एनसेलले आफ्ना ग्राहकका लागि पावर रिचार्ज नामक नयाँ योजना ल्याएको छ, जसमा एनसेलका ग्राहकले अफर एक्टिभेट गरि एक हप्तामा दुई पटक रु १०० वा बढीको रिचार्ज गरेमा एनसेलको नेटवर्क भित्र ५०% छुट दरमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन्।
पावर रिचार्ज यहि पुस ६ गतेदेखि लागू हुने एनसेलले जनाएको छ। एनसेलका सबै प्रिपेड तथा पोष्टपेडका ग्राहकले १७११० मा डायल गरि यस योजनामा निःशुल्क सहभागी हुन सक्नेछन्।
योजनामा सहभागी ग्राहकको रिचार्ज साप्ताहिक रुपमा गणना गरिनेछ, अर्थात आईतवारदेखि शनिवारसम्म गरिएको रिचार्जलाई मात्र गणना गरिनेछ। शनिवारसम्म दोस्रो पटक रु १०० वा बढीको रिचार्ज गरेमा ग्राहकले छुट पाउने छन् र ५०% छुट दरमा एनसेलको कुनै पनि नम्बरमा कल, एसएमएस गर्न तथा डेटा प्रयोग गर्न सक्ने एनसेलले बताएको छ।
यसरी प्राप्त छुट, छुट पाएको ५ दिनसम्म लागू हुनेछ। ग्राहकले हप्तामा एक पटक मात्र यस्तो छुट प्राप्त गर्नेछन्। ग्राहकले एस्ट्रिक्स १७११० ह्यास डायल गरि हप्ताभर कति पटक रिचार्ज गरेको जानकारी प्राप्त गर्न सक्छन्। छुट आधार मूल्यमा लागु हुनेछ। माई५, रात्री ट्यारीफ लगायतका छुट दरमा लागू एनसेलले जनाएको छ।
ग्राहकले रिचार्ज कार्ड, भिएफटि, बैंक लगायत कुनै पनि माध्यमबाट रिचार्ज गरेर योजना अन्तर्गतको लाभ प्राप्त गर्न सक्छन्।
“पावर रिचार्ज हाम्रो तर्फबाट आफ्ना गाहकलाई विशेष मूल्य प्रदान गर्ने प्रयास अन्तर्गत आएको योजना हो। यसले हाम्रा ग्राहकलाई आफ्ना प्रियजनसँग सुलभ दरमा सम्पर्कमा रहन सम्भव बनाउने छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्। यो योजना १२ हप्तासम्म लागू हुनेछ।