सावधान! जथाभावी एन्टिबायोटिक्स नखानुहोस् है

  • Get News Alerts

united
अन्धकारतिर चिकित्सा विज्ञान?
tata

आन्तोन चेखब, फ्रान्ज काफ्का र जर्ज अरवेल आफ्नो समयका विख्यात लेखकहरु हुन् जो आफ्ना कृतिहरुका कारण अमर बनेका छन्। उनीहरु तीन जनामा अर्को समानता के थियो भने तीनै जनाको क्षयरोगका कारण थला परेर मृत्यु भएको थियो। त्यतिबेला कुनै पनि संक्रमणको उपचार गर्ने औषधि उपलब्ध थिएन र क्षयरोग एउटा असाध्य रोगमा गनिन्थ्यो। लू सुनले पनि आफ्नो एउटा कथामा चीनमा मानिसहरुले क्षयरोग निको पार्ने आशामा मान्छेको आलो रगत पिउने गरेको उल्लेख गरेका छन्। 

तर समय बदलिंदै गयो र वैज्ञानिकहरुले सुक्ष्म किटाणु र जीवाणु मार्न सक्ने औषधिहरु विकसित गरे जसलाई एन्टिबायोटिक वा एन्टिमाइक्रोबियल भनियो। मार्च १९४२ मा कनेक्टिकटको एउटा अस्पतालमा स्ट्रेप्टोकोकल सेप्सिसबाट मरणासन्न ३३ वर्षे महिलालाई पेनिसिलिन नामको भर्खर आविष्कार भएको एन्टिबायोटिकले स्वस्थ बनाएपछि मानव जातिको इतिहासमा एउटा नयाँ युगको शुरुवात भयो। धमाधम नयाँ किसिमका एन्टिबायोटिकहरु आविष्कार भएसँगै क्षयरोगलगायतका कुनै बेलाका असाध्य रोगहरु सामान्य निको हुन सक्ने रोगमा बदलिए। 

खास गरी भाइरसका कारण हुने हालैका दशकहरुमा देखा परेको एड्सजस्ता रोग, बेला बेला देखिइरहने एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लूजस्ता संक्रमणजन्य रोगहरु अनि हालैका दिनमा मध्यपूर्व र अफ्रिकामा महामारीको रुपमा देखा परेका मर्स र इबोला भाइरसले गराउनेजस्ता संक्रमणहरुलाई निको पार्ने औषधिहरु अझै वैज्ञानिकहरुले विकास गर्न सकेका छैनन्। ती अपवादलाई छाड्ने हो भने सन् १९४२ मा पहिलोपटक पेनिसिलिन प्रयोग भएयता संक्रमणहरुको उपचारको दिशामा चिकित्सा विज्ञानले अकल्पनीय प्रगति गरेको छ। त्यस्तो प्रगतिसँगै कुनै बेला असम्भवजस्ता लाग्ने क्यान्सरको पूर्ण उपचार र अंग प्रत्यारोपणजस्ता पद्धतिहरु सम्भव भएका छन्। 

विकसित देशहरुमा पत्ता लागेका औषधि र प्रविधिहरु ढिलै भए पनि नेपालजस्ता देशहरुमा आउँदै गर्दा विश्वमा स्वास्थ्य विज्ञानको क्षेत्रमा भएका प्रगतिहरुको लाभ हामीले पनि उठाउँदै आएका छौं। 

तर पहिलोपल्ट पेनिसिलिन प्रयोगमा आएको साठी वर्षपछि सान फ्रान्सिस्कोको ७० वर्षे पुरुषलाई भ्यांकोमाइसिन रेसिस्टेन्ट एन्टेरोकोकस फिकियमले संक्रमण भएपछि त्यस्तो संक्रमणका लागि उपलब्ध विश्वकै उत्कृष्ट एन्टिबायोटिकले पनि काम गरेन र उनी संक्रमण लिएरै मरे। 

यस्ता प्रसंगहरुलाई लिएर यो विषयका विज्ञहरु भन्छन्ः हाम्रा अघि एउटा त्यस्तो गम्भीर समस्या छ जसका कारण विगत धेरै दशकदेखि चिकित्सा विज्ञानले गरेका उपलब्धिहरु गुम्न सक्छन्। विश्वभर फैलिंदै गरेको एन्टिबायोटिक प्रतिरोधी संक्रमणका कारण विकराल समस्या आउँदैछ भनेर उनीहरुले दिंदै गरेको चेतावनीलाई विश्व स्वास्थ्य संगठनले निकालेको पछिल्लो रिपोर्टले मूर्त रुप दिएको छ। संक्रमणजन्य रोगका कति विशेषज्ञहरुले त एन्टिबायोटिक युगको अन्त भएको र हामी फेरि अलेक्ज्याण्डर फ्लेमिङले पेनिसिलिन आविष्कार गर्नुभन्दा अघिको अवस्थामा पुग्दैछौं भनेर उद्घोष गर्दैछन्। 

यी चेतावनीहरु कत्तिको गम्भीर रुपले लिनुपर्ने खालका हुन्? कतै विगतमा जलवायू परिवर्तनका बारेमा गरिएका अत्यासलाग्दा भविष्यवाणीजस्तै यी पनि मानिसलाई तर्साउन मात्र दिइएका अभिव्यक्ति त हैनन्? विकसित देशका वैज्ञानिकहरुले दिएका चेतावनीहरु त्यहाँका लागि मात्र हो कि तिनबाट हामी पनि सतर्क हुनुपर्ने हो? समस्या विकराल छ भने त्यसबाट बच्ने सम्भावित उपायहरु के के हुन्? ती उपायहरु चिकित्सक र स्वास्थ्यकर्मीहरुले मात्र अपनाउनुपर्ने हो कि बिरामी र आम मानिसको पनि त्यसमा भुमिका छ? जन स्वास्थ्यका दृष्टिले हेर्दा यी प्रश्नको जवाफ नखोजी नहुने भएको छ। 

चेतावनीहरुको अर्थ

यो विषयमा वैज्ञानिकहरुले दिने गरेका एन्टिबायोटिक युगको अन्त हुन लागेको लगायतका चेतावनीहरुलाई सरल रुपमा यसरी राख्न सकिन्छः नयाँ प्रकारका एन्टिबायोटिकहरु बन्ने प्रक्रिया सुस्त वा बन्द हुने अनि ब्याक्टेरियाहरुलेचाहिं उपलब्ध सबैजसो एन्टिबायोटिकहरुविरुद्ध प्रतिरोध विकास गर्दै जाने क्रमले अहिले नै केही वर्षअघिसम्म सजिलै निर्मूल हुने संक्रमणहरु निर्मूल गर्नु असम्भव भएको छ र एकाध वर्षमै यो समस्याले उग्र रुप लिंदैछ। त्यसो भएको अवस्थामा अति सामान्य मानिएका संक्रमणहरुले मानिसको ज्यान लिनेछन् भने एन्टिबायोटिक प्रयोगमा पूर्णतः निर्भर अंग प्रत्यारोपण र क्यान्सर केमोथेरापीजस्ता उपचारहरु (जसले विगतमा असम्भव लाग्ने रोगहरुको उपचार अहिले सम्भव छ) पूरै काम नलाग्ने भएर जानेछन्।

उदाहरणका लागि, लडेर हात भाँचिँदा बनेको घाउबाट रगतमा संक्रमण फैलियो भने त्यही संक्रमणका कारण व्यक्तिको ज्यान जानेछ भने टाइफाइड र टीबीजस्ता विगतका घातक तर हाल सजिलै उपचार हुँदै आएका रोगहरु फेरि असाध्य रोगमा गनिने छन् र टाइफाइडको एउटै महामारीले हजारौं मानिसलाई मार्न सक्नेछ। 

त्यसको अर्थ विश्वका विभिन्न भुगोलका मानिसलाई संक्रमित गर्ने ब्याक्टेरियाहरुले एकैसाथ एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेर देखिने महामारी नै आउनेछ भन्ने हैन। तर ब्याक्टेरियाको खाली एउटा प्रजातिले उपलब्ध सबै एन्टिबायोटिकविरुद्ध प्रतिरोधी क्षमता विकास गर्यो भने त्यो विश्वको एक कुनादेखि अर्को कुनामा फैलिन अहिलेको विश्वमा समय लाग्दैन र कहिले कुन स्तरको महामारी फैलिन्छ, त्यो कसैले अड्कल गर्न सक्दैन। 

त्यसबाहेक, जबसम्म व्यक्ति स्वस्थ रहन्छ, संक्रमण हुँदैन र अस्पताल जानुपर्दैन, उसलाई त्यसले त्यति फरक पर्दैन। तर ऊ घाइते भयो भने, उसको परिवारमा कसैलाई संक्रमण भयो भने,कुनै संक्रमित व्यक्तिको नजिकै बसेर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्यो भने, उसले खाने खाना, पिउने पानी र प्रयोग गर्ने औजारबाट कसै गरी संक्रमण भयो भने, अरु कोही बिरामी भएर कुरुवा बन्न अस्पताल गयो भने, घरमा वा अस्पतालमा सुत्केरी हुनुपर्यो भने, आदि अनेक अवस्थामा उसलाई कुनै एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरियाहरुले संक्रमण गर्न सक्छन् र त्यसले ज्यान पनि लिन सक्छ। त्यसबाहेक क्यान्सर जस्तो असाध्य रोग लाग्यो भने र गम्भीर दुर्घटनामा कोही पर्यो भने उसका  लागि हाल उपलब्ध उपचारका अत्याधुनिक प्रविधिहरु निष्काम हुनेछन् र त्यसको सीधा अर्थ धेरै जसो बिरामीका लागि मृत्यु हुनेछ। 

