जल तथा मौसम विज्ञान बिभागलेमापन गर्ने ‘न्यूनतम तापक्रम र अधिकम’ तापक्रम बारेमा सामान्य गाउँले किसानलार्इ थाहा हुने कुरै भएनl त्यसैपनि किसानहरु “काला पहाडका कुल्ली जस्ता देखिन्छन्l पहाडको रङ्ग कालो छ कि हरियो सोही मुताविक किसानको कुलोमा वर्षा बग्दछ l
रेडियो नेपालको मौसम सम्बन्धि समचारमा “आज पहाडी इलकामा भारी बर्षा हुने सम्भावना रहेको छ” भन्ने खबर सुनेर मनसोभाकी ठुली आमाले घामको झुल्को पाखाबारीमा खस्न नपाउँदै सोत्तर र खर्सु घाँस बोकेर गाइगोठ आइपुग्थिन्l किनभने तिनलार्इ वर्षादको मौका छोपेर खेतमा धानको बेर्ना उमार्नु जो थियोl
उनलार्इ हिलाम्मे खेतमा धान रोप्न सजिलो हुन्छ भन्ने अक्कल त थियो नै तर पहाडि इलका भनेको आफू उभिएको भुभागमात्र होइन होला भन्ने कुराको हेक्का थिएनl बाजुरा पनि पहाड हो, बाग्लुङ पनि पहाड नै त होl वर्षा जहाँ पनि वर्षिनसक्छ l
यति हुदाँहुदै पनि उनले आफुलार्इ गाउँकै बाँठी महिला भन्ठान्थिन् l जब बर्षा हुँदैन थियो, अनि उनी जोडले कराउँथिन् 'आउँछ भनेर कहिल्यै आउँदैन, कस्तो रेडियो नेपाल' ?
उनलार्इ सम्झँदा मलार्इ कवि गोपालप्रसाद रिमालको कविता याद आउँछ 'आमा त्यो आउँछ र ? हो बा, त्यो आउँछ, त्यो बिहानीको सूर्यझैँ उज्यालो छर्दै आउँछ' l
त्यो आउँछ कि आउँदैन, यसै भन्न सकिने अवस्था छैनl तर, पनि नेताहरु आउँछ, आउँछमात्रै भन्छन्। एकदिन आउँछ भन्ने आशमै जनता वर्षौदखि किररहेका छन्। देशको मुहार बदलिने कुरामा किसान जत्तिको आशावादी अरु कोही पनि छैन सायदl किनकि पेटको सवाल छ, बाझो खेतको सवाल छl
तथापि भगवान भरोसामै रहेका रोग, भोक र शोकलार्इ हटाउने नाममा ठूलो परिवर्तन भयोl राजसंस्थाको अन्त्यपछि तमाम समस्याको समधान हुन्छ अनि नयाँ युग आउँछ भन्ने अशमा लाखौ जनता सडकमा निस्केl मानौँ देशवासीका तमाम समस्याको समाधान राजाको खल्तीमै थिए। जब राजसंस्था हट्यो त्यसपछि फेरि जनता कराउन थाले- युद्द भन्दा त जन-आन्दोलन शक्तिशाली भयो भलै पूर्व राजाले नेपाली आम नागरिकको शान्तिको चाहाना पूरा गरिदिएको भने कमै मानिसले बुझे l
'हो त्यो आउँछl फलनो ब्यवस्था भयो भने त्यो आउँछ , फलनाको सत्तामा त्यो आउँछ, फलनाको सरकारमा त पक्कै आउँछl तर, थुप्रै फलनाहरु आए, गए राजनैतिक स्थिति अझ बिग्रियो, सुधार केही भएन।
