एसियाली विकास बैंक (एडिबी)ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर ४ देखि ५ प्रतिशत र मुद्रास्पि्कति ७ देखि ८ प्रतिशत रहने अनुमान गरेको छ।
नेपालको वहुपक्षीय दाता एडिबीको पछिल्लो वृहत अर्थतन्त्रसम्बन्धी अद्यावधिक विवरणमा राजनीतिक अस्थिरता र मनसुनको ढिलाइले आर्थिक वृद्धि र मुद्रास्पि्कतिमा यी दुई अवस्था देखिएका छन्।
पहिलो अवस्थामा कृषि उत्पादनमा व्यापक कमी आउने र औद्योगिक क्षेत्रमा सामान्य सुधार हुने भएकोले ४ प्रतिशत आर्थिक वृद्धि हुने अद्यावधिक विवरणको अनुमान छ।
तथापि, दोस्रो अवस्था अनुसार कृषि उत्पादनमा सामान्य मात्र कमी आउने र औद्योगिक क्षेत्रमा पनि सामान्य वृद्धि र सेवा क्षेत्रको स्थिर वृद्धिले कूल गार्हस्थ उत्पादन (जिडिपी) पाँच प्रतिशतसम्म बढ्न सक्नेछ।
एडिबीका अर्थशास्त्री चन्दन सापकोटाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख आर्थिक चरहरूको अस्थिरतालाई हेर्दा ४ देखि ५ प्रतिशतको दरमा वृद्धि हुने अनुमान रहेको बताए।
स्पि्कतिको पहिलो स्थिति अनुसार बढ्दो खाद्य स्पि्कति विस्तारै घट्नेछ र गैर खाद्य स्पि्कति अहिलेकै अवस्थामा रहने छ। स्पि्कति ७ प्रतिशतको आसपासमा रहने छ।
तर, खाद्य स्पि्कति थोरै मात्रामा करिब ९ प्रतिशतमा घट्नेछ। अद्यावधिक अनुमानले सरदर स्पि्कति ८ प्रतिशतको हाराहारीमा हुनेछ।
अद्यावधिक आर्थिक अनुमानले उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गर्न उच्च मानव पुँजीका साथै पुँजीगत लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ।