नेपाल प्रविधि प्रज्ञा प्रतिस्ठानका उपकुलपति जिवराज पोखरेलले सौर्य उर्जा सम्बन्धी देखिएका समस्याहरु एक हप्तामा समाधान हुने बताएका छन्। नेपाल सौर्य विद्युत उत्पादक संघ १४ औ बार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै पोखरेले सौर्य उर्जाका समस्याका बारेमा व्यवसायीहरु सगँ मिलेर समाधान गर्ने बताए। सौर्य उर्जा सम्बन्धी व्यवसायीहरुले सरकारी नीतिका कारण सौर्य व्यवसाय संकटमा परेको बताए पछि उलने सगँ बसेर समाधानका उपाय खोज्ने बताएका हुन्।
उनले सौर्य उर्जा प्रयोग बढाउदै जानु पर्ने बताउदै त्यसका कारण जलबायु परिर्वतन घटाउन समेत फलदायी हुने बताए। उनले नविकरणीय उर्जाले उन्नती र सम्वृद्धी तर्फ लैजाने बताउदै त्यसको प्रयोगमा सबैलाई सचेतना जगाउनु पर्ने बताए। कार्यक्रममा बैकल्पीक उर्जा प्रर्वधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सौर्य उर्जाका कारण ग्रामिण क्षेत्र समेत उज्यालो भएको बताउदै त्यसमा नेपाल सौर्य विद्युत उत्पादकहरुको महत्यवपुर्ण भुमिका भएको बताए।
त्यसै गरि कार्यक्रमा नेपाल उद्योग वाणिज्य सघंका पुर्व बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले सौर्य उर्जा सम्बन्धी अहिले सरकारले नीति बनाउ नसकेको बताउदै सरकारलाई नीति बनाएर अगाडी बढ्न सुझाब दिए। सरकारले जलविद्युतलाई मात्रै उर्जाको रुपमा लिएको बताउदै सौर्य उर्जालाई पनि उर्जाको रुपमा लिएर नीति बनाउन आवश्यक रहेको बताए।
नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष दिपक बहादुर शाहीले विश्वमा १ लाख ३७ हजार मेग्रावाट सौर्य उर्जा उत्पादन हुने गरेको बताउदै नेपालमा अझ यसको विकास र विस्तार हुन नसकेको बताए। उनले लोडसेडिङ घटाउनका लागी सौर्य उर्जा नै अहिलेको विकल्प भएको बताए। उनले सौर्य उर्जाका व्यवसायीलाई सरकारले उचित मात्रामा सहयोग नगरको भन्दै विभिन्न माग समेत राखेका थिए।