ललितपुरको जाबलाखेलमा जारी आठौं गोदाबरीमेलाको तेस्रो दिनसम्ममा २२ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको छ। मेलाको पहिलो दिन ४ हजारको हाराहारीमा अबलोकनकर्ताले मेला अबलोकन गरेको र ७ लाखको कारोबार भएको थियो। दोस्रो दिन ७ हजारको हाराहारीमा उपस्थित अवलोकनकर्ता तथा उपभोक्ताले १० लाख बढीका बिभिन्न फूल,बगम्बेली,गोदाबरी र अर्नामेन्टल प्लान्टहरु खरिद गरेको मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए।
तेस्रो दिन ६ हजारभन्दा बढी अबलोकनकर्ताको सहभागिता रहेको मेलामा ४ लाख ५० हजार भन्दा बढीकाृ कारोबार भएको संयोजक कसजुले बताए।
गोदाबरी मेलाको इतिहासमा आठौं गोदाबरी मेला फ्लोरिकल्चर एशोसिएशन मुख्य आयोजक भएर गरेको पहिलो पटक भएको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले यो मेलाले यसअघि गरेको कारोबारको रेकर्ड तोड्ने दाबी गरे।
मेलामा अबलोकनकर्ताको चापले अर्को वर्ष गरिने मेलालाई अझ ब्यवस्थित गर्ने मेला गर्ने स्थानका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको फ्यानका महासचिव दिलिप बादेले बताए। दर्शक तथा अवलोकनकर्ताको यो उपस्थितिले आफूहरूलाई दबाब सिर्जना भएको उनले बताए। उनले अर्को वर्ष गरिने मेलामा बिशेष ध्यान पुराउँने बताउँदै फ्यानलाई मेला गर्न सँधै स्थान अभाव भएको बताए।