एनएमबि बैंकले आफ्ना डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि किस्ताबन्दी सुविधाको शुभारम्भ गरेको छ। नेपालमै पहिलो पटक उपलव्ध गराइएको यस सुविधाबाट ग्राहकहरुले डेबिट कार्डको माध्यमबाट उच्च मूल्यका बस्तु वा सेवा खरीद गर्दा सरल मासिक किस्ताबन्दी (इएमआई) माभुक्तानी गर्न सक्नेछन्।
“नजिकै आइसकेको चाडपर्वको सन्दर्भमा एनएमबि र्बैक डेबिट कार्ड किस्ता बन्दी खरीद सुविधाले चाडपर्वका अवसरमा हाम्रा ग्राहकहरुलाई ३ देखि १२ महीना सम्मको लचिलो मासिक किस्ताबन्दीमा खरीद योजना बनाउन सहयोग पुग्ने छ,' बैंकले भन्यो।
हालै र्बैकले ज्येष्ठ नागरिकहरुका लागि जारी गरेको “एनएमबि र्बैक मान्यजन मुद्दती” खाता अन्तर्गत पनि उक्त सुविधा उपलव्ध रहेको बैंककले जनाएको छ।