एनएमबि बैंक लिमिटेडले शेयरधनीहरुलाई चुक्तापूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
२० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्न ललितपुरमा शुक्रबार बसेको बैंकको साघारण सभालेे निर्णय गरेको छ।
बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ पूर्वाञ्चल क्षेत्रको पाथिभरा बिकास बैंक लि. र पश्चिमाञ्चल क्षेत्रको भृकुटी डेभलपमेन्ट बैंक लि. एनएमबि बैंक लिमिटेडमा गाभिने सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भैसकेको बैंकले जनाएको छ।
साथै बैंकले मलेसियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पनि प्राप्त गरिसकेकोे जानकारी गराएको छ।
बैंकले आफ्नो ग्राहकको सुबिधालाई ध्यानमा राखी हाल सम्म २९ वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर र ३३ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ। त्यसैगरी विभिन्न सामाजिक कार्यहरुमा बैंकको संलग्नता विगतमा झैं समिक्षा वर्षमा पनि रहेको बैंकले जानकारी गराएको छ।