यूरोपियन स्कोडा रेपिड कार किन्न चाहने नेपाली ग्राहकहरुका लागि स्कोडा एम.ए.डब्ल्यु.ले आकर्षक एक्स्चेन्ज बोनस एवं शुलभ मासिक योजना बजारमा ल्याएको छ।
ग्राहकहरुको सुविधालाई ल्याएको भन्दै यो योजनामा कुनैपनि ब्राण्डको पुरानो कार सँग नयाँ स्कोडा रेपिड कार साट्दा आकर्षक बोनस एवं विशेष सुविधा पाउने कम्पनीले जनाएको छ। जस अनुसार स्पट एक्स्चेन्ज, फाईनान्स र तुरन्तै डेलिभरीको सुविधा तथा आफ्नो पुरानो गाडीको पनि उचित मूल्य पाउने कम्पनीले जनाएको छ।
साथै मासिक रु २९,९९९ मात्र तिरेर ग्राहकहरुले नयाँ स्कोडा रेपिड कार पाउने छन्।
१६०० सि.सि. को यस स्कोडा रेपिड कार आफ्नो श्रेणीमा सबैभन्दा लामो, मजबुत र सुपथ मुल्य भएको आरामदायी युरोपियन सेडान कार भएको कम्पनीले दाबी गरेको छ। जसको सुरुवाती मूल्य रु. ३३,लाख ९५ हजार छ। यस गाडीको प्रमुख विषेशता अनुरुप सोचनिय ढङ्गबाट चालक र यात्री दुबैलाई आरामदायी र सुबिधायूक्त हूनेगरी डिजाइन गरिएको बताएको छ।
क्रिष्टमस र नयाँ बर्ष २०१५ को अवसरमा ग्राहकहरुले स्कोडा शोरुममा गई रेपिड कारको टेष्ट ड्राईभ गर्दा आकर्षक पक्का उपहार पनि पाउने कम्पनीले जनाएको छ। यो योजना डिसम्बर २१ देखि सिमित अवधिको जारी गरिएको कम्पनीले जनाएको छ।