नेपालमा समस्याको गम्भीरता

अरु धेरै देशमा झैं नेपालमा पनि अस्पताल र चिकित्सा पेशालाई मानिसहरुले बिरामी हुँदा मात्र सम्झने गरेको पाइन्छ। त्यस्तो किन पनि छ भने हाम्रो समग्र स्वास्थ्य प्रणालीले मानिसलाई स्वस्थ राख्नभन्दा बिरामी भएपछि उपचार गर्नमा ध्यान केन्द्रित गरेको छ। परिणामस्वरुप मानिसहरुले स्वास्थ्यलाई तन्दुरुस्तीको अवस्था भन्दा पनि रोग लागेपछि त्यसलाई ठीक पार्नु भनेर बुझ्ने गरेको पाइन्छ। जबसम्म आफ्नै परिवारको सदस्यलाई परिआउँदैन, मानिसहरुले प्रकोप र महामारीलाई समेत बौद्धिक अभ्यासको विषय त बनाउँछन् तर समस्या आफ्नो पनि हो भनेर त्यसको समाधान खोज्नेतिर सार्थक रुपमा लाग्दैनन्।

यो अवस्थामा एन्टिबायोटिक प्रतिरोधी संक्रमणहरुको समस्या नेपालका लागि आजको जल्दोबल्दो समस्या हो कि अर्को दशक वा अर्को शताब्दीका लागि थाँती राख्न सकिने समस्या?

सटिक रुपमा भन्नुपर्दा, यथेष्ट अनुसन्धानको अभावमा नेपालमा समस्या यति नै गम्भीर छ भनेर किटेर भन्न सक्ने अवस्था छैन। तर समस्या कति गम्भीर छ भन्ने अड्कल लगाउन चाहिं संक्रमणजन्य रोग उपचार गर्ने चिकित्सकहरुका अनुभवहरु काफी छन्। खास गरी आइसियुमा भर्ना हुने बिरामीहरु बहुप्रतिरोधी ब्याक्टेरियाहरुबाट संक्रमित भएर आउनु सामान्य भइसकेको छ र तीमध्ये धेरै बिरामीहरुको अझै काम गर्ने क्षमता बचेका एकाध एन्टिबायोटिकका भरमा उपचार हुने गरेको छ भने त्यस्तो संक्रमणले मृत्यु हुनु पनि सामान्य भैसकेको छ। 

त्यसबाहेक समुदायमा समेत एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरुको समस्या यति छ कि पिसाबको संक्रमण लिएर आउने धेरै बिरामीहरु अस्पतालमा पहिलोपल्ट आउँदा नै एउटा (इन्जेक्सनमा मात्र उपलब्ध) बाहेक सबै एन्टिबायोटिकविरुद्ध प्रतिरोध विकास गरिसकेका ब्याक्टेरिया लिएर आउनु अति सामान्य भैसकेको छ । 

त्यसै गरी सस्तो र सजिलै उपलब्ध एन्टिबायोटिकहरुले काम गर्न छाडेसँगै महँगो र जगेडामा राखिएका एन्टिबायोटिकहरुको प्रयोग हुँदा एकतिर संक्रमणका बिरामीहरुका लागि स्वास्थोपचार अचाक्ली महँगो हुन गएको छ भने अर्कोतिर ती जगेडाका एन्टिबायोटिकले पनि बिस्तारै काम गर्न छाडेर विकराल समस्या उत्पन्न हुने अवस्था आएको छ।  

(क्रमशः)

नोटः सार्वजनिक सरोकारका अन्य विषयमा झैं यो विषयमा पनि आम मानिसको ध्यान तानेर आवश्यक रुपमा जानकार गराउने अनि चिकित्सक समुदायमा यो समस्या समाधानका सम्भावित उपायहरुबारे बहस चलाएर त्यो दिशामा गर्न सकिने कामहरु थाल्ने तथा त्यस दिशामा पहिल्यैदेखि भइरहेका प्रयासहरुलाई भरथेग गर्ने उद्देश्यले नेप्लिज इनिसिएटिभ फर प्रिभेन्सन अफ एन्टिमाइक्रोबिएल रेसिस्टेन्स (NIPAR) नामको अभियान सुरु भएको छ। सेतोपाटीसँगको सहकार्यमा जन चेतना फैलाउँदै जानका लागि यो लेख श्रृंखला प्रकाशित हुँदै जानेछ भने अभियानको आफ्नो ब्लग (www.nipamr.blogpot.comमा यो विषयसित सम्बन्धित शोधमूलक लगायतका विशेष लेखहरु समेत प्रकाशित हुनेछन्। यो विषयमा जिज्ञासासुझाव वा प्रतिक्रिया भएमा अभियानको इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट