काठमाडौँ जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बानेश्वर स्थित क्रिष्टल फाइनान्स लिमिटेडका सञ्चालकहरु रामकुमार राई र अभिषेक राईलाई जेल चलान गरिएको छ।
उनीहरु विरुद्ध परेको ठगी मुद्दामा अदालतले सोमबार दुवैजनासंग जनहि ५० लाख धरौटी मागेको छ।
ठगि मुद्दाको थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उनीहरुसंग जनहि ५० लाख धरौटी माग गरेको हो।
धरौटी बुझाउन नसकेपछि दुवैलाई जेल पठाएको जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले बताए।
फाइनान्सको १ करोड २३ लाख रुपैँया मासेको आरोप लगाउँदै शेयरहोल्डरहरुले ती दुई सहित ७ जना विरुद्ध ठगी मुद्दा दायर गरेका थिए।
ठगी गरेको आरोप लागेका अन्य ५ जना संचालकहरु भने फरार छन्।