छ। जीवन नै अभिनय ! अभिनय नै जीवन ! पत्याउनै नसकिने। सायद नेपाली जन्–मन्लाई मन परेको मोदीको कलाकारिताको यही पक्ष हो।
हाम्रा नेताले बुझ्नु पर्ने कुरा एउटा मात्र छ– तिमी जस्तो देखिन्छौ, त्यस्तो छैनौ। जस्तो छौ, त्यस्तो देखिदैनौ।