दोलखाको लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जिल्लाबासिका लागि आईतबारबाट वितरण गर्ने सेयर अनिस्चितत कालका लागि स्थगित गरेको छ।
आयोजनाले आज एक प्रेस वक्तव्य जारी गरेेर दोलखावासीको सेयर अनिस्चितकालका लागि स्थगित गरेको जनाएको छ।
तामाकोशी शेयर बाँडफाँडमा भएको विवादका कारण जिल्लाबासीका लागि छुट्ट्याइएको शेयर यो सहित ३ पटक स्थगित भएको हो। आयोजनामा कार्यरत ८ सय ५० मजदुरहरुले छुटटै सेयरको माग राख्दै गरेको आन्दोलनका कारण आयोजनाको काम ९ दिनदेखि ठप्प छ।
अवरोध हटाउनका लागि आयोजना र कर्मचारी प्रतिनीधिहरुका बिचमा पटक पटक वार्ता भए पनि कुनै निष्कर्श निस्कन सकेको छैन। शनिवार भएको वार्ता विना कुनै निष्कर्श टुङ्गिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।
आयोजनाको वातावरणीय मूल्याङ्कन रिर्पोट अनुसार शेयर माग गर्दै प्रभावित गाविसका स्थानियले प्रशारण लाईन र आयोजनाको सम्पुर्ण यातायात अवरोध जारी राखेका छन्।
मजदुर आन्दोलन र प्रभावित गाविसको आन्दोलनका कारण आयोजनाले आन्दोलनको चपेटामा परेपछि व्यवस्थापन पक्षले यसअघि नै आयोजनालाई संकटग्रस्त घोषणा गरिसकेको छ। आयोजनामा हालसम्म ७३ प्रतिशत काम सकिएको छ। सेयर वितरण प्रक्रियासँगै विवादमा परेको आयोजनामा यसरी सम्पूर्ण काम रोकिएको यो पहिलो पटक हो।