थाइल्याण्डमा निर्मित भिभा सिमेन्ट कम्पोजिट बोर्ड नेपाली बजारमा भित्राइएको छ।
नेपालका लागि आधिकारीक विक्रेता अखिल ट्रेडिङ कन्सन प्रा.लिले उक्र भिभा सिमेन्ट कम्पोजिट बोर्ड भित्राएको हो। तयारी पोसाक फर्निचरसँगै अन्य घरायसी वस्तुहरुको आयात व्यापारमा सम्लग्न रहँदै आएको उक्त कन्सन प्रा.लिले पछिल्लो समय निर्माण सामाग्रीको आयातमा व्यापारमा समेत संलग्न रहेको अखिल टे्रडिङ कन्सन प्रा.लिका अध्यक्ष अखिल कुमार चापागाईले बताए।
भिभा सिमेन्ट कम्पोजिट बोर्डको प्रयोग नेपाल जस्तो विकासोन्मुख मुलुकको लागि अत्यन्त उपयोगी रहने प्रा.लिले जनाएको छ। काठमा चिप्स, पोर्टल्याण्ड सिमेन्ट तथा खानीजन्य वस्तुहरुबाट निर्मित भिभा सिमेन्ट कम्पोजिट बोर्ड विश्व प्रसिद्ध ब्राण्डको रुपमा स्थापित रहेको छ।
यो वोर्ड वातावरण मैत्री भएकाले पनि निर्माणका लागि नयाँ विकल्प हुन सक्ने जनाइएको छ पर्खाल भुई तथा छत बनाउन प्रयोग गरिने यस्ता वोर्डहरु बहुउपयोगी टिकाउ र जस्तोसुकै मौसममा पनि उपयोग तथा प्रयोग गर्न सकिने टे्रडिङ्गका अध्यक्ष चापागाईले बताए।
कम्पनीले हाल पर्खालका लागि ८ किसिमका वोर्ड बजारमा ल्याएको छ। १० देखि २४ इन्चका यी बोर्ड फरक फरक भारबहन क्षमताका रहेका छन्। साथै बोर्डबाट निर्मित घरलाई चाडैले ग्राहक सामु ल्याउने कम्पनीले जनाएको छ। नगरकोटमा निर्माण गर्न लागिएको उक्त घर तथा कटेजको मुल्य कम्तिमा १५ लाख पर्ने कम्पनीले जनाएको छ।