नेप्से ६ अंकले घट्यो
गत साता झन्डै २० अंकको उत्साहजनक वृद्दि भएको नेप्से परिसूचक यो साता भने ६.२५ बिन्दुले घटेको छ। गत साता ८७०.६३ बिन्दुमा पुगेर बन्द भएको नेप्से बजार यो साता ९१०.०१ मा खुलेको हो।
सोमबार ६ भन्दा बढी बिन्दुले बढेको नेप्से बजार मंगलबारदेखि क्रमिक रूपमा ओरालो लागेतापनि साताको अन्त्यमा देखिएको सामान्य सुधारसहित ९०३.७६ बिन्दुमा पुगेर बन्द भयो।
संविधान निर्माण प्रकियामा देखापरेका गहिँरिदो अनिश्चितताको प्रत्यक्ष असर यो साता सेयरको एक मात्र दोस्रो बजारमा पर्यो। मुख्य आठ क्षेत्र मध्ये उत्पादन परिसूचकमा १२ बिन्दुको उच्च वृद्दि देखियो भने होटल तथा विकास बैंक क्षेत्रमा सामान्य वृद्दि रह्यो। तर, नेप्से बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको बैंकिङ क्षेत्र भने झन्डै ८ बिन्दुले घट्यो। त्यसैगरि जलविद्युत क्षेत्रले पनि ४८ बिन्दुले उच्च गिरावट देख्यो।
नेपाली मुद्रा कमजोर
यस साता सबै मुख्य विदेशी मुद्राहरुसँगको विनिमय दरमा नेपाली मुद्रा कमजोर बन्यो। विश्व बजारमा तेलको मूल्यमा आएको लगातारको गिरावटले बलियो बनाएको अमेरिकी डलरको साथै भारतमा बढ्दो डलरको मागको प्रत्यक्ष असर नेपाली बजारमा देखियो।
यही कारण गत साता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा १ रुपैंया ८१ पैसाले कमजोर भयो। ९९ रुपैंया ६७ पैसा प्रति अमेरिकी डलरमा खुलेको गत साताको मुद्रा बजार १०१ रूपैयाँ ४८ पैसामा बन्द भयो।
नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमय रहेका कारण भारतीय मुद्रा अमेरिकी डलरसँग बलियो वा कमजोर हुँदा नेपाली मुद्रा पनि स्वत: बलियो वा कमजोर हुनेगर्छ।
त्यसैगरी यूरोसँगको विनिमय दरमा नेपाली मुद्रा ४२ पैसा कमजोर रह्यो। यस्तै ब्रिटिस पाउन्डसँग पनि १ रूपैया २५ पैसा सस्तियो। त्यसैगरी अष्ट्रेलियाली डलर र सिंगापुर डलरसँगको विनिमयदरमा पनि नेपाली मुद्रा क्रमस: २३ पैसा र ८३ पैसाले कमजोर भयो।
सुन महँगियो
गत दुई सातादेखि लगातार बढेको सुनको मूल्यमा यो हप्तामा भने सामान्य रुपमा गिरावट आयो। प्रतितोला ५१ हजार ३०० रूपैयाँमा खुलेको यस हप्ताको सुन बजार प्रतितोला १०० रुपैंयाले घटेर सप्ताहन्तमा प्रतितोला ५२ हजार ५०० रूपैयाँमा बन्द भयो।
विश्व बजारमा सुनको मूल्यमा उल्खेनीय परिवर्तन नआएपनि विवाहको सिजन अन्तसँगै मागमा देखिएको सुसस्ताले सुनको मूल्यमा कमी आएको सुन व्यापारीको भनाई छ। सप्ताह सुरुवातसँगै घट्न थालेको मूल्यमा बुधबार केहि सुधार आई प्रतितोला ५२ हजार ४०० रूपैयाँको पुगेको थियो। तर, साताको अन्त्यमा भने २०० रूपैया घटेर प्रतितोला ५२ हजार २०० रूपैयाँ पुगेर बन्द भयो।
थप जानकारीका लागि यहाँ हेर्नुहोस्