मोरङ व्यापार संघको अध्यक्षमा सभासद् पवन सारडा चयन भएका छन्। संघको ३० औं कार्यसमितिका लागि बुधबार उनलाई निर्विरोध निर्वाचित गरिएको हो।
त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन्। उपाध्यक्ष (वाणिज्य)मा देवकीनन्दन अग्रवाल, उपाध्यक्ष (उद्योग)मा रमेश राठी छानिएका छन्।
महासचिवमा प्रकाश मुन्दडा, सचिवमा अनिल साह चयन भएका छन्। कार्यकारिणी सदस्यहरूमा श्रवणकुमार अग्रवाल, रविनकुमार दाहाल, सुशीलकुमार जोशी, सुनील टिवडेवाला, बिजेन्द्र पारासर, तरुणकुमार सञ्चेती, अनुपम राठी, अनिल सारडा, नवीन रिजाल, आनन्द जाजु, राजन श्रेष्ठ, सुभाष आचार्य र ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सारडाले अध्यक्षको कार्यभार सम्हाल्दै व्यावसायिक हितमा संघको गरिमालाई अझ उच्च बनाउने संकल्प गरेका छन्।