एभरेष्ट बैंकले रक्तदान कार्यक्रम, कम्प्युटर दानका साथै आफ्ना स्टाफहरुको अभिनन्दन जस्ता विभिन्न कार्यक्रमका गरि बैंकको २०औँ वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको दिन पारेर एभरेष्ट बैंकले मुख्यालयमा गरेको रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका थिए। सोही कार्यक्रममा एभरेष्ट बैंकले जोरपाटीस्थित अपाङ्ग युवा संघ नामक गैर सरकारी संस्थालाई कम्प्युटरहरु पनि दान गरेको थियो। यसका साथै एभरेष्ट बैंकले २० वर्षभन्दा बढी बैँकमा कार्यारत रहेका कर्मचारीहरुलाई प्रमाणपत्रका साथ अभिनन्दन गरेको थियो। कार्यक्रममा एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठका साथै अन्य निर्देशकहरु र कर्मचारीहरु पनि उपस्थित थिए।
बैँकले हालै आफनो सेवाको २० वर्ष पूरा गरेको थियो। बैँकले ५३ वटा स्थानीय शाखाहरु, ५ एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७५ वटा ए.टि.एम.हरु सञ्चालनमा छन्।