भारतीय मुद्रा पाँच सय र एक हजारको अबैध कारोबार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एकजनालाई पक्राउ गरेको छ।
भारतको रक्सौल जिल्ला मोजे टोल वडा नं. ६ स्थायी घर भएका २१ वर्षे आशिषप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको डीएसपी रमेश थापाले बताए। गोरखा नगरपालिका ३ स्थित हरमटारीबाट शाहलाई पक्राउ गरिएको उनले जनाए। साहको साथबाट प्रहरीले भारतीय मुद्रा एक हजारको १४ थान र पाँच सयको १९१ थान नोट, १०० को ५ थान र नेपाली ७० हजार रुपैंया बरामद गरेको छ।
नेपाली रुपैंया र एक सयको भारु साहकी श्रीमतीलाई फिर्ता गरिएको डीएसपी थापाले जनाए। साथै साहलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभबन काठमाडौंमा बिहीबार पठाएको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए। प्रहरीले शाहको साथबाट एक लाख ५९ हजार पाँच सय भारु मुद्रा बरामद गरेको थियो।
फोटो क्याप्सन :अबैध भारुको कारोबार गरेको आरोपमा पक्राउ परेका शाह। तस्वीर : प्रशन्न पोखरेल