प्रभु बैंकले काठमाडौंको सुन्धारामा नयाँ शाखा खोलेको छ। आइतबार बैककी सञ्चालक सुश्री कुसुम लामाले सुन्धारास्थित बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन गरेकी हुन्।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि बैंकले काठमाडौं न्यूरोडस्थित शाखा कार्यालय (साविक जेनिथ फाईनान्स लिमिटेडको प्रधान कार्यालय) स्थानान्तरण गरि सुन्धारास्थित, बागदरबारमा बैंकको नयाँ शाखा कार्यालय खोलि सञ्चालनमा ल्याएको हो।
साविक न्यूरोड शाखाका ग्राहकहरुको सुविधालाई ध्यानमा राखि उक्त शाखाकोे सम्पूर्ण कारोबार खिचापोखरी, पिपल्स प्लाजास्थित साविक किष्ट बैंक लिमिटेड (हाल प्रभु बैंक लिमिटेड) को शाखा कार्यालयबाट साविक बमोजिम नै सञ्चालन हुने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ।
साविक किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड र जेनिथ फाइनान्स लिमिटेड एक आपसमा गाभ्ने÷गभिने क्रममा काठमाडौं उपत्यकाभित्र ५ र काठमाडौं उपत्यका बाहिर १९ गरि जम्मा २४ स्थानमा बैंकका शाखा कार्यालयहरु दोहोरिएका छन्।
यसरी दोहोरिएका शाखा कार्यालयहरुको कारोबार नजिकमा रहेका अन्य शाखा कार्यालयहरुबाट सञ्चालन हुने गरि केन्द्रीय बैंकको स्वीकृतिमा बैंकका एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयहरु क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको जनाएको छ।