यो नयाँ नेपालमा आइपुग्दा मुलुकको आर्थिक उन्नति पुरानो जत्तिको पनि छैनl
विश्व बैङ्कको तथ्याङ्कअनुसार २०१२मा नेपालको बैदेशिक ऋण ६.८ खर्ब पुगेको छ तर, २००८ देखि २००९सम्मको ऋण ११ % कमि देखिन्छl यो ऋण रकम कस्ले के कामको लागि कहाँ प्रयोग गरीरहेको छ भन्ने कुराको चासो कसैलार्इ छैनl
पछिल्लो चार महिनामामात्रै मलेसियाबाट १६५ जना नेपाली कामदारको शब आयोl भारतमामात्रै ३५ लाख नेपाली कामदार निकै सस्तो मूल्यमा काम गरिरहेका छन् l वार्षिक चार लाख युवा कामको लागि योग्य त हुन्छन् तर, राज्यको रोजगारी कहाँ छ? राज्य कति कमजोर भैसकेछ भन्ने कुरा त सार्क सम्मेलनको लागि केही थान बुलेटप्रुफ गाडी समेत भारतबाट भाडामा मगाउनुले पनि देखाइरसकेको छ। राज्यलार्इ कुनै पनि बेला आवश्यक पर्नसक्ने सवारी साधन पनि खरिद गर्न सक्दैन? पूर्व राजाले मेरो गाडी प्रयोग गर्दा नेपालको इज्जत जोगिन्छ भने प्रयोग गर्दा हुन्छ भन्ने स्थिति कसरी आयो?
मुलुकमा गणतन्त्र घोषणा भएपछि विकास निर्माणको काम झन ठप्प छ l राणा र राजा कालमा भएका विकासको तुलनामा यो काल निकै दु:खद् देखिन्छl यो बीचमा भौतिक निर्माणको काम पनि भइरहेको छैनl चन्द्रशमशेरले बनार्इ दिएको सिंह दरबारमा नेपालका धेरै प्रधानमन्त्रीहरु बसे तर, तिनले अर्को सिंहदरबार बनाउनु त कता हो कता किसानलार्इ कुखुराको खोर बनाउनको लागि सरकारी अनुदान रकम समेत दिन सकेनन्l हाम्रा नेताहरुले केबल भत्काउन जाने तर, बनाउन जानेनन्l विकास निर्माण भनेको अरुलार्इ देखाउनमात्र होइन, आफूले उपभोग गर्नु पनि हो सार्कको लागि रातारात रुख उम्रिने सडक छेउमा अघिपछि किन हिलो बग्छ?
राज्यको नीति सही भएमा मुलुकले काँचुली फेर्न समय लाग्दैन यस्का थुप्रै उदाहरण पनि छन्l नेपाली युवाको पसिना र मेहनतले बालुवाको भुमिलार्इ आजको विश्वकप आयोजना गर्न सक्ने कतार बनाइदियो तर, हाम्रो मुलुक जस्ताको त्यस्तै छ। दुइ दशकअघि र पछिमा कुनै भिन्नता छैन। मुलुकमा युवा परिचालनको नीति नै छैनl अधिकांश पढे, लेखेका र योग्य युवालार्इ कसरी हुन्छ नेपालमा बस्नै नसक्ने वातावरण सिर्जना भइराखेको छl विदेसीहरु आउँछन, हिमालको फोटो खिचेर जान्छन् अनि तिनले फोटो बेचेरमात्रै जिउ पाल्न सक्छन् तर, हामी नाकैअगाडि हिमाल राखेर पनि भोकै सुत्नु परेको छl योभन्दा दु:खद् कुरा अरु के हुन सक्छ?
देशमा विकास नहनु भनेको राजनीतिक अस्थिरता नै हो। अहिले संविधान निर्माणको नाममा नेपालको नीति निकै अस्थिर बन्न पुगेको छl हुन त कालो बादलको बीचमा पनि चाँदीको घेरा हुन्छ भन्छन्l त्यसैले होला नेपाली अझै इतिहास जित्ने भाषण सुन्दैछन् तर, मुलुक दिनहुँ ओरालो गतिमा छ। संविधानसभाको सकस सकिएपछि दलीय दलदल हटेर देशको मुहारमा चमकता आउला भन्ने ठानेर एक युगमा एक पटक होइन बल्कि दुइ-दुइ पटकसम्म संविधानसभाको चुनाबमा जनता सहभागी भएको त जगजाहेर नै छl जनता हरेक रात नयाँ-नयाँ सपान सिरानीमै राखेर सुत्छन्। र, त्यही आशमा हरेक बिहान जोशका साथ उठ्न पनि भुलेका छैनन्l
संविधानसभामा जनताका कुरा होइन, राजनीतिक दलहरु राजनीतिक लेनदेनको कुरा गर्छन्। उनीहरु भागबण्डामात्रै देख्छन्। जनताका समस्या बुझ्दैनन्। जनताका समस्यामाथि छलफल नै गर्दैनन्। यो त फूलवारी जोगाउने मालीको हात काटेर फूलमात्रै जोगाउन खोजेको जस्तो पो भयो। यस्तै नेताहरुकै कारण देशको यो हालत भएको हो। जनताको आश पलाउन नसकेको हो।
सबै दलका बिचारहरु समेटेर देशलार्इ सही निकास दिनुको साटो दलहरु कहिले मेवाको बुटामाथि चढेर आँप टिप्न खोजछन, त कहिले आँपको बुटमाथि चढेर भुइँकटहर टिप्न खोज्छन्l देशको समस्या समाधानका लागि गोकर्ण रिसोर्टहरु होइन, संविधानसभा भेला भएर बिचार मन्थन गरेमात्रै पनि पुग्छ।
अझै त्यो दिन आउँछ, सुनौलो दिन र नयाँ युगको सुरुवात हुन्छ भनेर अझै पनि नेपालीले सपना देख्न छोडेका छैनन्। देशको विकराल अनि दुर्दशाका बीचमा पनि नेपाली आफ्ना नेताहरुमा गान्धी देखिरहेका छन्। नेहरु र मन्डेला अनि लेलिन, स्टालिन र कालमाक्सका छाँया देखिरहेका छन्। तर, नेपालीहरुको यो चरम आशा नेताहरु बुझ्न सक्दैनन्। दशरथ रंगशालाबाटै पनि 'पेल' जन्माउन सकिन्छl नेपाली मौलिक सभ्यता र पहिचान बोकेको युगपुरुष जन्मिने अवसर यही शताब्दी थियो। तर, हाम्रा नेताहरु मौका पाउँदा पनि पेनाल्टी हान्न सकिरहेका छैनन्l
किसुनजी भन्नुहुन्थ्यो- 'भगवानको कुरा पनि दश मिनेटभन्दा बढी सुनियो भने वाक्क लाग्छl नेताहरु भगवान त होइनन् तर, संविधान निर्माण गर्ने भन्ने कुरा सुनीरहँदा वाक्क दिक्क नै भैसक्योl नेताहरु एउटै बिषयमा हजार पटक वादविवाद गर्छन् तर, निकास? कागजमा घोडाको चित्र बनाउनु र तबेलामा साँच्चैको घोडा बाँध्नु अलग-अलग कुरा हुन्l इतिहासमा अहिलेसम्म पाँचओटा संबिधान जारी भैसके तर, आम जनताको पीडा अझैँ उस्तै विकराल छl
केबल राज्य ब्यवस्थामात्रै परिवर्तन गर्दै जाने तर, विकास र निकास आउँछ, आउँछ भनेरमात्रै हुँदैन। प्रयासहरु सार्थक हुनुपर्छ। त्यसका लागि संविधान निर्माणलार्इ नै नेताहरुले पहिलो कर्म ठान्नुपर्छ।
मनशोभाकी ठूली आमाले फेरि पनि रेडियो नेपाल नै सुन्दैछिन् कि 'संविधान माघ ८मा आउँछ-आउँदैन-आउँछ…!